वाम्बुले भाषा बोलाइ–लेखाइ र अबको कार्यदिशा

अविनाथ राई

पृष्ठभूमि
१. नेपाली बृहत् शब्दकोश (नेपाल प्रज्ञा–प्रतिष्ठान) ले मातृभाषालाई ‘आमाको काखमा बसेर सिकिने तथा आफ्ना वर्ग वा जातिमा बोलिने भाषा’ को रुपमा परिभाषित गरेको छ । अन्य शब्दकोशहरुको परिभाषा पनि लगभग यसै किसिमका रहेका छन् ।

२. मलाई वाम्बुले हुनुमा जति गर्व छ त्यति नै गर्व मेरी आमा (जो वाम्बुले नाक्सोचाचोमे हुनुहुन्थ्यो) ले काखमा राखेर अमृतमय दूध चुसाउँदै–कलिलो हात समाएर ताते गराउँदै सिकाउनु भएको भाषा बोल्दै र लेख्दै गरेकोमा छ । म आफ्नी आमाले सिकाउँनु भएको भाषा बोल्छु । अनि जसरी बोल्छु त्यसरी नै लेख्छु । शायद मेरा भतिजाहरु गणेश र रजन सुबुकु (आफ्नी आमा जो वाम्बुले त्वार्भेनि हुनुहुन्छ) र प्रदिप (व्याकुल माइला – आफ्नी आमा जो वाम्बुले भावाचाचोमे÷भावामे हुनुहुन्थ्यो) लगायत अरु वाम्बुले स्रष्टाहरुले पनि त्यसै गर्दैछन्् ।

३. मैले जिन्दगीका ऊर्जाशील क्षणहरु वाम्बुले राईको अस्तित्व पहिचान, संरक्षण र विकासमा सदुपयोग गर्ने सौभाग्य पाएँ । यो मेरो कर्तव्य र दायित्व अन्तर्गत नै पर्ने हुनाले ती क्षणहरुको वैकल्पिक उपयोगबाट हुन सक्ने लाभ–हानीको कहिले पनि हिसाबकिताब गरिन । शून्यबाट शुरु गरेर वाम्बुले पहिचानको परीसूचक जुन स्थानमा छ त्यहाँ पु¥याउँने कार्यमा मेरो पनि अलिकति योगदान छ भन्दा गर्व लाग्छ । यो परीसूचकको उचाइ अझ बढेको हेर्ने रहर पालेर बसेको छु । कुनैपनि जातिको अस्तित्व पहिचान गराउँने तत्व उसले बोल्ने भाषा भएकोले मैले वाम्बुले भाषा र साहित्यमा कलम चलाउँदै आएको हुँ । म एक मातृभाषाप्रेमी व्यक्ति हुँ । आफ्नो भाषा संरक्षण र विकासको लागि नजानेर नै सही विगत पच्चीस वर्षभन्दा बढी समयदेखि लागिरहेको छु । वाम्बुले भाषा–साहित्यको फाँटमा आशातीत नभएता पनि उल्लेखनीय सफलता हासिल भएको मेरो व्यक्तिगत आकलन रहेको छ ।

४. व्यक्तिगत स्वार्थबाट माथि उठेर लामो समयदेखि गरिएको कार्यमा कम से कम प्रतिविचार सुन्न नपरोस् भन्ने चाहना थियो तर वाम्बुले भाषामा ट, ठ, ड, ढ बढी प्रयोग हुने भएकाले सो नै प्रयोग गरिनु पर्ने अन्यथा मौलिकता हराउँने वा शुद्ध नहुने, ट, ठ, ड, ढ प्रयोग नै वाम्बुले भाषाको विशेषता भएको, ९५ प्रतिशत ट, ठ, ड, ढ तथा बाँकी प्रतिशत त, थ, द, ध प्रयोग हुने आदिआदि भन्दै समग्र भाषा–साहित्यमा भए÷गरेको अहिलेसम्मको योगदान (लेखन, पुस्तक र पत्रिका प्रकाशन)लाई क्षयीकरण, न्यूनीकरण र शून्यीकरण हुने गरी आफ्नै सहयात्री ठानिएकाहरुबाट सामाजिक सञ्जालमा पोस्ट र समर्थन गरिएको देख्दा निकै अचम्म लागेको छ । स्मरणीय छ, निज ट, ठ, ड, ढ प्रयोगका पक्षधर मित्रलाई यसभन्दा अगाडि पनि पटकपटक यो भाषाविज्ञानसंग सम्बन्धित विषय भएको र भाषाविज्ञान पृथक विधा भएकोले यसमा प्रवेश नगरौं भन्ने अनुरोध गर्दै हाम्रो मातृभाषामा ट, ठ, ड, ढ तथा त, थ, द, ध पर्यायवाची वर्णको रुपमा प्रयोग भएकाले जुनै प्रयोग गर्दा तात्विक असर नपर्ने हुनाले यसमा विवाद वा बहस नगरौं भनेर अनुरोध गर्दै आएको थिएँ ।

