नेपालमा प्रचलित संवत् हरु र किरात इतिहासको एक प्रमाण : किरात येÞलेÞ संवत्

विचार / ब्लग
चतुरभक्त राई

(किरात राई यायोक्खा, भूपू केन्द्रीय अध्यक्ष)

१. आरम्भ : कुनै विशिष्ट व्यक्ति वा शासकको पालादेखि आरम्भ भएको वर्ष गणनालाई संवत् भन्ने गरिन्छ । सौरमानका आधारमा निर्मित प्रकृतिजन्य अनन्त समयलाई आफ्नो वंशमा पारेर मानवले मानवहितको लागि वर्ष, महिना, दिन, घण्टा, मिनेट र सेकेन्ड तथा घडी पलामा विभाजन गर्नसक्नु विश्वका ठूला मानव उपलब्धिहरूमध्ये एक उपलब्धि मान्न सकिन्छ । आज निजी व्यक्तिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गठनहरूले समेत जीवन र राष्ट्रको आधार मानेका छन् । मूलतः संवत् सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, व्यापारिक, शासकीय वा प्रशासकीय दृष्टिकोणले निर्माण गरिएको प्रणाली हो । यदि संवत्को निर्माण र सोहीअनुसार तिथिमितिको व्यवस्था नगरिएको हुँदो हो त संंसारको सम्पूर्ण इतिहास नै निर्माण हुने थिएन र आजको जस्तो विकास, उन्नति र प्रगति पनि देख्न पाइने थिएन । यसर्थ संसारका अनेकौँ सभ्यताहरू र सामाजिक व्यवस्था तथा परम्पराहरू ठ्याक्कै संवत् वा क्यालेन्डरमा आफ्ना आवश्यकताअनुसार विभाजित गरी अगाडि बढ्ने प्रण गरेका हुन्छन्, योजना तर्जुमा गरेका हुन्छन् । यस्ता संवत्हरूको सिर्जना गर्ने ती व्यक्तिहरू महान् हुन् । नेपालमा पनि यस्ता संवत्हरू छन् चाहे स्वदेशी रूपमा सिर्जित होस् वा आयातित रूपमा, ती नेपालका सम्पत्तिको रूपमा रहेका छन् । त्यसमध्ये ऐतिहासिक रूपमा सबभन्दा पुरानो रहेको तर राज्यबाट मान्यताका लागि प्रस्तावित किरात येÞलेÞ संवत् संविधानसभाको ढोकामा पुगेको छ । त्यसलाई स्वागतगरी नेपालको सम्पत्तिको रूपमा प्रवेश गराउने वा ढोकैबाट फर्काउने हो, यो राज्यको लागि अग्नी परीक्षा हो । त्यही सेरोफेरोमा यो लेख अगाडि सारिएको छ ।

२. लेखको उद्देश्य : नेपालमा चलेका केही संवत्हरूको संक्षिप्त परिचय दिँदै किरात येÞलेÞ संवत् नेपालको इतिहासमा पुरानो भए पनि राज्यबाट मान्यताका लागि प्रस्तावित संवत् किरात इतिहासकै एक ज्वलन्त प्रमाण हो भन्ने विषयमा प्रकाश पार्नु यस लेखको उद्देश्य हुने छ ।

३. लेखनपद्धति : पूर्वप्रकाशित संवत्हरूको लेखरचना, इतिहासका केही पुस्तकहरू, इन्टरनेट आदि स्रोतहरूको प्रयोगगर्दै गोष्ठीहरूमा भएको छलफल, संस्थागत रूपमा गरिएको निर्णय र सरकारसमक्ष प्रस्तुत गरिएका मागहरूको अध्ययन गरी यो लेख तयार गरिएको छ । संवत्को भित्री स्वरूपमाभन्दा संवत् इतिहासको परिचयात्मक पाटा र किरात येÞलेÞ संवत् स्थापनाको प्रयासहरू बारेमा अध्ययन केन्द्रित गरिएको छ ।

४. नेपालमा प्रचलित केही संवत्हरू : विश्वका पाँच दर्जनभन्दा बढी संवत्हरू विशेषतः शासकहरू तथा जातिहरूको नाममा प्रचलनमा आएको तथ्य संवत्का इतिहास अध्ययन गर्दा थाहा लाग्छ । नेपाल बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषी मुलुक भएकाले विविध समुदायभित्र विभिन्न मत, विचार, सामाजिक व्यवहार, विश्वास र सिद्धान्तहरूको प्रतिपादन हुने क्रम प्रारम्भदेखि नै जारीरहेको कुरा यहाँको राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक इतिहासहरूबाट थाहा लाग्छ । यसैअनुसार समयको क्रमलाई शासक, जाति तथा धार्मिक पुरुषहरूको नाममा संवत्लाई आफ्नो आवश्यकताअनुसार प्रचलनमा ल्याएको पाइन्छ । नेपालमा प्रचलित केही संवत्हरू शासकहरूको नाममा भएको घोषणाको रूपमा आएको पाइन्छ भने केही संवत् विदेशी शासकहरूको प्रभावमा परेर उनीहरूबाट प्रयोग भएका संवत्लाई नै स्वीकार गरी प्रचलनमा ल्याएको पाइन्छ । समय, व्यवहार, इतिहास र संस्कृति तथा परम्परालाई सामन्जस्य गर्दै नेपालमा निम्न संवत्हरू ऐतिहासिककालदेखि नै प्रचलनमा रहेको पाइन्छ ।

१. लिच्छवि संवत् : अंशुवर्माबाट प्रचलनमा ल्याइएको संवत् नै लिच्छवि संवत् हो । कलियुग ३ हजार वर्ष अर्थात् वि.सं ४४ वर्ष व्यतीत हुँदा अंशुवर्माले आपूm सिंहासनमा रहेको समयबाट यो संवत् चलाएको मानिन्छ । यसरी हेर्दा विक्रम संवत् सर्वप्रथम अंशुवर्माबाट चलाइएको तर अहिले यो संवत् प्रचलनमा छैन ।

२. विक्रम संवत् : भारतको उज्जैन राज्यको सम्राट् एवम् वादशाह विक्रमादित्यको नामबाट चलेको संवत्लाई विक्रम संवत् भनिन्छ । वैशाख १ गतेदेखि सूर्य मेष राशीमा प्रवेश गरेको आधारमा नयाँ वर्षारम्भ भएको मानिन्छ । यसलाई भारत, बङ्गलादेश र नेपालमा अफिसियल क्यालेन्डरको रूपमा प्रयोग गरिएको छ । ईसापूर्व ५६ मा शकहरूलाई पराजित गर्दै सम्राट् विक्रमादित्यले यस संवत्लाई प्रारम्भ गरी स्थापित गरेका हुन् भन्ने पाइन्छ । नेपाल बाहेक भारतको गुजरात, महाराष्ट्र, बङ्गलादेश, थाइल्यान्ड, इन्डोनेसिया, श्रीलङ्का, मलेसियातिर समेत यसको प्रचलन रहेको पाइएको छ । यो ग्रेगरियन संवत्भन्दा ५६.७ वर्ष अगाडि रहेको छ । विक्रम संवत् नेपालमा पृथ्वीनारायण शाहको पालादेखि नै चलेको हो । यसभन्दा अगाडि शक संवत् चलाइँदै आइएको थियो (गुरुङ)१ ।

हाल विक्रम संवत्को नाममा नेपालका विविध उत्सवहरू मनाउने, राजनीतिक दल, परिवार, सङ्घ, संस्था, व्यक्ति आदिबाट आफ्नो वार्षिक कार्यक्रमहरू गर्ने गरिएको छ । नेपाल सरकारले विक्रम संवत्कै आधारमा श्रावण महिनाबाट नयाँ आर्थिक वर्षसमेत सुरुवात हुने घोषणा गरेको धेरै भइसकेको छ ।

