जनजाति महासंघको अध्यक्षमा शेर्पा, महासचिव राई

समाचार

लिभु संवाददाता
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित भएका छन् । शुक्रबार बिहान नवलपरासीमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट शेर्पा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । शेर्पा नेपाल शेर्पा संघका अध्यक्षसमेत हुन् ।

अध्यक्ष र महासचिव पदमा निर्वाचन भएको थियो भने सर्वसम्मत चयन भएको छ । कार्यसमितिको महासचिवमा दिवस राई निर्वाचित भएका छन् । राई किरात राई यायोक्खाको अध्यक्षसमेत हुन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती, सात उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भीरसिं गुरुङ भोटे, लाक्पा शेर्पा ढोक्या, लहरु जिमी र श्रुति कुमाल छन् ।

यसैगरी उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ तथा आठजना सचिवमा मंगलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल र भद्रकुमारी बरामु छन् । त्यसैगरी कोषाध्यक्षमा बिमल सारु मगर र सहकोषाध्यक्ष रिदाम नोसाङ भोटे छन् ।

महासंघमा सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजातिमध्ये ५६ जातीय संस्था सदस्य रहेका छन् । कार्यसमिति अन्य सदस्य पछि मनोनयन गर्ने महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.