उपराष्ट्रपति पुनको ग्याल्बो ल्होसारको शुभकामना

समाचार

लिभु संवाददाता

UCPN-Maoist candidate for the Vice-Presidential election, Nanda Bahadur Pun, greets lawmakers before the voting begins at the Parliament building, in Kathmandu, on Saturday, October 31, 2015. Photo: RSS

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शेर्पा समुदायको महान् चाड ग्याल्बो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । ‘शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्बो ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ बिहीबार शुभकामना सन्देशपत्रमा भनिएको छ, ‘यस पावन पर्वको माध्यमबाट नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि हुँदै जाने कुरामा विश्वस्त छु ।’ शुभकामना सन्देशमा उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले  हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.