तिहार लक्षित गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी

समाचार

लिभु संवाददाता
ललितपुर– गोदावरी फूलको व्यवसायिक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । नेपालीको दोस्रो चाड तिहार लक्षित गरी ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बिहीबार उदघाटन गर्नुभएको हो ।

प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले १२ औ सस्करणको रुपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गरेको हो ।

“रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने नारासहित फूल व्यवसाय प्रवद्र्धन कार्य जारी रहेको छ । समय अनुकूल फूलको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउनु प्रदर्शनीको मुख्य लक्ष्य रहेको छ । मेलाको उद्घाटन गर्दै मन्त्री लामाले व्यवसायिक फूल खेतीको अहिलेका अवस्था अझै बिस्तार हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव इश्वरप्रसाद रिझाल, बनस्पति विभागका महानिर्देशक डा. संजिव राई, कृषि विभागका उपमहानिर्देशक रेवतीप्रसाद पौडेल लगायतले फूल व्यवसायीहरुलाई प्रोत्साहित गरिने बताउनु भएको थियो ।

आयोजक फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीले बजार विस्तार गर्न सघाउने बताउनु भयो । मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् ।

गोदावरी फूलको विविध प्रजातीहरुमध्ये प्रदर्शनीमा स्पाईडरतर्फ सम्झना नर्सरी, मिनियचरतर्फ मिलन नर्सरी, इन्क्रर्भतर्फ अजिमा नर्सरी, रिफ्लेक्समा सम्झना नर्सरी र कट फ्लावरमा ए एस कट फ्लावर नर्सरी विजेता बनेका छन् । त्यसै गरी प्रदर्शनीमा सहभागि मध्ये सम्झना नर्सरी उत्कृष्ट प्रदर्शक बनेको छ भने टीटीआर बंगलामुखी नर्सरी दोस्रो र अजिमा नर्सरी तेस्रो बनेका छन् । विजेतालाई शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरिएको मेला संयोजक मीन बहादुर तामाङले प्रेस विज्ञप्तिमा जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.