विक्रम संवत्लाई छिमेकी देशबाट आयातित संवत् मानिए पनि कतिपय विद्वान्हरू त्यसो भन्न तयार छैनन् । त्यसको कारण हो– राम, कृष्ण, यशु जस्ता देवहरू विदेशी भूमिमा जन्मिए हुर्किए पनि आफ्नो भगवान् हुन सक्ने तर विक्रम संवत् चलाउने विक्रमादित्य किन आफ्नो हुन नसक्ने ? अर्को प्रश्न छ– विक्रमादित्य विदेशी होइनन् स्वदेशी नै हुन् । यसबारे दुइटा विचारहरू देखा पर्दछ । दिर्घराज प्रसाई लेख्छन्– लिच्छविवंशका पहिला राजा धर्मपाल, भूमिवर्मा विक्रमादित्य आदि नामबाट पुकारिने सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाले विशालनगर र वत्तीस पुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम संवत् चालु भएको मानिन्छ” (प्रसाई)२ । अर्का मत रहेको छ– “काभ्रेसिन्धु वृतान्त पुस्तकका” लेखक बासुपासाको विचारमा विक्रमादित्य भारतीय होइनन् नेपाली नै हुन् । एउटा लोककथाको उपमा लिँदै भनिएको छ– पनौतिका एक युवा ऋषिका उनी पुत्र थिए जो काठमाडौँमा समेत राजा भए तर पछि यताको राजपाठ छाडी उनी वैशाली गए र धेरै उल्लेखनीय कार्यहरू गरे । जसको नामबाट विक्रम संवत् समेत प्रयोगमा आयो (श्रेष्ठ)३ । विक्रम संवत् स्थापित गर्ने विक्रमादित्य भारतीय हुन् भने भारतमा उनको इतिहास उल्लेखनीय रूपमा किन चर्चा हुन सकेन भन्ने कुरा यस पक्षका इतिहासविद्हरूले उठाएका छन् ।

इतिहासमा विक्रमादित्य शब्दलाई दिग्विजय गर्ने उपाधिको रूपमा पनि शब्द प्रयोग गरिने भएकाले त्यसप्रकारको विक्रमादित्य अरू पनि रहेको बोध हुन्छ । तर इतिहासमा प्रथम पटक यस्तो विक्रमादित्यको उपाधि धारण गर्ने व्यक्ति सातवाहन वंशका गौतमी पुत्र सातकर्णीले मालवीदेखि कर्णाटकसम्म विस्तारित गरेर आफ्नो गणको प्रतिष्ठालाई स्थापना गर्न ई.पू. ५७ सालमा नयाँ संवत् सुरु गरे जसलाई पछि विक्रमादित्यको नाममा विक्रम संवत् भनियो (श्रेष्ठ)४ भन्ने कथन रहेको छ भने यता नेपालमा साँखु बज्रयोगिनी मन्दिरमाथि विक्रमादित्यको टाउकाको मूर्ति रहेको छ र त्यसलाई वज्राचार्य वंशका पूजारीले अभैm पुज्दै गरेको पाइन्छ भन्ने भनाइले हामी साधारण पाठकहरू गोलमालमा परेका छौँ । विक्रमादित्य नेपालका होइनन् भन्ने तर्क वाङ्देलको पुस्तकमा उल्लेख भएअनुसार समुद्रगुप्तका छोरा प्रतापी राजा विक्रमादित्य बृखदेवका समकालिक हुन्५ भन्ने तर्कले पनि घोत्लिन पर्ने हुन्छ । आखिरी उनी कहाँका हुन् भारतीय वा नेपालका ? यस विषयलाई इतिहासकारहरूले अभैm खोजको विषय बनाउनु पर्ने देखिन्छ । यो नेपाल संवत्भन्दा ९३६ वर्ष जेठो, शाके संवत्भन्दा १३५ वर्ष र ईस्वी संवत् भन्दा ५७ वर्ष जेठो रहेको छ (प्रसाई)६ ।

३. शालिवाहन वा शक संवत् : शालिवाहन संवत् जसलाई शक संवत् पनि भन्ने गरिन्छ जो चैत्र शुक्ल पक्षको परेवा तिथिमा नव वर्ष प्रवेश हुने संवत् शक संवत् मानिन्छ (सेर्मा )७ । ईसापूर्व ३५ देखि ४० तिर भारतको पश्चिमतिर पर्ने सौराष्ट्र, मालवा, वर्तमान गुजरात, दक्षिण सिन्ध, महाराष्ट्र, राजस्थान क्षेत्रतिर पर्ने भूमिमा पश्चिमी क्षेत्रपस नामका शासकले शासन गरेको बुझिन्छ । उनीहरूले उज्जैन भूमिलाई आक्रमण गरेपछि त्यसलाई स्थापित गर्न शालिवाहनीय राजाको कालसँग जोडेर शक संवत् चलाउन सुरुवात गरेको पाइन्छ । संवत्का अन्वेषक लेख्छन्– ईस्वी संवत् ७८ मा शकवंशलाई समाप्त गरेर कुषाणवंशका राजा कनिष्कको पालादेखि शक संवत् चलेको हो । कनिष्क वाहेक संवत् सुरु गर्ने भारतमा कुनै राजा छैनन् (प्रसाई)८ । नेपालमा यसको प्रचलन विक्रम संवत् १३८२ तथा शक संवत् १२४५ तिर अर्थात् मल्लकालको सुरुवाततिरै प्रचलनमा आउन थालेको हो । यसलाई हिन्दूपात्रो, भारतीय राष्ट्रिय पात्रो तथा कम्बोडियाई बुद्धिस्ट पात्रोको रूपमा समेत प्रयोग भएको पाइन्छ । यसको प्रभाव नेपालमा पनि लिच्छविकालमा परेकाले शक संवत्को प्रयोग गरिँदै आएको पाइन्छ (गुरुङ) ।९ तसर्थ् विक्रम संवत् चलेको सवा दुइहजार वर्ष भैसक्दा समेत गाउँघरमा मृत व्यक्तिको नाममा चौतारो निर्माण गर्दा शिलालेखहरूमा शाके संवत् यति उति भनेर जनाउने चलन रहेको पाइन्छ । अहिले जनस्तरमा यसको प्रयोग नेपालमा नभएको भए पनि प्रकाशित पञ्चाङ्ग पात्रोहरूमा श्री शालिवाहन शाके संवत् भनेर उल्लेख भइराखेको पाइन्छ । भारतमा समेत शक संवत्को प्रचलन हराउँदै गएको र सन् १९४७ मा भारत स्वतन्त्र भएपछि निस्क्रिय भइसकेको शक संवत्लाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले आफ्नो मौलिक संवत्को रूपमा १९५७ देखि सुरु गराएका थिए तर पनि व्यवहारिक नभएको कारण प्रचलनमा आउन सकेन र बेलायतीहरूबाटै प्रचलित ईस्वी संवत्लाई नै प्रयोगमा ल्याइएको छ१० भने नेपालमा पनि एकथरी अघिल्लो पुस्ताहरू समाप्त भएपछि र विक्रम संवत्मा सबै सरकारी कारोवार, व्यवहारिक धन्दा चल्न थालेपछि यसको प्रयोग कतै पाइँदैन ।

