‘कान्छी’ को ‘यो जिउ दाउमा लाउने…’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कान्छी’ को नयाँ गीत ‘यो जिउ दाउमा लाउने…।’ सार्वजनिक गरिएको छ ।

फागुन ४ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘कान्छी’ को नयाँ गीत सार्वजनिक गरिएको हो । धर्मेन्द्र सेवानको स्वर रहेको गीतको शब्द दयाराम पाण्डेले लेखेका हुन् । अर्जुन पोखरेलले संगीत भरेका छन् ।

गीतमा दयाहाङ राई, स्वेता खड्का लगायतका कलाकार फिचर भएका छन् । अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको चलचित्रलाई आकाश अधिकारीले निदेर्शन गरेका छन् । चलचित्रमा श्वेता र दयाहाङ राई मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *