सोल्टिनीलाई माघमा भित्राउँदै सविन (भिडियो)

मनोरन्जन
काठमाडौ । फिल्म ‘ए सोल्टिनी’ को ‘झुमताना झुमताना’ बोलको गीत शनिबार सार्वजनिक गरिएको छ । निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को उक्त गीत शुभ तामाङ र निर्मला घिसिङले गाएका हुन् ।
सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतको भिडियोमा सविन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बालगायतले नृत्य गरेका छन् । अभि लामाले कोरियोग्राफी गरेको लोकभाकाको गीत बिश्वास भण्डारीले खिचेका हुन् ।

दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म ‘ए सोल्टिनी’ जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । काठमाडौं उपत्यका वरिपरि खिचिएको फिल्मका प्रस्तुतकर्ता पूर्णी तामाङ हुन ।
फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published.