उपराष्ट्रपति पुन स्वदेश फिर्ती

अन्तराष्ट्रिय

लिभु संवाददाता
काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गरी सोमबार स्वदेश फर्किनु भएको छ ।
उहाँले भ्रमणको अवसरमा सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनुका साथै द्विपक्षीय उच्चस्तरीय भेटघाट र विभिन्न ऐतिहासिक, सांस्कृतिक र व्यापारिक महत्वका स्थानहरूको अवलोकन गर्नु भएको थियो ।

‘समग्रमा सम्माननीय उपराष्ट्रपतिज्यूको चीन भ्रमण अत्यन्त फलदायी रह्यो,’ भ्रमणबाट स्वदेश फिर्तीपछि उपराष्ट्रपतिको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा छ, ‘भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र सहयोगलाई थप विस्तार गर्न मद्दत पु¥याएको छ ।’ चिनियाँ सरकारका उच्चस्तरीय पदाधिकारीहरू तथा सम्बन्धित पक्षहरू र अन्तर्र्रािष्ट्रय समुदाय समक्ष नेपालका आवश्यकताहरूलाई स्पष्ट रूपमा राख्नु भएको जनाइएको छ । चिनियाँ पक्ष जलविद्युत, कृषि, पर्यटन, जडिबुटी, पूर्वाधार निर्माण, व्यापार, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण एवं यूवा विकास लगायतका क्षेत्रहरूमा पारस्परिक हितका लागि द्विपक्षीय सहयोग र सहकार्यलाई अझै फराकिलो बनाउन सकारात्मक पक्षमा पहल भएको छ ।

चीनका उपप्रधानमन्त्री हु चुङह्वाले छेन्दुमा भएको शिष्टाचार भेटका अवसरमा उपराष्ट्रपति पुनले नेपालको एक चीन नीतिप्रतिको अविचलित प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ‘हालैका वर्षहरुमा भएका द्विपक्षीय उच्चस्तरीय भ्रमण तथा सिमावारपार रेल्वे विकास, यातायात तथा पारवहन, बिआरआई जस्ता महत्वपूर्ण समझदारी र सम्झौताबाट दुई मुलुकबीचको ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलमा आधारित सम्बन्ध थप सुदृढ भएको धारणा राख्नुभयो,’ उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा जारी प्रेसनोटमा छ, ‘उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनु र भइरहेका सन्धि सम्झौताको कार्यान्वयनलाई तीब्रता दिनु र ‘समृद्ध नेपाल र सुखी नेपाली’को मूल लक्ष्य हासिल गर्नु नै नेपालको प्राथमिकता रहेको बताउनुभयो ।’ उहाँले नेपालको व्यापार घाटा कम गराउनका लागि नेपालको उत्पादन क्षमता विस्तार गर्न, तातोपानी, कोदारी, हिल्सा र ओलाङ्चुङ्ग नाका खोल्न, सडक निर्माण र नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.