पत्रकार सिग्देलको ‘पूर्वको राजनीति’ पुस्तक

राजनीति

लिभु संवाददाता
काठमाडौं– झापाका पत्रकार तीर्थ सिग्देलले ‘पूर्वको राजनीति’ नामक पुस्तक बजारमा ल्याएका छन् । सिग्देल दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । मिडिया रिसर्च सेन्टरले प्रकाशित यस पुस्तकामा नेपालको संघीय प्रदेश १ को राजनीतिक घटनालाई विश्लेषण गरिएको छ ।

‘राजनीति गर्नेहरूलाई यो पुस्तक अत्यावश्यक छ,’ फागुन तेस्रो साता सार्वजनिक गरिएको पुस्तकबारे उनले भने, ‘किनभने जो मान्छे आफ्नो काममा लाग्छ भने त्यस विषयमा दख्खल राख्न जरुरी छ । राजनीतिक घटनाक्रम र त्यसमा आएका उतारचढावको आँकलन गर्न गर्न सकेन भने ऊ असफल पनि हुन सक्छ ।’

उनले आफ्नो पुस्तक नवोदित पत्रकारहरूका लागि पनि आधारभूत सिकाइका स्रोत बन्नसक्ने बताए । ‘खासमा म खोज र अनुसन्धानमा आधारित भएर लेख्ने लेखक हँु,’ उनले भने, ‘यो पुस्तकमा मैले पूर्वको ऐतिहासिक घटनाक्रमहरूलाई समेटेको छु ।’ देशको राजनीतिक परिवर्तनमा योगदान पुर्याएको पूर्वको राजनीतिक घटनाक्रमहरू बिलाउँदै गएका ती तथ्यलाई खोजी गरेर पुस्तकमा समेटिएको छ । सिग्देलले यसअघि आफ्नै अनुभवमा आधारित भएर ‘जीवनको गति’ नामक पुस्तक प्रकाशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published.