पत्रकार गजुरधन राई लगायत पुरस्कृत

पत्रपत्रिका

लिभु संवाददाता
काठमाडौं – तमू ल्होछार ल्होसारको अवसरमा तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले सातजना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई पुरस्कृत गरिएको हो ।

पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट युनाइटेड खबरका राजबहादुर गुरुङ र नेपाल टेलिभिजनका गजुरधन राई पुरस्कृत भएका छन् । सो पुरस्कारको राशी जनही २० हजार एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।

त्यसैगरी सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कारबाट टरिजमअनलाइनका जुली गुरुङ, तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट एभरेष्ट टाइम्स, युकेका मिलन गुरुङ पुरस्कृत भएका छन् । पुरस्कारको राशी जनही १० हजार एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।

त्यस्तै, लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट मुकुन्दसेन टेलिभिजन नवलपरासीका असिफ गुरुङ र तमू पत्रकारिता पुरस्कारबाट जनता टेलिभिजनका आनन्द गुरुङ पुरस्कृत भएका छन् । पुरस्कारको राशी जनही १० हजार एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।

त्यसैगरी, सीआई टेकबहादुर गुरुङ तथा रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनका लमजुङ संवाददाता आश गुरुङ पुरस्कृत भएका छन् । पुरस्कारको राशी पाँच हजार एक रुपैयाँ रहेको छ ।

संघका पूर्वअध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिसमा सातजनालाई पुरस्कार दिइएको हो ।

तमू वार्षिक मुखपत्र गुरुङ न्यूज डटकम लोकार्पण

सोही अवसरमा तमू वार्षिक मुखपत्र गुरुङ न्यूज डटकम समेत लोकार्पण गरिएको छ । कार्यक्रममा उपस्थित सबैले सामूहिक रुपमा मुखपत्र लोकार्पण गरेका थिए ।

http://tamukhabar.com/1935?fbclid=IwAR0lIUDVas7aKXFn8hOGf768m6k5VNOlpLdq4QisEMV5G05Uu2e6lYhFKzs#.XCY5t7j1T7w.facebook

Leave a Reply

Your email address will not be published.