४. ईस्वी संवत् : जिसस क्राइस्टको जन्मपूर्व समाप्त हुने र जन्मसँगै सुरुहुने संवत्लाई ईस्वी संवत् भनिन्छ । यसलाई अर्को शब्दमा ग्रेगरियन क्यालेन्डर पनि भनिन्छ । अङ्गे्रजीमा यसलाई ए.डी. वा अन्नो डोमिनी भनिन्छ । मध्ययुगिन ल्याटिन शब्द अन्नो डोमिनीको अर्थ आफ्टर द एयर अफ लर्ड जिसस वा इन द एयर अफ द लर्ड भनेर अङ्गे्रजी शब्दकोशहरूले अथ्र्याएको पाइन्छ र बी.सी.लाई बिफोर क्राइस्ट भनेर बुझिन्छ । जनवरी १ लाई यस संवत्को आरम्भ वर्ष मानिन्छ । यसलाई ग्रेगरियन क्यालेन्डर, पश्चिमी वा क्रिस्चियन क्यालेन्डर पनि भनिन्छ । यस संवत्लाई आन्तर्राष्ट्रिय सरकारी क्यालेन्डरको रूपमा नै स्वीकार गरिएको पाइन्छ । यसलाई पोप ग्रेगरी तेह्रौँ (Pop Gregory xiii) बाट स्थापित गरिएको हुनाले उनैको नामबाट ग्रेगरियन संवत् तथा पात्रोको रूपमा प्रयोग गरिआएको देखिन्छ । यसलाई २४ फेब्रुवरी १५८२ मा हस्ताक्षर गरी प्रचलनमा ल्याएपछि आवश्यकताअनुसार सुधारगरी अगाडि बढाइएको पाइन्छ ।

५. नेपाल संवत् : नेपाल संवत्को प्रारम्भ कसरी भयो भन्ने बारेमा पनि विद्वान्हरूको मत ठ्याक्कै दुईभागमा विभाजित रहेको पाइन्छ । धनवज्र वज्रचार्यद्वारा लिखित गोपालराजवंशावलीको ऐतिहासिक विवेचनामा नेपाल संवत्को प्रारम्भ मानदेवपछिको लिच्छवि राजा राघवदेवले चलाए भन्ने पाइन्छ । यस मतमा केही विद्वान्हरू सहमत रहेको पाइन्छ । राघवदेवको प्रख्याती पैmलनुमा प्रमुख कारण उनीद्वारा नयाँ संवत् (नेपाल संवत्)को प्रवर्तन हुनु हो भनिएको छ (वज्रचार्य)११ । अन्य विद्वान्हरूले राष्ट्रिय विभूति शङ्खधर साख्वाले ११२४ वर्षअघि राष्ट्रकै नाममा चलाएको संवत्लाई नै नेपाल संवत् भनिन्छ१२ भन्ने मत राखेका छन् । लैनसिंह वाङ्गदेलले अरू कसैले राजा राघवदेवको शासनकालमा शङ्खधर साख्वाले नेपाल संवत् चलाएको मत पनि अगाडि सारेको पाइन्छ । शङ्खधर नामका सामान्य व्यक्तिले देशभरिको ऋण मोचन गरी यो संवत् चलाए । यसले नेपाल खाल्डोभित्र लामोसमयसम्म राजकीय संवत्को रूपमा राजग¥यो र पृथ्वीनारायण शाहको एकीकरण अभियानपश्चात् उनका टकमा शक संवत्को प्रयोगबाट नेपाल संवत्को निरन्तरता टुटेको पाइन्छ (श्रेष्ठ)१३ । वज्राचार्यको पुस्तकमा भनिएको छ, शक संवत् ३०४ वर्षसम्म चल्यो र त्यसपछि नेपाल संवत् चल्यो ।१४ विक्रम संवत्लाई पृथ्वीनारायण शाहद्वारा नै प्रयोगमा ल्याइएपछि नेपाल संवत्ले निरन्तरता नपाएको भए पनि नेवारी समाजले जातीय तथा राष्ट्रिय भावनाको प्रतिबिम्ब स्वरूप नेपाल संवत्लाई अहिलेसम्म नागरिक तहमा प्रयोगमा ल्याउँदै आएको थियो । यिनै कारणले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वालाई २०५६ सालमा तत्कालीन सरकारद्वारा राष्ट्रिय विभूति घोषणा गरिसकिएकाले एकतहमा जनताको चाहनाको कदर भएको वोधगर्न सकिन्छ । नेपाल संवत्को मत मतान्तर जे भए पनि यो संवत् विदेशबाट आयातित नभई नेपालको भूगोलमा नै सिर्जित संवत् हो त्यसैले पनि गर्व गर्न लायकको छ ।

६. हिजरी संवत् : इस्लामिक धर्म प्रणेता प्रोफेट मोहम्मदको कालसँग जोडेर स्थापना गरिएको संवत् नै हिजरी संवत् हो । यसलाई स्लामिक वा मुस्लिम संवत् पनि भनिन्छ । अरेबिक, पर्सियन, कुर्दिस, टर्किस, उर्दु, इन्डोनेसियाई, मलाया आदिसँग सम्बन्धित भाषिक समुदायहरूले यस संवत्को प्रयोग गर्दै आएका छन् । हाल यो १४३२ वर्ष व्यतीत् भएको पाइन्छ ।

७. किरात येÞलेÞ संवत् : ऐतिहासिक काल अवधिको अर्थमा १९६३ वर्ष ८ महिना शासन चलाउने किरात शासकको प्रथम किरात राजा यलम्वरको नामबाट चलेको संवत्लाई किरात येÞलेÞ संवत् भनिन्छ । यतिखेर यो ३७९० वर्ष पुगेको किरात येÞलेÞ संवत् अध्ययन समन्वय समितिले किरात समन्वय समितिलाई २०६७ पुस २५ गते हस्तानतरण गरेको अध्ययन प्रतिवेदनबाट थाहा लाग्छ । प्रस्तुत् प्रतिवेदनअनुसार किरात येÞलेÞ संवत् सुरुमै भन्न थालिएको होइन । यसको पनि इतिवृतान्त रहेको छ । यसको प्रारम्भ, औचित्य, महŒव र संवत् स्थापनाको सतप्रयासहरू उल्लेखनीय रहेका छन् । किरात वंशलाई प्रष्ट पार्ने पहिलो वंशावली गोपालराजवंशावली राजा जयस्थिति मल्ल (ई.सं. १३८२–१३९५) को राज्यकालमा लेखिएको राजाहरू, तिनीहरूको काल गणना र प्रथम राजा एलम् र अन्तिम राजा खिगु मानिएको छ । यसैअनुसार प्रथम किरात राजा एलम्को राज्यरोहणलाई किरात येÞलेÞ संवत्को आधार मानिएको हो । यो संवत् राजा यलम्वर आपैmँले चलाएको संवत् होइन केवल प्रथम किरात राजाको नाममा चलाइँदै आएको संवत् हो । इतिहास पुरानो र जेष्ठ भए पनि किरात येÞलेÞ संवत्लाई प्रचलनमा ल्याउन प्रयास गरिएको समय वि.सं. २०२९/३० तिरबाट हो ।

किरात येÞलेÞ संवत् बाहेक नेपालमा लिच्छविकालीन राजा मानदेवको कालसँग जोडेर बनाइएको मानदेव संवत् र पशुपतिनाथको सम्मानमा थालिएको संवत् पशुपतिनाथ भट्टारक संवत्सर पनि इतिहासमा पाउन सकिन्छ । तर यसको प्रचलन भने रहेको पाइँदैन ।

५. किरात येÞलेÞ संवत्लाई स्थापित गर्न गरिएका प्रयासहरूः किरात येÞलेÞ संवत् अध्ययन समन्वय समितिले प्रस्तुत गरेको किरात येÞलेÞ संवत्को कालगणना अध्ययनको सन्दर्भ लेख, प्राज्ञ वैरागी काइँलाको येÞलेÞ संवत्सम्बन्धी लेखलगायत स्वदेश तथा विदेशमा रहेका किरात व्यक्तित्व तथा किरात सङ्घ संस्थाहरूका रचनाहरूमा उल्लेख भएअनुसार किरात येÞलेÞ संवत्लाई स्थापित गर्न प्रयास गरिएको इतिहासलाई हेर्दा अध्ययनको सजिलोको लागि यसलाई भारतीय भूमिमा रहेका किरात तथा किरातजन्य सङ्घ संस्थाहरूबाट भएका प्रयासहरू (अन्तर्राष्ट्रिय) र नेपालका किरात तथा किरातजन्य सङ्घ संस्थाहरूबाट भएका प्रयासहरू (राष्ट्रिय) भनी छुट्याउन सकिन्छ । यसरी हेर्दा नै यसमा मेहनत र पसिना बगाउनेहरूको योगदानलाई पहिचान गर्न पनि सकिन्छ भन्ने लाग्छ । यसको संक्षिप्त चर्चा निम्नानुसार गरिएको छ ।

