मातृभाषामा रेडियो जिङ्गल बन्दै

समाचार

लिभु संवाददाता
काठमाडौं– भाषा आयोगले मुलुकका मातभाषाहरूको संरक्षण अभियान थालेको छ । त्यसनिम्ति देशव्यापी रूपमा भाषाप्रति जनचेतना जगाउने विद्युतीय प्रचार (रेडियो जिङ्गल) सामग्री निर्माण थालेको छ । आयोगले भाषा प्रयोग र विस्तारलाई लिएर ‘रेडियो जिङ्गल विकास कार्यशाला’ आयोजना गरी अवधारणा सार्वजनिक गरेको हो ।
‘मातृभाषाहरू बचाउन अध्ययन, अनुसन्धान र अभिलेखिकरणमात्र पर्याप्त नहुने भयो,’ कार्यशालामा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भने, ‘मातृभाषाप्रति हीनतावोध भएको पाइयो । आफ्नो भाषामा बोल्दा लजाउने गरेको देखियो । त्यसैले मातृभाषाप्रति जनचेतना जगाउन र सचेतना बढाउन तत्कालै देशव्यापी रेडियो जिङ्गल प्रसारणमा ल्याउने निर्णय गरिएको छ ।’ भाषा समृद्धिका निम्ति सम्बन्धित मातृभाषी समुदाय आफैं अघि बढ्नु पर्ने र आयोगले साथ सहयोग गर्ने उनले उल्लेख गरे ।
‘संघीयताको जग भाषास“ग जोडिएको छ तर हाम्रो समाजमा मातृभाषाप्रति गलत चिन्तन भएको छ,’ असत्य कुराको चिन्तनबाट मुक्त हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष अवस्थीले भने, ‘मातृभाषाको ताकतबाट अरु भाषा सशक्त हुन्छ सन्देश पु¥याउने हाम्रो अभियान हो ।’ छोटो तर सटिक शब्दमा मातृभाषाको जिङ्गल निर्माण गरिने छ ।
भाषाविद्हरू अनुसार भाषा जीवनस“ग जोडिन्छ । त्यसैले कुनै पनि व्यक्तिले सबैभन्दा प्रभावकारी अभिव्यक्ति मातृभाषाबाट दिनसक्ने विश्वव्यापी मान्यता छ । अहिलेका निम्ति सचेतना जगाउनु महत्वपूर्ण कार्य हुने ठानिएको छ । छोटो शब्दमा चोटिलो सन्देश दिने जिङ्गल निर्माण गरिने भाषाशास्त्रीसमेत रहेका अवस्थीले उल्लेख गरे ।
त्यसैगरी आयोगका सचिव रामशरण सापकोटाले चरणवद्ध ढंगले मुलुकमा बोलिने मातृभाषाहरुको अध्ययन, अनुसन्धान र अभिलेखीकरण कार्य सुरु गरेको बताए । ‘आयोगले बहुसंख्यक र अल्पसंख्यकले बोल्ने सबै मातृभाषाहरूको सवलीकरण गर्दैछ,’ भाषिक समुदायमाझ सम्पर्क विस्तार गरिएको उल्लेख गर्दै उनले भने, ‘तर लोपोन्मुख भाषाहरूलाई पहिलो प्राथकितामा राखेर अघि बढेका छौं ।’ तथ्यांकअनुसार मुलुकमा १ सय २३ भाषा रहेका छन् । त्यसमध्ये दुई दर्जन जति विदेशी भाषासमेत रहेका छन् ।
सचिव सापकोटाका अनुसार स्वदेशकै मातृभाषाहरू सय वटाभन्दा बढी रहेको प्रारम्भिक चरणको अध्ययनले देखाएको छ । ‘जनगणनाको तथ्यांकले भाषा देखाएको छ तर वक्ता पाइएको छैन,’ उनले भने, ‘कतिपय भाषिक समुदाय छ तर तथ्यांकमा उल्लेख छैन । त्यसैले आफ्नो भाषा बचाउनोस् भन्नु पर्ने स्थिति छ ।’
कार्यशालामा सहभागीले भाषास“ग संस्कृति पनि जोडिने र भाषालाई आर्थिक समृद्धिस“ग जोड्न सक्नु पर्ने बताए । सकारात्मक सन्देश दिने जिङ्गल पहिलो चरणमा नेपाली भाषामा निर्माण हुनेछ । त्यसलगत्तै अन्य भाषा तथा संस्कृतिस“ग सम्बन्धित संगीतसहित निर्माण गरिने आयोगका उपसचिव झुमप्रसाद राईले बताए ।
कार्यपत्र प्रस्तुत गर्दै आयोगका उपसचिव गणेश भट्टराईले जिङगल निर्माण गर्दा सबै भाषाहरूको संरक्षण, संवद्र्धन र विकासका उपायसमेत सुझाउनु पर्ने बताए । त्यसैगरी आफ्नो भाषा प्रयोग गर्नुपर्ने कारण, भाषा मासिएमा हुने हानि, नोक्सानी, मातृभाषा शिक्षा लिदाको हुने फाइदासमेत सम्बन्धित भाषिक समुदायलाई बुझाउन जरुरी रहेको उल्लेख गरे । त्यस अवसरमा त्रिभुवन विश्वविद्यालयका शिक्षकहरू देवीप्रसाद घिमिरे र बेगेन्द्र सुब्बा, साहित्यकार उषा हमाल, भाषासेवी टंकबहादुर राई, संचारकर्मी रुपा झा र तिलक चाम्लिङ लगायतले विचार प्रस्तुत गरेका थिए ।
फोटो क्याप्सन ः भाषा आयोगले आयोजना गरेको ‘रेडियो जिङ्गल विकास कार्यशाला’मा सहभागीहरू ।
तस्बिर ः गणेश राई

Leave a Reply

Your email address will not be published.