धनगढीमा जारी खप्तड गोल्डकपमा आज संकटा र धरान भिड्दै

खेल

धनगढी  ।  धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगितामा आइतबार सीएमजी संकटा र धरान फुटवल क्लवबीच प्रतिस्पर्धा हुँदैछ । धनगढीस्थित स्थानीय रंगशालामा दिउँसो २ बजे शुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवले पोखराको सहारा क्लवलाई टाइब्रेकरमा पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । माघ १ गतेसम्म हुने दोस्रो संस्करणको गोल्डकपमा नेपालका चर्चित १२ वटा एडिभिजन क्लबले सहभागिता जनाएका छन् ।

१२ टोली सहभागि प्रतियोगिताको उपाधि विजेताले ११ लाख ११ हजार र उपविजेताले ५ लाख ५५ हजार रुपैयाँ र ट्रफि प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.