क. भारतीय भूमिमा रहेका किरात तथा किरात सङ्घ संस्थाहरूबाट भएका प्रयासहरू :
१. सर्वप्रथम सन् १९७२ तदअनुसार २०२९ सालको जेठ महिनामा लिम्बू पेरियोडिकल सिरिजङ्गा, वर्ष– १, अङ्क– १ पुष्प थाम्सुहाङको सम्पादन तथा प्रकाशनमा लिथो गरेर हस्तलिखित रूपमा पहिलो पटक प्रकाशन भएकोे थियो । यसै पत्रिकाबाट येÞलेÞ संवत्को प्रारम्भ गर्ने क्रममा वर्ष– १, अङ्क– ७ मा किराती तङ्बे (संवत्) भनेर पहिलो पटक उठान गरेको पाइन्छ ।
२. त्यसपछि सिक्किममा जसहाङ मादेनको प्रयासमा अखिल सिक्किम किरात चुम्लुङले साँप वर्षको रूपमा याक्थुङ पञ्चाङ्ग तथा याक्थुङ येÞलेÞ तङ्बे (संवत्) ५०४९ (कलिगत संवत्) भनेर सन् १९८९–९० तदअनुसार २०४६–४७ मा प्रकाशित ग¥यो जसमा यलम्वर वर्ष भनिएको थियो ।

३. त्यसपछि सिक्किममा १९९३ मा ‘केञ्जो’मा तेजमान नेम्बाङ्ले यलम्वर वर्ष ५०५४ र १९९७ को ‘मारोतिफुङ्’मा ५०५८ उल्लेख गरी हस्तलिखित क्यालेन्डरहरू प्रकाशन गरेको थियो ।

बी.बी. रोक्दुङ (सिक्किम)का अनुसार अङ्ग्रेजी सालअनुसार १९९५ मा याङ्गाङ, दक्षिण सिक्किम निवासी स्वर्गीय के.बी. धिवातपाङले याले दोङ भनी राई क्यालेन्डर निकाले । यसरी नै लिम्बू भाषा अध्ययन केन्द्र घुम, लिम्बू क्यालेन्डर कमिटी, भोजराज तुम्बापो, सुखिम याक्थुङ सापसोक, सोङजुम्बो, वाङ्राज नुगो, तिलहाङ र एस.बी. माङ्मू, किराती खम्बू (राई) सांस्कृतिक संस्थान महकुमा समिति, कालेबुङ आदिले १९९६ देखि २००९ सम्म नै विभिन्न यलम्वर वर्षहरू आआफ्ना क्यालेन्डरहरूमा उल्लेख गर्दै आएको पाइन्छ । यसले ऐतिहासिक पुर्खा यलम्वरप्रतिको श्रद्धा मात्र होइन सिङ्गै इतिहासको पहिचान स्थापित गर्न खोजेको पाइन्छ । नेपालमा पञ्चायती राजको एकछत्र व्यवस्था कायमभई जनताले आफ्नो राजनीतिक, धार्मिक, सांस्कृतिक अधिकार गुमाइरहेको स्थिति र बहुदलीय व्यवस्थाको स्थापना पश्चात् पनि आदिवासी जनजातिप्रति गरिने सङ्कीर्ण व्यवहार तथा किरातहरूको अधिकार संस्थागत हुन नसकिरहेको सन्दर्भमा सिक्किमतिरबाट किरातबन्धुहरूले गुमेको इतिहासको खोजी गर्ने कार्यको थालनी गरिएका यी प्रयासहरूको मूल्याङ्कन उत्कृष्ट रूपमा गरिनु पर्दछ ।

ख. नेपालका किरात तथा किरात सङ्घ संस्थाहरूबाट भएका प्रयासहरू : नेपालमा वि.सं. २०४८ मा किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय काठमाडौँबाट याक्थुङ येÞलेÞ संवत् (५०५१–५०५२) को क्यालेन्डर प्रकाशन भएको पाइन्छ । विशेषतः भारतीय भूमिमा लिम्बू किरातहरूको यलम्वर संवत्लाई स्थापित गर्ने सतप्रयासको प्रभाव अन्य किरातहरूभन्दा विशेषतः नेपालका किरात लिम्बूहरूलाई पर्नु स्वभाविक भएकाले याक्थुङ चुम्लुङले यसलाई पहिलो चोटि यलम्वर संवत्को थालनी गरेको पाइन्छ ।

त्यसपछिका वर्षहरूमा २०५१ सालदेखि किरात राई यायोक्खा, २०५८ सालमा किरात सुनुवार सेवा समाज र २०६४ सालदेखि किरात याक्खा छुम्माले आ–आफ्नो क्यालेन्डरहरूमा किरात येÞलेÞ संवत्को उल्लेख गर्दै आएको पाइन्छ । त्यस्तै किरात हाङ्साम साम्यो दमकले पनि किरात येÞलेÞ संवत्को बारेमा सन् १९९९ (२०५५) क्यालेन्डर ल्याएको थियो ।

राज्यमा आदिवासी जनजाति, दलित, मुस्लिम, महिला तथा क्षेत्रीय रूपमा पछाडि पारिएका जातिहरूमा आएको राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक चेतना अभिवृद्धि सँगसँगै किरातहरूलाई आफ्नो इतिहासको खोजीगर्ने र अलेख्य इतिहासलाई लेख्य बनाउने प्रयासको परिणामले नयाँगति लिँदैजान थाल्यो । यसै सन्दर्भमा किरात येÞलेÞ संवत्लाई स्थापित गर्नका निम्ति किरात जातीय संस्थाहरूमा २०५३ सालमा झापामा सम्पन्न किरात याक्थुङ चुम्लुङको राष्ट्रिय परिषद्को चौथो सम्मेलनले किरात येÞलेÞ संवत् नयाँ वर्ष निर्धारणका निमित्त अनुसन्धानलाई निरन्तरता दिन निर्णय गरेको थियो ।

किरात येÞलेÞ संवत्को जिज्ञासा, लालसा र जिम्मेवारी कलाकार जगत्मा पनि पुगेकाले २०५८ सालमा किरात याक्थुङ कलाकार सङ्घ धरानले येÞलेÞ संवत् र किरात विषयक विचार गोष्ठी आयोजना गरी समुदाय तथा किरात सङ्घ संस्थाहरूलाई तताउँने प्रयास गरेको थियो ।
डी.बी. आङबुङद्वारा पालाम त्रैमासिक, वर्ष १, अङ्क १, २०६१ मा प्रकाशित “किरात संवत् र नव वर्षको सन्दर्भ” शीर्षक लेख, राजेश राईद्वारा २०६१ मा सङ्कलन तथा प्रकाशन गरिएको किराती लोककथा सङ्ग्रहमा सम्बद्ध किराती येÞलेÞ संवत्को उत्पत्ति शीर्षक लोककथा, येÞलेÞ संवत्को प्रयोग र विस्तारका निमित्त प्राज्ञ वैरागी काइँलाद्वारा लिखित किराती संवत्देखि येÞलेÞ संवत्सम्म शीर्षक लेख तान्छोप्पा पत्रिका वर्ष १३, अङ्क १, २०६४ मा प्रकाशित भाव, २०६४ मा किरात याक्थुङ चुम्लुङद्वारा येÞलेÞ तङ्बे (यलम्वर संवत्) खोज अध्ययन शीर्षकको प्रस्ताव तयार गरी २०६५ मा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा एक प्रस्ताव पेश गरिएको पाइन्छ ।

