एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा, चेल्सी पछि पर्‍यो

खेल

एजेन्सी । एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति एभर्टनको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई २(० ले विजयी गराउन एन्टोनी मार्टियल र जेस्सी लिङ्गार्डले एक(एक गोल गरे ।

जितपछि म्यान्चेस्टर युनाईटेडले दोस्रो स्थानको चेल्सीलाई उछिनेको छ । २२ खेलबाट म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने एक खेल कम खेलेको चेल्सीको ४५ अंक छ ।

शीर्ष स्थानको म्यान्चेस्टर सिटीको भने ५९ अंक रहेको छ । प्रिमियर लिग फुटबलमा गएराति लिभरपुलले बर्न्लेलाई २(१ ले हराउँदा लेष्टर सिटीले हडर्सफिल्ड टाउनलाई ३(० ले पराजित गर्‍यो ।

यसैगरी न्युकासल युनाईटेडले स्टोक सिटीलाई १(० ले हराउँदा ब्राईटन र बर्नमाउथले २(२ गोलको बराबरी खेलेका छन्

Leave a Reply

Your email address will not be published.