दक्षिण कोरियामा हुने ओलम्पिक प्रतियोगितामा उत्तर कोरियाले भाग लिने

खेल

एजेन्सी । उत्तर कोरियाका ओलम्पिक अधिकारीले दक्षिण कोरियाको राजधानी सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने जनाएका छन् ।

उत्तर कोरियाका अन्तर्राष्ट्रिय ओलम्पिकका प्रतिनिधि च्याङ यङले चीनको बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उत्तर कोरियाले दक्षिण कोरियामा हुने ओलम्पिकमा भाग लिने बताएका हुन् ।

चाङ त्यसबारे कुराकानी गर्न स्वीजरल्याण्ड जाने बताइएको छ । नयाँ वर्षका दिन उत्तर कोरियाका नेता किम जोनले प्योङयाङमा हुने ओलम्पिकमा आफ्नो देशका प्रतिनिधि पठाउने र खेल महत्वपूर्ण हुने बताएका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले उत्तर कोरियाको त्यस्तो प्रतिक्रियापछि सयुक्त बैठक गर्ने प्रस्ताव गरेका थिए ।

चीनमा गएको डिसेम्बरमा भएको उत्तर र दक्षिण कोरियाका खेलकुद अधिकारीको गोप्य बैठकपछि मुन र किमको त्यस्तो धारणा आएको हो ।

उक्त बैठकमा दुवै देशका प्रतिनिधिले यसै वर्ष हुने खेलकुदमा सहभागी हुने जनाएका थिए ।

Leave a Reply

Your email address will not be published.