३१ अक्टोबर २००९ तदनुसार १४ कात्तिक २०६६ मा किरात जन्य सभासद्हरूसँग किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौँमा किरात येÞलेÞ संवत् अवधारणापत्र–२००९ प्रस्तुतगर्दै एक बृहत् छलफल कार्यक्रम सम्पन्न गरी सभासद्हरूको रायलाई समेट्ने कार्य सम्पन्न गरियो । आइन्दा सामाजिक तथा राजनीतिक दलका किरातजन्य सम्पूर्ण जातीय सङ्घ संस्थाहरूका लेटर प्याडमा किरात येÞलेÞ संवत् जनाई आपैmँबाट यसको प्रचारात्मक अभियान थालनी गर्नुपर्ने अनुरोध पनि अवधारणापत्रमा गरियो । यसरी किराती सभासद्हरूसँग बसेर अन्तरक्रिया गरी प्रतिक्रिया माग्ने कार्य अगाडि बढ्दा त्यसदिनको भेलाले राजनीतिक वृत्तबाट समेत सकारात्मक अभिव्यक्ति प्राप्त हुन आएकाले यसमा अरू ऊर्जा थपहुन गयो ।

यसैगरी नवसमन्वय प्रकाशनका अध्यक्ष बलिराज खम्बू तथा नवसमन्वय द्वैमासिक पत्रिकाका सम्पादक स्मिता राईको सक्रियतामा २०६५ माघ १८ गते वरिष्ठ विद्वान्हरू, वरिष्ठ इतिहासविद् प्रा.डा.जगदीशचन्द्र रेग्मी, प्रा.माणिकलाल श्रेष्ठ, समाजशास्त्री जितपाल किरात तथा वरिष्ठ साहित्यकार प्राज्ञ वैरागी काइँला तथा अन्य किरातहरूको बीच किरात येÞलेÞ संवत् ऐतिहासिकता र समसामयिक सन्दर्भ विषयक अन्तरक्रिया कार्यक्रम एउटा महŒवपूर्ण घटना बन्न गयो जसले किरात येÞलेÞ संवत्सम्बन्धी एउटा बौद्धिक उत्कण्ठा र सम्भावनाको पर्दा उघारी दियो । यसले किरात येÞलेÞ संवत्लाई अगाडि बढाउने काममा नयाँ ईँटा थप गर्ने काम ग¥यो ।

किरात येÞलेÞ संवत्लाई विविध नाममा प्रयोग हुँदै आउँदा पाठकहरू तथा सम्बन्धित जिज्ञासुहरूलाई यसले द्विविधा उन्पन्न हुन स्वभाविक थियो । त्यसैले विविध नामलाई एकरूपता दिनका लागि पहलस्वरूप २०६६ साउन २६ गते नेपाल संस्कृति संस्थान, राष्ट्रिय नाचघरमा मुन्धुम पब्लिकेसन तथा नवसमन्वय पब्लिकेसनको संयुक्त पहलमा वरिष्ठ इतिहासविद् तथा संवत्वेत्ता प्रा.डा.जगदीशचन्द्र रेग्मीको प्रमुख आतिथ्यमा प्राज्ञ वैरागी काइँलाको अध्यक्षतामा भएको किरात समन्वय समितलगायत विभिन्न किरात विद्वान्हरूसमेत संलग्नभई विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी संवत्को नाममा एकरूपता दिने परिवेश निर्माण भयो ।
त्यसको लगत्तै किरात समन्वय समितिको बैठक २०६६ भाद्र २२ गते सुनुवार सेवा समाजको केन्द्रीय कार्यलयमा किरात समन्वय समितिका तत्कालीन अध्यक्ष टङ्कराम सुनुवारको अध्यक्षतामा बैठक बसेर किरात संवत्, किरात एले संवत्, येÞलेÞ संवत् भनी चलिरहेको संवत्मा अब उपरान्त किरात येÞलेÞ संवत्को रूपमा प्रयोग गर्ने सर्वसम्मतिले निर्णय गरियो । यसै बैठकमा संवत् शब्दलाई आआफ्नो मात्रिभाषामा प्रयोग गर्ने सहमतिसमेत भयो ।

किरात येÞलेÞ संवत्को इतिहास र विस्तारलाई वैज्ञानिक ढङ्गले अध्ययन अनुसन्धान गरी निकास दिनका लागि एउटा अध्ययन कार्यदल पनि गठन गर्न आवश्यक थियो । त्यसैले यस कार्यलाई पूरा गर्न चार किरात संस्थाको संलग्नातामा प्राज्ञ वैरागी काइँलाको संयोजकत्वमा २७ सदस्यीय किरात येÞलेÞ संवत् अध्ययन समन्वय समिति, २००९ (२०६६ आश्विन २४ मा) गठन गरी उक्त समितिलाई किरात येÞलेÞ संवत् खोज अनुसन्धानको लागि एउटा महŒवपूर्ण ऐतिहासिक तथा प्राज्ञिक जिम्मेवारी प्रदान गरियो ।
कुनै कुराको उठानले बैठान कसरी पाउँछ भन्ने श्रृङ्खला रहनु अनौठो होइन । यसै सन्दर्भमा किरात येÞलेÞ संवत्लाई आधिकारिक, साझा र बृहत् बनाउन देशविदेशमा रहेका किरातहरूको भाव र ज्ञानशक्तिलाई समेट्नु आवश्यक थियो । यसैको परिणामस्वरूप २०६६ कार्तिक २८ र २९ मा नेपाल पर्यटन बोर्डको हलमा स्वदेश तथा विदेशका बुद्धिजीवीहरूको भेलाबाट किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी २००९ सम्पन्न गरियो । यसको उद्घाटन समारोहको प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङबाट किरात येÞलेÞ संवत् किरातीको मात्र होइन सिङ्गै नेपालको भएकाले यसलाई राज्यले मान्यता दिनु पर्दछ र किरात येÞलेÞ संवत्लाई राष्ट्रिय संवत्को रूपमा स्थापित गर्नको लागि आफ्नो पक्षबाट हरदम सहयोग गरिरहने छु भन्ने महŒवपूर्ण उद्घोष भएको थियो१५ ।

पाँचौ सत्रसम्म चलेको यस गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विद्वान्हरू प्रा.डा.जगदीेशचन्द्र रेग्मी, प्रा.दिनेशराज पन्त, बी.बी. रोक्दुङ (सिक्किम), बी.एल. खाम्धाक (सिक्किम) र चन्द्रकुमार सेर्माबाट किरात येÞलेÞ संवत्सम्बन्धी महŒवपूर्ण कार्यपत्रहरू प्रस्तुत भएका थिए भने वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, संस्कृतिविद् प्राज्ञ डा.जगमान गुरुङ, डा.रमेशनाथ ढुङ्गेल, तेजमान आङ्देम्बे, दुर्गाहाङ याक्खा राईबाट विद्वत् टिकाटिप्पणी भएको थियो । यस गोष्ठीमा इतिहासविद् प्रा.डा.त्रिरत्न मानन्धर, प्राज्ञ ज्ञानमणि नेपाल, सहप्राध्यापक माधवप्रसाद पाण्डे, सचेन राई (दार्जिलिङ) जस्ता विद्वान्हरूबाट विभिन्न सत्रहरूको अध्यक्षता ग्रहण गरिएको थियो भने विविध किरात विद्वान् तथा अगुवाहरूको रचनात्मक समालोचनात्मक वौद्धिक टिकाटिप्पणीले छलफललाई उपलब्धिमूलक बनाएको थियो ।

