शुभलाभ सहकारीको आफ्नै भवन

अर्थ / वाणिज्य

लिभु संवाददाता
ललितपुर– शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आफ्नै भवन समुदघाट्न भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले ललितपुर महानगरपालिका वडा नंं.१५ सातोदोबाटोस्थित शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवन शुक्रबार एक समारोहबीच उद्घाटन गर्नुभएको हो ।

सातोदोबाटोस्थित शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवन

संघीय प्रदेश नं.३ ललितपुर जिल्लाको उत्कृष्ट सहकारीमध्ये शुभलाभ सहकारी पनि पर्दछ । मन्त्री अर्यालले सहकारी नियमावली चा“डै जारी हुने बताउनु भएको छ । उहाँले नियमावलीको अभावमा यसअघि जारी ऐन कार्यान्वयनमा समस्या आएको चौतर्फी गुनासो आएको भन्दै सरकारले चा“डै निकास दिनेसमेत जानकारी दिनुभयो ।

‘संवैधानिक रुपमै समृद्धिको आधारमध्ये एक सहकारी हो,’ मन्त्री अर्यालले भन्नुभयो, ‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामार्फत् राष्ट्रिय अर्थतन्त्रलाई उन्नतशील बनाउने नीति रहेको छ । त्यसैले चा“डै सहकारी नियमावली जारी हुनेछ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्याल शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन

शुभलाभ संस्थाका कार्यकारी अध्यक्ष तिखबीर राईका अनुसार १५ आना ३ पैसा क्षेत्रफलमा पा“चतले भवन ६ करोड रुपैया“ लागतमा निर्माण सम्पन्न भएको हो । उक्त संस्थाले दस वर्षअघि १९ लाख ७० हजार रुपैया“ सेयर पू“जीबाट कारोबार थालेको थियो । हाल ७ करोड सेयर पू“जीसहित ९० करोड रुपैया“को कारोबार गर्न सफल भएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मायाको चिनो प्रदान गर्दै कार्यकारी अध्यक्ष तिखबीर राई

भवन उद्घाटन अवसरमा सहकारी अभियानता दिपकप्रकाश बा“स्कोटा, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, नेफस्कुनका महासचिव चन्द्र ढकाल, राष्ट्रिय सहकारी बैंका प्रबन्ध संचालक केब उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

शुभलाभ सहकारीबारे संक्षिप्त जानकारी

शुभलाभ भवन उद्घाटन तामपत्र

संघीय नेपाल प्रदेश नं.३ ललितपुर जिल्लामा रहेका अब्बल सहकारी संस्थामध्ये शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एक हो । यो संस्था सहकारी ऐन २०४८ अन्तर्गत डिभिजन सहकारी कार्यालय ललितपुरमा भगवती शुभलाभ बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको नाउँबाट २०५६ साल असोज २८ गते दर्ता प्राप्त छ ।.दर्तापश्चात् केही समय संचालनमा आएपनि व्यवस्थापक सक्षम हुन नसक्दा निस्क्रिय बन्यो । तत्पश्चात् २६ जनाको समूहले सहकारीको मूल्य र सिद्धान्त आत्मसात गर्दै २०६३ साल असार १ गतेबाट अघि बढाउने निधो गरियो । संस्थामा आवद्ध सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कतिक विकास गर्ने मूलभूत उद्देश्य राखेर नयाँ व्यवस्थापन तर्जुमा गरियो । नयाँ व्यवस्थापनले शेयर पूँजी रु.१९,७०,०००÷– (अक्षरेपी उन्नाइस लाख सत्तरी हजारमात्र) संकलन गरी ललितपुरको लगनखेलस्थित स्काउट भवनमा कार्यालय स्थापना गरी कारोबार प्रारम्भ गरेको हो । २०६३ साल पुसमा सम्पन्न संस्थाको नवौं साधारण सभाले संस्थाको नाम संशोधन गर्ने निर्णय ग¥यो । जसअनुसार भगवती शुभलाभ बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा परिवर्तन गरिएको हो ।

संस्था संचालनको दौरानमा विभिन्न प्रतिकुल परिस्थितिका वावजुद सदस्यहरूको निरन्तर विश्वास, सञ्चालक समिति, लेखा समिति तथा विभिन्न उप–समितिहरूको अथक प्रयास, दृढ संकल्प तथा कर्मचारीहरूको इमान्दारिता र मेहनतले शुभलाभ सहकारी समुदायमा लोकप्रिय बन्न पुगेको हो । त्यही कार्यको प्रतिफल स्वरूप यस संस्थाले ललितपुर महानगरपालिका वडा नंं.१५ सातदोबाटो चोकमा ०–१५–३ (पन्ध्र आना तीन पैसा) क्षेत्रफल जग्गा खरिद गर्न सफल भयो । संस्थाको स्वामित्वमा रहेको सो जग्गामा पाँच तले आधुनिक भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रारम्भ गर्न सफल भएको छ ।

दृष्टि
सम्पूर्ण सदस्यहरूको लागि स्थायी तथा सामाजिक, आर्थिक विकासको एकमात्र वित्तीय विकल्प शुभलाभ ।

मिसन
सदस्यहरूको सामाजिक, आर्थिक आवश्यकताहरूको समर्थन, उत्थान गर्न प्रतिस्पर्धात्मक वित्तीय तथा सान्दर्भिक र उचित जीविकोपार्जनमा सेवा प्रदान गर्न शुभलाभ ।

उद्देश्यहरू
 संस्थामा संलग्न सदस्यहरूको नियमित बचत गर्ने बानीको विकास गर्र्नेे ।
 आम्दानीको आधारमा बचत र खर्च गर्ने बानीको विकास गर्ने ।
 समुदायको विकास र आर्थिक समृद्धिको लागी अविच्छिन्न लागी रहने ।
 नियमित रूपमा प्राप्त निक्षेपमा प्रतिस्पर्धात्मक ब्याजदरमा ब्याज प्रदान गर्ने ।
 विभिन्न सिपमूलक, आयमूलक र उत्पादनमूलक उद्देश्यका लागि सदस्यहरूलाई सरल कर्जा र व्यवसायिक परामर्श प्रदान गर्ने ।

Leave a Reply

Your email address will not be published.