केही महिना अगाडिमात्र पनि हामी विभिन्न ठाउँमा छरिएर रहेको र ठाउँपिच्छे लवज÷उच्चारणमा फरक देखिंदा जुन ठाउँमा जसरी बोलिन्छ त्यसरी नै लेखिनु पर्दछ र त्यहीँ नै शुद्ध हुने मेरा राय रहेको जानकारी दिंदै यसरी बोलिनस् उसरी लेखिनस् भन्दा अन्याय गरेको ठहरिने, सबभन्दा ठूलो कुरा लेखन भएकोले सानातिना कुरामा नअल्झिकन हामीले जानेजति–सकेजति लेखौं, लेख्नलाई अरुलाई पनि उत्साहित र प्रोत्साहित गरौं, यसो गरेमा हाम्रो वाम्बुले भाषा, संस्कार र संस्कृतिको आयु अलिकति भए पनि बढ्छ आदिआदि भनेर निकै लामो धारणा सहित अनुरोध गरेको थिएँ । सायद मेरो अनुरोधलाई मनन गरेर होला माथिको व्यहोरा राखेर सामाजिक सञ्जालमा निकै लामो पोस्ट गर्नु भएछ । मूल पोस्टमा छुटेकोलाई पुनः तल थप्नु भएछ । अभिव्यक्तिको स्वतन्त्रता सबैलाई हुने र सो सम्बन्धमा यसअघि पनि पटकपटक मेरो व्यक्तिगतरुपमा धारणा दिइसकेको हुनाले उक्त पोस्टलाई नजरअन्दाज गरेको थिएँ ।

तर कतिपय वाम्बुले मित्रहरुले सम्बन्धित विज्ञहरुको राय सुन्न पाए हुन्थ्यो भन्ने इच्छा रहेको समेत पाइयो । आफ्नो कामसंग सम्बन्धित भएता पनि उत्तर दिने अख्तियार प्राप्त अधिकारी नभएको कारणले मौन बसेंथें । तथापि उक्त मौनताको गलत अर्थ लाग्नसक्ने पनि भएको हुँदा आफ्नो भनाइ कसरी राखौं भनेर अलमलिएकै बेला पोस्टकर्ता मित्रबाट पुनः मेरो व्यक्तिगत धारणा माँग भएको हुँदा तपसिलका बुँदाहरुमा केही पृष्ठभूमि, केही धारणा, केही जिज्ञासा र केही अबको कार्यदिशा सहित आफ्नो धारणा राखेको छु । यसलाई व्यक्तिगतरुपमा नै पनि पठाउँन सकिन्थ्यो तर पनि वाम्बुले भाषामा चासो राख्ने र सिर्जना गर्ने सम्बन्धित सबैमा केही जानकारी होस् भन्ने अभिप्रायले हाललाई केही सीमित वाम्बुले व्यक्तित्वहरु समेतलाई पठाएको छु । उहाँहरुले सार्वजनिकीकरण गर्नु भएमा पनि मेरो आपत्ति हुने छैन ।

५. भाषाविज्ञान अनुसार कुनै भाव–विचारलाई व्यक्त गर्न मानिसद्वारा व्यक्त गरिने ध्वनि, शब्द, शब्दावली र वाक्यको व्यवस्थालाई भाषा (Language) भनिन्छ । कुनै भाषिक समुदायका सदस्यहरु ठूलो क्षेत्रमा पैmलिएका कारणले सम्पर्क कम हुँदै गएमा भाषाका क्षेत्रीय भेदहरु बढ्दै जान्छन् र यस्ता क्षेत्रीय भेदहरुलाई भाषिका (Dialect) भनिन्छ । त्यस्तै एउटै भाषिका क्षेत्रभित्र पनि बोलचालमा केही भिन्नता पाइएमा त्यसलाई उपभाषिका (Sub-dialect) भन्नुपर्छ भनेर भाषाविज्ञानले बोलेको छ ।