४. किरात येÞलेÞ संवत्लाई राज्यबाट मान्यता दिलाउन राज्य समक्ष गरिएका मागहरूको विवरण ः अन्तर्राष्ट्रिय गोष्ठीको मर्मलाई हृदयङ्गम गर्दै किरात समुदायले किरात इतिहासको विरासतलाई पुनः स्थापित गर्ने थप योजना बनाए । त्यो थियो– किरात येÞलेÞ संवत् अध्ययन समन्वय समिति तथा चार किरात संस्थाका पदाधिकारी एवम् प्रतिनिधिहरूले किरात येÞलेÞ संवत्लाई राष्ट्रिय मान्यता दिलाउन तथा राष्ट्रिय संवत्को रूपमा स्थापित गराउनका लागि राष्ट्रपति डा.रामवरण यादवसमक्ष २०६६ साल माघ १० गते एक प्रतिनिधिमण्डल राष्ट्रपतिको कार्यालय शीतल निवास पुगी स्मरणपत्र बुझाएको थियो । राष्ट्रपतिले उक्त स्मरणपत्रको मागलाई सकारात्मक रूपमा लिएको समाचार पत्रहरूमा उल्लेख भएको पाइन्छ१६ । किराती समुदायका नेता तथा किरात सङ्घ संस्थाहरूले किरात हाङ यलम्वरलाई राष्ट्रिय विभूतिको रूपमा राज्यले मान्यता दिनको अतिरिक्त किरात समुदायले मान्ने गरेको संस्कार संस्कृतिअनुसारको संवत्लाई मान्यता दिलाउँदै यसलाई वर्तमानमा बन्दैगरेको संविधानमा नै समावेश गरिनु पर्दछ भनेर पनि दृढ माग राज्यसमक्ष राख्ने काम गरेको छ१७ ।

त्यसैगरी २०६६ माघ ११ गते सोही व्यहोराको स्मरणपत्र सोही प्रतिनिधिमण्डलले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसमक्ष बुझाउने काम सम्पन्न गरेको छ । यसै क्रममा मागपत्र माघ १२ गते संस्कृतिमन्त्री डा.मिनेन्द्र रिजालसमक्ष बुझाउने काम पनि सम्पन्न भएको छ ।

त्यसैगरी २०६६ फागुनमा सोही व्यहोराको अवधारणापत्र संविधानसभा अवधारणा तथा प्रारम्भिक मस्यौदा अध्ययन समितिका संयोजक अग्नि खरेलसमक्ष किरात येÞलेÞ संवत्लाई अब बन्ने नयाँ संविधानमा संवत्हरूको अनुसूचीमा राखियोस् भन्ने मागपत्र लगेर बुझाउने काम सम्पन्न भएको छ ।

राज्यको कार्यकारी अङ्गमा पनि यस्तो ज्ञापनपत्र बुझाउनु पर्ने आवश्यकता भएकाले प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष ज्ञापनपत्र किरात सङ्घ संस्था तथा अगुवा किरात प्रतिनिधिहरूको प्रतिनिधिमण्डलबाट प्रस्तुत गर्ने काम २०६६ पुस ३० गते शुक्रबारका दिन सम्पन्न गरेको छ१८ । उक्त ज्ञापनपत्र बुझाउने सिलसिलामा ज्ञापनपत्र स्वीकारगर्दै प्रधानमन्त्री माधवकुमार नेपालबाट किरात समुदायले मान्ने किरात येÞलेÞ संवत् कुनै हालतमा पनि सरकारले मान्यता दिलाउन कसरत गर्ने छ भन्ने तत्काल उद्घोष भएको थियो१९ ।

उपरोक्त प्रयासहरू जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र, व्यक्ति तथा सङ्घ संस्थाहरूबाट ज्ञानले जान्दो शक्तिले पुग्दो किरात येÞलेÞ संवत्लाई स्थापित गर्न योगदान भएको छ । यी यावत प्रयास इतिहासको कालखण्डमा एक महŒवपूर्ण र सुनौलो ऐतिहासिक दस्तावेज भएर रहने छ ।

६. किरात येÞलेÞ संवत् अध्ययन समन्वय समितिको प्रतिवेदन
१. प्रतिवेदनको मूल अंशहरू : जुन उद्देश्यले २०६६ साल असोज २४ गते वरिष्ठ साहित्यकार प्राज्ञ वैरागी काइँलाको संयोजकत्वमा २७ सदस्यीय किरात येÞलेÞ संवत् अध्ययन समन्वय समितिको गठन भएको थियो । यसले करिब डेढ वर्षमा गहन जिम्मेवारीका साथ छलफल, बहस, राष्ट्रिय तथा अन्तर्राष्ट्रि विशेष विचार गोष्ठी गर्नका अतिरिक्त प्राप्त ऐतिहासिक प्रमाणहरूको अध्ययन, खोज अनुसन्धान तथा विस्लेषणको कार्य सम्पन्न गरेर किरात येÞलेÞ संवत्को काल निर्धारण विषयक एक अध्ययन प्रतिवेदन किरात समन्वय समितिलाई २०६७ पौष २६ गते एक औपचारिक समारोहको बीच हस्तान्तरण गरिसकेको छ । प्रस्तुत् प्रतिवेदनको तीन अंशमध्ये पहिलो अंशमा समितिले गरेको कामको फेहरिस्तलगायत किरात समन्वय समिति (किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा), इतिहासकार तथा संवत् विशेषज्ञ प्रा.डा.जगदीशचन्द्र रेग्मी, किरात समन्वय समिति संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार मञ्जुल याक्थुम्बा, किरात इतिहासकार दुर्गाहाङ याक्खा राईलाईसमेत प्रतिवेदन बुझाएको वोधार्थ उल्लेख गरिएको छ । यसैगरी दोस्रो अंशमा काल निर्धाणको निमित्त गरिएका विभिन्न अध्ययन विधिहरूको चर्चा गर्दै यस कार्यमा अहोरात्ररूपमा लाग्ने सम्बद्ध विद्वान्हरू प्रा.डा.जगदीशचन्द्र रेग्मी, मञ्जुल याक्थुम्बा, दुर्गाहाङ याक्खा राई र समितिको तर्फबाट सहसंयोजक प्रेमबहादुर बेघाको हस्ताक्षर राखिएको छ भने तेस्रो अंशमा किरात येÞलेÞ संवत्लाई ऐतिहासिक रूपमा प्रामाणिक बनाउन गोपालराजवंशावलीका छायाँकपीहरू र किरात शासकहरू तथा किरात येÞलेÞ संवत्को काल गणनाको आधार बनाउन पछिल्लोकालमा काठमाडौँ माली गाउँमा पाइएको राजा जयवर्माको प्रस्तरमूर्ति र यसैलाई विभिन्न कोणबाट खिचिएको तस्वीरहरू२० र मूर्तिसँगै ब्राम्ही लिपिमा लेखिएको संवत् १०७ (ई.सं. १८५) उल्लेख भएका अक्षरहरूका छायाँप्रति ऐतिहासिक प्रमाणको रूपमा पेश गरेको छ । यसको साथमा किरात शासनकाल तथा किरात येÞलेÞ संवत्लाई प्रमाणित गर्ने आधारहरूको फेहरिस्त पनि समन्वय समितिका सदस्य प्राज्ञ अमर तुम्यहाङबाट प्रस्तुत भएको छ ।

स्मरणरहोस्, नेपालमा पाइएका मूर्तिहरूमा मूर्तिसँगै मिति लेखिएको यो जयवर्माको मूर्ति नै सबभन्दा पहिलो मूर्ति हो भन्ने तथ्य लैनसिंह बाङ्देलको पुस्तकबाट थाहा लाग्छ (हेर्नुहोस्ः जयवर्माको मूर्ति र वर्मा वंश) ।

