राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई गृह जिल्लामा स्वागत

लिभु संवाददाता पर्वत– राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुग्नु भएको हो । उहाँलाई जन्मगाउँ मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा बाजागाजासहित स्वागत गरिएको थियो । त्यसैगरी कुस्मास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सम्मान ग¥यो । तिमिल्सिना जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक सबैभन्दा […]

Continue Reading

आरक्षणभन्दा प्रतिष्पर्धामा विश्वास गर्नुहोस् ः प्रम ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गर्नु भएको छ । राष्ट्रिय महिला उद्यमी महासंघले बिहीबार ललितपुरमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो । ‘आरक्षण केही समयलाई हो, पछिलाई काम लाग्दैन,’ […]

Continue Reading

नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदै

काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले आज गर्दैछ । उपराष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो । उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आज उनी निर्विरोध निर्वाचित […]

Continue Reading

ओखलढुंगा सदरमुकाम नजिकै लागेको डढेलो नियन्त्रणमा

लिभु संवाददाता ओखलढुंगा । ओखलढुंगा सदरमुकाम छेउको वनमा आइतबार दिउँसो दुईबजेबाट लागेको डढेलो नियन्त्रणमा आएको छ । ओखलढुंगा सदरमुकाम नजिकै लागेको डढेलो सेना प्रहरी र स्थानीयबासीको एक घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको प्रहरी निरिक्षक टिका कार्कीले जानकारी दिनु भयो। हुरीबतासका कारण डढेलो नियन्त्रणमा लिन असहज भएको थियो । स्थानीय, प्रहरी र सेनाको टोली डढेलो नियन्त्रणमा […]

Continue Reading

पुष्पलाल खोज्दै दिल्लीतिर

लिभु संवाददाता काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको खोजी गर्दै एक टोली भारतको नयाँ दिल्लीतिर लागेको छ । वृत्तचित्र ‘तीन लाल’मा समेटिने पुष्पलालका विषयमा निर्देशक श्रीहरि श्रेष्ठको नेतृत्वमा भारतका सम्बन्धित ठाउँमा छायांकन हुनेछ । यो वृत्तचित्रमा पुष्पलालसहित कृष्णलाल अधिकारी, गंगालाल श्रेष्ठ समेटिने निर्देशक श्रेष्ठले जानकारी दिए । भारत गएको टोलीमा एमाले नेताहरू देवशंकर […]

Continue Reading

महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर ः प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाण्डौ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय नारी दिवशको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन,अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने बताउनुभएको छ । […]

Continue Reading

उपचारमा लापरवाही नगर्न प्रधानमन्त्री ओली आग्रह

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मानव स्वास्थ्य उपचारमा लापरवाही नगर्न चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उपचारमा हुने सानो गल्तीले मानिसको ज्यान जाने भएकोले यो विधामा दक्ष भएर मात्र प्रवेश गर्न चिकित्सकहरुलाई सुझाव दिनुभएको छ । बीर अस्पतालको सर्जिकल भवन शिलान्यास गर्दै आज प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दायाँ र बायाँ घुँडो नचिन्ने, एउटा […]

Continue Reading

राज्य र घर दुवैमा ‘दबाव समूह’ हुन्, महिला घरको साँचो दिएर मात्रै हुँदैन, नेतृत्व विकास हुनुपर्छ

मीरा राजभण्डारी अमात्य प्रसंग अन्तरराष्ट्रिय नारी दिवसको । ‘प्रेस फर प्रोग्रेस’ यो वर्षको अन्र्तराष्ट्रिय नारी दिवसको नारा हो । जसको शाब्दिक अर्थ हुन्छ– विकासका लागि दवाब । महिला नेतृत्व चाहे त्यो घरभित्रको नेतृत्व होस् वा राज्यका हरेक निकायका महिला नेतृत्व, जो आफैंमा एक दवाब समूहका परिचायक हुन् । महिला विकास र उत्थानका लागि बनेका र […]

Continue Reading

किरात प्रदेश नामाकरणको लागि हस्तक्षर अभियान सुरू

लिभु संवाददाता काठमाडौं– नेपालको संघीय प्रदेश–१ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न दबाव दिने उद्देश्यले किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा शुक्रबारदेखि हस्ताक्षर अभियान सुरू भएको छ । केन्द्रीय राजधानी काठमाडौको कोटेश्वरस्थित यायोक्खा हातामा हस्ताक्षर अभियान सुरू भएको हो । यायोक्खा केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्ष दिवस राईले अभियान उद्घाटन गर्दै किरात कुनै एउटा जाति विशेष नभएर […]

Continue Reading

बोक्सीको आरोपमा यातना दिनेलाई हदैसम्मको कारवाही गर्ने, मिलापत्र गर्ने मेयरलाई कडा कारवाहीको माग

लिभु संवाददाता । कैलालीको घोडाघोडी नगरपालिका–५ मा राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको विषयमाथि तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारवाही गर्न सरकारले निर्देशन दिएको छ । कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा छानबिन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिएको हो । पीडित राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले […]

Continue Reading