६. वाम्बुले राई भाषा भोट–चिनियाँ भाषा परिवारको भोट–बर्मेली समूह अन्तर्गत भोट–हिमाली (किराती) उपशाखामा पर्दछ । एक अध्ययन अनुसार यस भाषा अन्तर्गत ४ लवज (भाषिका) मा बोल्ने गरिन्छ – वामद्याल, उदैपुरे, हिलेपाने र झाप्पाली । (लिब्जु–भुम्जु, पूर्णांक १०) । साथै, धेरथोर शब्दमा पनि फरक पाइन्छ । यिनै विषयलाई लिएर कहिलेकाहीँ रमाइलोको लागि भए पनि परस्परमा एकले अर्कालाई जिस्काउने, छेड हान्ने र खिसि गर्ने समेत गरिन्छ । (वाम्बुले राई शब्दकोश, २०५७) । यसमा पनि उच्चारण सामिप्यताको हिसाबले वामद्याल तथा उदैपुरे, र हिलेपाने तथा झाप्पाली गरी २ (दुई) वर्गमा विभाजन गर्न सकिन्छ । यसमा वाम्बुले भाषामा विद्यावारिधि (पिएचडी) गर्ने डा. जँ रोब्यार ओप्खन्वार्त (Jean Robert Opgenort) को पनि स्वीकारोक्ति रहेको देखिन्छ ।

७. म हिलेपाने लवज (उच्चारण) वा भाषिका भएको वाम्बुले हुँ । त्यसैले म हिलेपानी–जाक्मा–सोक्मटार–झाप्पातिर बोलिने लवज बोल्दछु र अढाई दशक (२५ वर्ष)भन्दा बढी समयदेखि त्यसरी नै अनवरत लेख्दैछु पनि । वाम्बुले राई शब्दकोश (२०५७), किरात वाम्बुले राई जाति र द्वा¥वाङ्चा वंशावली (२०६८) र क्वाल खातिर (२०७४) मबाट लिखित, संकलित र संपादित हालसम्मका कृतिहरु हुन् । माथि भनिए भैंm मैले वाम्बुले भाषा बोल्दा वा लेख्दा आफ्नी ममतामयी आमाले सुदूर अतीतमा सिकाउँनु भए अनुसार गर्ने गरेको छु । वाम्बुले भाषामा लामो समयदेखिको संलग्नता र केही कृतिहरु प्रकाशनपश्चात पनि अहिलेसम्म मैले कसैलाई ‘मैले बोलेको–लेखेको ठीक तर तिमीले बोलेको–लेखेको बेठीक छैन’ भनेको छैन । किनभने भौगोलिक क्षेत्रपिच्छे केही फरक भाषा भाषिका पनि बोलिन्छन् र भोलि वाम्बुले भाषाको बृहत् अध्ययन भइ अन्यथा स्थापित नभएसम्म जसरी बोलिन्छ त्यसरी नै लेख्न ठीक मानेर सकेसम्म धेरै लेखौं भन्ने मान्यता बोक्ने एक भाषाप्रेमी वाम्बुले हुँ । त्यसो त कसैले लेखेको ‘बेठीक’ भनेर स्रष्टा र निजहरुकी आमाको अपमान गर्ने अधिकार मलाई वा कसैलाई छैन । झन् ‘योचाहीँ ठीक हो’ भनेर बिना ‘तर्क र आधार’ आफ्नो भनाइ लाद्न खोज्नु र खोजिरहनुलाई हठवादीताको पराकाष्ठा हो भन्ने ठान्दछु । म अरुको अस्तित्वको आदर गर्दछु र सह–अस्तित्वमा विश्वास गर्दछु ।

८. अर्को कुरा, म भाषाविद् नभएता पनि लामो समयसम्मको मातृभाषा सेवा र शब्दकोश निर्माण कार्य समेत गरेको हुनाले भाषाविज्ञान वा शब्दकोशविज्ञान सम्बन्धमा केही थाहा छैन भनें भने मैले गलत बोलेको ठहर्दछ । तसर्थ, थोरै नै सही भाषाविज्ञान र शब्दकोशविज्ञान सम्बन्धमा केही न केही जानकारी राख्दछु भन्दा मलाई रत्तिभर संकोच छैन । भाषा भनेको विज्ञान पनि भएको कारणले यसका आफ्नै विधि, प्रक्रिया र सर्वमान्य सिद्धान्तहरु हुन्छन् । कुनै तथ्यगत आधार बिना कसैको भनाइ वा लेखाइलाई निषेध गर्ने अधिकार कसैलाई पनि छैन । भाषा संरक्षण र विकासको सवालमा बोलाइ र लेखाइ नै एकमात्र उपाय भएको सन्दर्भमा ‘जसरी बोलिन्छ त्यसरी नै लेखौं’ भन्ने सिद्धान्त अपनाएको छु र अरुलाई पनि त्यहीँ सल्लाह दिंदै आएको छु ।