२. किरात येÞलेÞ संवत् काल निर्धारणका निमित्त प्रतिवेदनमा उल्लेख भएका काल गणनाको आधार
प्रमाण– १ : २०६७ साल मङ्सिर २८ गते किरात राई यायोक्खाको केन्द्रीय कार्यसमितिको तत्कालीन निमित्त अध्यक्ष दुर्गा राईको अध्यक्षतामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको हलमा किरात येÞलेÞ संवत् अध्ययन समन्वय समितिका संयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ वैरागी काइँला, इतिहासविद् प्रा.डा.जगदीशचन्द्र रेग्मीका साथै यस अभियानका अगुवा बुद्धिजीवीहरू इतिहासकार दुर्गाहाङ याक्खा राई, मञ्जुल याक्थुम्बा र अन्य किरातहरू बीच भएको अन्तरक्रियाले किरात येÞलेÞ संवत्को काल निर्धारण गर्नका लागि गोपालराजवंशावलीलाई मुख्य आधार मान्नु पर्ने निर्णय ग¥यो । किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीमा प्रस्तुत् प्रा.डा.जगदीशचन्द्र रेग्मीको कार्यपत्रमा उल्लेख भएको ३१औँ किरात राजा खुरांजको शासन १८ वर्ष प्रति मञ्जुल याक्थुम्बाको विमति रही यो ७८ हुनुपर्ने राय प्रस्तुत् भएकाले २३ दिसेम्बर, २०१० मा किरात येÞलेÞ संवत् अध्ययन समन्वय समितिका तर्पmबाट प्रा.डा.जगदीशचन्द्र रेग्मी, मञ्जुल याक्थुम्बा र शङ्कर साम्पाङ राई राष्ट्रिय अभिलेखालय, सिंहदरवार, काठमाडौँमा गई लिपि विशेषज्ञ ऐश्वर्यधर शर्मा, सिद्धिरत्न शाक्य, अभिलेखालयका प्रमुख भीम नेपाल र अनुसन्धान अधिकृत राजु रिजालको रोहवरमा छलफल गर्दा ७८ वर्ष नै भएको पुष्टिभयो ।

प्रमाण– २ : त्यसैगरी काठमाडौँ माली गाउँमा घरको जग खन्दा पाइएको जयवर्माको संवत् १०७ (शक संवत्) लिखित शिलालेख (जो अहिले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित रहेको छ) गोपालराजवंशावलीको वर्णनमा ३२ पुस्ता किराती राजापछि वर्मावंशी राजाहरूको नामावली यिनै जयवर्माले आफ्नो राज्यस्थापना गरेको उपलक्ष्यमा आफ्नो शालिक सो मितिमा खडा गरेको बुझिन आउँछ । यस आधारबाट किरात राज्य शासनको अन्तिम समय त्यही नै रहेको देखिन आउँछ । संवत् १०७ (ई.सं. १८५)बाट वर्मावंशको शासन सुरु भएको देखिन आउँछ । यस कालगणनाको आधारमा गोपालराजवंशावलीमा उल्लेख भएका ३२ पुस्ता किरात राजाहरूले शासन गरेको अङ्कित वर्षहरू एकमुष्ठ जोडेर हुन आउने कालगणनालाई किरात राजवंशको शासन अवधि मान्नु पर्ने देखिन आउँछ । अब यसमा उल्लेखित ई.सं. १८५ बाट पूर्वकाल गणना गर्दा निस्कने अङ्क १९६४ (१९६३ वर्ष ८ महिना)मा १८५ घटाइएपछि १७७९ (१७७८ वर्ष ८ महिना) योगफलमा २०११ जोडेपछि हुनआउने समग्र योगफल ३७९० (३७८९ वर्ष ८ महिना देखिन आउँछ । यसअनुसार राजा यलम्वरको शासनआरम्भ ई.पू. १८७९ (१८७८ वर्ष ८ महिना) पूर्वभएको मान्नुपर्ने प्रमाण जुटाएको छ । त्यसैले अबको किरात येÞलेÞ संवत्लाई यसै आधारमा गणना गर्दै लैजानुपर्ने अनुसन्धानले देखाएको पाइन्छ ।

३. कलिगत संवत्लाई आधार मान्न नहुने कारणहरू : कलिगत संवत्लाई टेकेर किरात येÞलेÞ संवत्को आधार बनाउँदा किरातीहरू इतिहासविहीन हुन पुग्छन् भन्ने विद्वान्हरूको भनाइ रहेको छ । कलिगत संवत् ४० लाग्दा यलम्वरको शासनकाल सुरू भएको हिसाबले अहिलेसम्मको सबै काल गणनागर्दा हुने ५०७१ वर्षको खासै प्रमाण छैन । वास्तवमा कलिगत संवत्कै तथ्य प्रमाण छैन । अबका पुस्ताहरू तथ्य प्रमाणविनाको फललाई स्वीकार्ने पक्षमा हुँदैनन् ।

कलिगत संवत्लाई आधार मानेर जाने किरात विद्वान्हरू यथार्थ प्रमाणहरूमा भन्दा भावनासँग बढी जोडिएको पाइन्छ । यो भावना, राज्यले किरात जातिप्रति गरेको लामो असमान व्यवहारप्रतिको उहाँहरूको विरोधको अभियान थियो । यो तात्कालिक अलोकतान्त्रिक शासकहरू प्रतिको नकरात्मक झटारो थियो । त्यो झटारोले किरात येÞलेÞ संवत्को काल गणनालाई ३७९० वर्षसम्म ल्याइपु¥याएको छ । यस कुरालाई नेपालकै इतिहासमा एउटा ठूलो उपलब्धि भएको मान्नुपर्दछ ।

विद्वान्हरूको विचारमा किरातीहरू आजसम्म इतिहास विहीन भएर रहेका थिए । नेपालमा लिच्छविकालीन करिब २०० शिलालेखहरू पाइएकाले यसकाललाई मात्र नेपालको यथार्थ इतिहास मानी त्यसपूर्वको इतिहासलाई किंवदन्तीकै रूपमा हेरिँदै आइएको थियो ।

अब जयवर्माको प्राप्त शिलालेखमा उल्लेखित संवत् १०७ (ई.पू. १८५)ले किरातकालको गणना गर्नमा आधार निर्माण गरेको छ । त्यसैले अब यसैलाई टेकेर किरातकालको यथार्थ इतिहास छ भनेर किन नभन्ने ? यसर्थ किरातहरू किंवदन्ती वा कुनै लोककथामा पाइने जस्तो एकादेशमा एउटा राजा थियो रे भन्ने अप्रमाणित कत्थ्य कुराहरूमा मात्र अडिरहनुपर्ने अवस्थाबाट मुक्त भएको छ ।
किरात शासनका पुर्खा यलम्वर, जितेदास्ती आदिलाई महाभारत युद्धसँग जोडेर हनुमान बनाउने प्रयत्न पनि गरिएको छ र अन्त्यमा कतै एकलव्यको रूपमा अवसान भएको छ भने कतै अर्जुन भीमहरूबाट पराजित हुनुपरेको पौराणिक कथाहरू पनि सुन्नमा पाइन्छ । तर त्यसका कुनै यथार्थ इतिहास छैन । राम, कृष्ण कहिले जन्मे र कतिसम्म बाँचे कुनै ऐतिहासिक र प्रमाणिक तिथिमिति छैन । तसर्थ किरात राजाहरू अब राम र कृष्णजस्ता होइनन्, पैगम्बर, यशु, महाविर जैन र बुद्धजस्ता हुन् भनेर ठोकुवा गर्ने आधार जयवर्माको सिलालेखमा उल्लेख भएको मितिले पुष्टि गर्दछ । यसले एकातिर किरातकालीन शासकहरूको वर्ष गणना गर्ने आधार निर्माण गरेको छ भने अर्कोतिर किरात येÞलेÞ संवत्को भोगवर्ष निस्कन सकेको छ ।

किरात येÞलेÞ संवत् ५०७० वा हुनुपर्ने अब ५०७१ वर्ष भनिरहेको ठाउँमा किरात येÞलेÞ संवत् अध्ययन समन्वय समितिले खोज अनुसन्धान गरी पत्तालागेको ३७९० वर्षले किरातीलगायत गैरकिरातहरूको भावना उपर ठेस लागेको पनि हुनसक्छ । र, यसको विषयमा विमति पनि जाहेर हुनसक्छ । तथापि खोजकर्ताहरूले अनुसन्धानबाट पाएको तथ्य र त्यसैको आधारमा संस्थाले औपचारिक रूपमा गरिसकेको निर्णयलाई वातावरणले स्वीकार गरेर जाँदा नै सुनमासुगन्ध रहन जान्छ । यसको अर्थ कलिगत संवत्लाई मान्दै नमान्ने भन्ने पनि होइन । तसर्थ कलिगत संवत्को एउटा गणना पनि इतिहासमा कतै न कतै एक छेउमा रहिरहने नै छ भन्दा अन्यथा नहोला ।

