बायुङ राई सुम्निखिमले चौथो वार्षिकोत्सव मनायो

बिशेष

लिभु संवाददाता
काठमाडौं । बायुङ राई समुदायको मौलिकता, प्राचीनता र एकताका निम्ति विशेष कार्यक्रमहरू लागू गरिएको जनाइएको छ । किरात बायुङ राई सुम्निखिम संस्थाले चौथो वार्षिकोत्सवको अवसरमा २०८१ पुस २० गते कोटेश्वर स्थित सुम्निमाहलमा आयोजित समारोहमा उक्त जानकारी दिइएको हो ।

सस्था स्थापनासँगै बायुङ राई समुदायको मौलिक पहिचानको प्रवद्र्धनमा काम गर्दै आएको छ । मुन्दुम संकलन तथा प्रकाशन, बायुङ मातृभाषा प्रवद्र्धन, परम्परागत हँसिली÷सेग्रो सिली प्रवद्र्धन, मौलिक पहिरनको संवद्र्धन कार्य गर्दै आएको सुम्निखिमको केन्द्रीय अध्यक्ष ज्ञान बायुङ राईले बताउनु भयो । यसेगरी रैथाने ज्ञान, सीप एवं ओर्गानिक फोसिल्सलाई स्थानीय तहदेखि लिएर अन्तर्राष्ट्रिय स्तरमा दस्तावेज गराउने लक्ष्य रहेको जनाउनु भएको छ । त्यसनिम्ति केन्द्रीय कार्यसमिति, प्रदेश, जिल्ला र टोलसमितिहरूलाई एकतावद्ध भएर पहिचानलाई सस्थागत गर्न आव्हान गर्नुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य मातृभाषा विभाग प्रमुख प्राज्ञ राजन मुकारुङले आजको घडीमा मौलिकता बचाउनु र दस्तावेज गर्नु महत्वपूर्ण हुने र यसलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।

यसैगरी विशेष अतिथि किरात राई यायोख्खा केन्द्रीय कोषाध्यक्ष परशुराम राईले सस्थाले ४ वर्षमा गरेको गतिविधि र सस्थाको उपलब्धिलाई अझ सशक्त ढंगले अगाडि बढाउनु सुझाव दिनुभयो ।

यस्तै सस्थाका केन्द्रीय सल्लाहकार यशबहादुर बायुङ राईले किरात बायुङ राई सुम्निखिमको पदाधिकारीहरूमा देखिएको जोस, जाँगर र अध्यनशीलताको कारणले सस्थाले उपलब्धिहरू प्राप्त गरेको तथा एक ढिक्का रहेर अझ अघि बढ्नु पर्ने बताउनु भयो ।

महासचिव युवराज बायुङ राईले सस्थाको गतिविधि तथा उपलब्धीहरूको जानकारी गराउनु भएको थियो । त्यस अवसरमा सांस्कृतिक अगुवा हँसिली प्रशिक्षकत्रय प्रवेश बायुङ राई, शम्भु बायुङ राई र शैलेन्द्र बायुङ राई, स्नातकोत्तर उत्तीण किशोर बायुङ राई, विनायक बायुङ राई, मेजना बायुङ राई, पवित्र बायुङ राई, भिमकुमारी बायुङ राई, मञ्जु बायुङ राईलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *