महासङ्घमा किरातीको राजीनामा

प्रवास समाचार

लिभु संवाददाता,
सौल । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन । उनले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै आफु महासङ्घको राजनीतिक सल्लाहकार रहन नसक्ने बत्ताएका हुन ।

साहित्यकारसमेत रहेका किरातीलाई किन र के कारणले महासङ्घमा रहन नसक्ने स्थिति आयो भन्ने प्रश्नमा उनले यसबारेमा केहि बत्ताउन चाहेनन् । किराती पूर्व नयाँ शक्ति पार्टीको प्रवास सङ्गठनको प्रभावशाली नेता मानिन्छ ।

उनले एशिया प्यासिफिकको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । आगामी दिनमा समाजवादी पार्टीको राष्टिय राजनीतिमा उनको सङ्घर्ष रहने बुझिएको छ । उनी महासङ्घको गत अप्रिलको पहिलो हप्ता सम्पन्न विशेष अधिवेशनबाट गठित छैठौँ कार्यसमितिको सर्वसम्मत निर्णयले राजनीतिक सल्लाहकार नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published.