७. अबको दायित्व : किरात येÞलेÞ संवत्लाई स्थापित गर्ने आधारहरू कसरी तय गर्ने ? यसको इतिहास के छ ? दसीप्रमाणहरू के कस्ता छन् ? भन्ने विषयमा किरात येÞलेÞ संवत् अध्ययन समन्वय समिति र अगुवाहरूको प्रयत्नबाट प्राप्त प्रतिवेदनको मूलभावलाई कार्यान्वयनमा ल्याउन पनि एउटा चुनौति नै स्वीकार्नु पर्ने बाध्यता रहेको छ । नत्र भने यो एउटा कागजीे खोस्टोभन्दा अरू केही हुने छैन । नेपालमा यस्ता कागजी खोस्टोहरू कति आए र कति गए कुनै लेखाजोखा र कार्यान्वयन भएको इतिहास पाइँदैन । तसर्थ यसको चुनौति भनेको अब उसो किरात येÞलेÞ संवत्लाई संस्थापन गर्न किरात समन्वय समितिले कार्यान्वयको निम्ति गर्नुपर्ने निर्णय, कार्यक्रम, यसलाई साथदिने किरातीहरू, सङ्घ, संस्थागत पक्षहरू तथा राष्ट्रिय मान्यता दिलाउन राज्यले गर्ने निर्णय र अभैm अन्त्यमा त्यसपछि किरात धर्म, संस्कार संस्कृति र जनजीवनअनुसार विज्ञ जोतिषविद्हरूबाट बनाइने तिथिमिति मिलेको दिन, महिना मिलेको सबैलाई पाच्य वार्षिक पात्रोको निर्माणमा यसको प्राणवायु निर्भर रहने छ । विरुवा रोप्न सजिलो छ तर हुर्काउन कठिन हुन्छ । यो विरुवा अहिले तपाईँ हाम्रो काखमा छ । यसलाई रोप्न पनि लामो यात्रा पारगर्नु परेको छ । अब चाँडै नै किरात समन्वय समितिको बैठक बसेर यसबारे निर्णय लिनको अतिरिक्त आसन्न बन्ने संविधानमा किरात येÞलेÞ संवत्लाई सूचीकरणगरी राष्ट्रिय मान्यता दिलाउने कार्यमा राज्यसँग जोड्दार माग गरिने कार्यक्रम तय गर्दै लगिने छ । यस अगाडि राज्यका महŒवपूर्ण अङ्गहरूमा प्रस्तुत् गरिएका ज्ञापनपत्र तथा स्मरणपत्रहरूको मागलाई पूरा गराउन पहल गर्नु पर्ने अवस्था आइपरेको छ ।

८. अन्त्यमा : नेपालको आजसम्मको इतिहास भनेको शासकको जीवन पद्धति, कथाव्यथा, आदिको कथाकुथुङ्ग्रीहरूको सङ्गालो मात्र हो । इतिहासकारहरू कसैले पनि डटेर सत्य कुरा बाहिर ल्याउन नसकेकाले केही इतिहासकारहरू शासन र शक्तिका पूजारी मात्र रहेको पनि पाइन्छ भनी कसैले टिप्पणी गरेमा त्यसलाई अनौठो मान्नु पर्दैन । त्यसैले आजसम्मको इतिहासले राष्ट्रको सम्पूर्णतालाई अङ्गीकार गरेको छैन । शासकको भक्तिको लागि लेखिएको इतिहासले राष्ट्रलाई कुनै योगदान गर्न सक्तैन । तसर्थ अबको इतिहास शासकको मात्र पेवा नबनाई शासित, उत्पीडीतहरूको पनि इतिहास बनाउनु पर्ने भएकाले किरात जातिसँग सम्बन्ध राख्ने तर राष्ट्रकै सम्पत्ति मानिने किरात येÞलेÞ संवत्को इतिहास लेखिनु पर्दछ, यसलाई संस्थागत गरिनु पर्दछ । यो किरातीको गौरव त हुँदै हो समग्रमा राष्ट्रको गौरव बढी हो । अँध्यारोमा निस्सासिरहेका यस्ता धेरै प्रसङ्गहरू यहाँ बग्रेल्ती छन् । तिनीहरूको यथोचित इतिहास लेखिनु पर्दछ, यसैलाई भनिन्छ राष्ट्रिय इतिहास । यो राष्ट्रिय इतिहासको निर्माणमा किरात येÞलेÞ संवत्को स्थापना र कार्यान्वयन राज्यकै एउटा महŒवपूर्ण इतिहास हो भन्ने कुरा सबै तहबाट बुझेर जान सकेमा समस्याको समाधान सहज बन्ने छ ।

पादटिप्पणी
१. जगमान गुरुङ, चन्द्रकुमार सेर्माद्वारा मिति २०६५।७।२९ प्रस्तुत किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रि विशेष विचार गोष्ठी, २००९ मा प्रस्तुत किरात येÞलेÞ संवत्को पात्रोसम्बन्धी अवधारणापत्र, शीर्षक कार्यपत्रको टिप्पणीको रूपमा उठेको बहस ।
२. दीर्घराज प्रसाई, विक्रम संवत्, श्रीमति सानुबाबा प्रसाई, (काठमाडौँ : घट्टेकुलो, २०६७), पृ. २ ।
३. कविताराम श्रेष्ठ “राजनीतिक भूगोलको सन्दर्भमा नेपाल संवत् र विक्रम संवत्” कान्तिपुर, ९, कार्तिक, २०६० ।
४. ऐजन ।
५. लैनसिह वाङ्देल, जयवर्माको मूर्ति र नेपालको वर्मा वंश, सम्पादन डिना वाङ्देल, (काठमाडौँ : मण्डला प्रकाशन २०६२), पृ. ८९ ।
६. पूर्वोक्त, प्रसाई, पादटिप्पणी नं. २, पृ.२ ।
७. चन्द्रकुमार सेर्माद्वारा मिति २०६५।७।२९ प्रस्तुत किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रि विशेष विचार गोष्ठी, २००९ मा प्रस्तुत किरात येÞलेÞ संवत्को पात्रोसम्बन्धी अवधारणापत्र, शीर्षक कार्यपत्र ।
८. पूर्वोक्त, प्रसाई, पादटिप्पणी नं. २, पृ. ३१ ।
९. पूर्वोक्त, पादटिप्पणी नं. १ ।
१०. पूर्वोक्त, पादटिप्पणी प्रसाई, नं २ पृ ३२ ।
११. धनवज्र वज्र्राचार्य, गोपालराजवंशावलीको : ऐतिहासिक विवेचना (कीर्तिपुर : नेपाल एसियाली केन्द्र त्रि.वि., २०६६), पृ. १ ।
१२. चेतबहादुर सिंह, “नेपाल संवत््लाई प्रचलनमा ल्याउन संस्कृतिविद्हरूको सुझाव” कान्तिपुर, ९ कार्तिक, २०६० ।
१३. पूर्वोक्त, श्रेष्ठ, पादटिप्पणी ।
१४. पूर्वोक्त, बज्राचार्य, पादटिप्पणी नं. ११ ।
१५. दि काठमान्डू पोस्ट, १५ नोभेम्बर, २००९ ।
१६. अन्नपूर्ण पोस्ट, ११ माघ, २०६६ ।
१७. दि काठमान्डू पोस्ट, १७ नोभेम्बर, २००९ ।
१८. राजधानी, १, माघ २०६६ ।
१९. दि काठमान्डू पोस्ट, १४ जनवरी २०१० ।
२०. तस्बिर स्रोत शङ्कर साम्पाङ राई

स्रोत : किरात येले संवत् अभिलेख –किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी, १४–१५, नोभेम्बर, २००९), २०१० ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *