उपराष्ट्रपति पुनले लगाउनु भयो भाइटीका

समाचार

लिभु संवाददाता
काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाउनु भएको छ । उहाँले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा भाइटीका लगाउनु भएको हो ।

आफ्नो दुई दिदी गृहजिल्ला रोल्पामा रहनु भएकोले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाउनु भयो । उहाँलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाइटीका लगाई दिनुभयो ।

तस्बिर – भाइटीका लगाएपछि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’
फोटो स्रोत – उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगर

Leave a Reply

Your email address will not be published.