९. हाम्रो भाषा सम्बन्धमा सम्बन्धमा सबभन्दा पहिले बेलायती कूटनीतिज्ञ तथा मानवशास्त्री श्री ब्राइन हुटन हज्सन (Brian Houghton Hodgson)बाट सन् १८५७ मा अध्ययन भइ सन् १८८० मा प्रकाशित पुस्तक (Miscellaneous Essay Relating to Indian Subjects – Vol. I) को एक परिच्छेद (Vocabulary of the Kiranti Language) मा ‘चौरासे’ भाषाको नामबाट प्रस्तुत गरिएको देखिन्छ । त्यहाँ उल्लिखित अधिकांश शब्दहरु अझ प्रयोगमा छन् । भाषाका विशेषताहरुमध्ये ‘जीवन्तता’ एक भएको कारणले पनि यसो भएको होला । यसबाट योबाट यो पनि बुभ्mन सकिन्छ कि यो हामीले पत्ता लगाएको भाषा होइन – यो त हाम्रो पुख्र्याैली सम्पत्ति हो जसलाई यथारुपमा हाम्रा सन्ततिहरुलाई हस्तान्तरण गर्दै लानु हाम्रो कर्तव्य र दायित्व हो । हज्सन सा‘बपछि धेरै स्वदेशी तथा विदेशी विद्वानहरुले हाम्रो भाषाको अध्ययन–अनुसन्धान गरेका पाइन्छन् । विदेशीमा मुख्यरुपमा Brian Houghton Hodgson, George A. Grierson, Austin Hale, Maria Hari, Burkhard Schottelndreyer, Gerd Hansson, Yoshio Nishi, Sueyoshi Toba, Jean Robert Opgenort र John Eppele रहनु भएको छ भने स्वदेशीमा डोर बहादुर बिष्ट, नगेन्द्र शर्मा, जनकलाल शर्मा, वैरागी काइँला, प्रा.डा. नोवल किशोर राई, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. योगेन्द्र यादव, डा. दानराज रेग्मी आदि रहनु भएको छ । यसभन्दा बाहेक धेरै वाम्बुले तथा गैर–वाम्बुले विद्यार्थी भाइबहिनीहरुले स्नातकोत्तर तहको लागि वाम्बुले जाति र वाम्बुले भाषा विषयमा शोधकार्य गरिसकेका छन् ।

१०. वाम्बुले भाषालाई अझ गहिरिएर बुभ्mन यो भोट–चीनियाँ भाषा परिवारको भएकोले यस परिवारका अन्य सदस्यहरुका भाषाहरु (खास गरेर भोट–बर्मेली समूह अन्तर्गत भोट–हिमाली किराती उप–शाखाका भाषाहरु) को पनि अध्ययन गर्न उत्तिकै जरुरी हुन्छ । वाम्बुले भाषाको प्रमुख विशेषता भनेको नै अन्तस्फोटक शब्द वा उच्चारण (Implosive Stops) हो । यस बाहेक अन्य सामान्य अपवाद बाहेक वाम्बुले भाषाले आफ्ना समकालीन सदस्य भाषाहरुभन्दा पृथक भाषिक विशेषता बोक्दैन । अघिल्लो बुँदा ९ मा उल्लेख गरिएका कुनै एक भाषाविद्ले पनि दावी गरिए जस्तै ट, ठ, ड, ढ वर्णको प्रयोगलाई वाम्बुले भाषाको विशेषताको रुपमा लिएको देखिंदैन ।

११. भाषाविज्ञानमा प्रस्तुत विषय ट, ठ, ड, ढ लाई स्पर्श (Plosive) तथा त, थ, द, ध लाई दन्त्य स्पर्श (Dental Plosive) व्यञ्जन भनिन्छन् । यी व्यञ्जनहरु कहाँ कसरी प्रयोग भइरहेको छ भन्ने सम्बन्धमा थाहा पाउँन ध्वनिविज्ञान (Phonetics) अन्तर्गत वर्णविज्ञान (Phonology/Phonemics) अध्ययन गर्न जरुरी देखिन्छ । यस अन्तर्गत उच्चारण (Articulation), बलाघात (Stress) र सुर (Intonation) को सुक्ष्म अध्ययन गर्नु पर्ने हुन्छ ।

१२. हाम्रो वाम्बुले भाषाको अध्ययन भाषाविज्ञान (Linguistics) को आधारमा समेत भइ सकेको छ । यस भाषामा द नेदरल्याण्डसका डा. जँ रोब्यार ओप्खन्वार्त (Jean Robert Opgenort) ले विद्यावारिधि (पिएचडी) गरेका छन् । डा. ओप्खन्वार्तबाट लिखित दुई वटा महत्वपूर्ण पुस्तकहरु (The Wambule Language, 2002 र A Grammar of Wambule, 2004) प्रकाशित छन् । हाम्रो भाषा भाषाविज्ञानको दृष्टिकोणले खरो उत्रेको र अन्तर्राष्ट्रियरुपमा प्रकाशनमा आउँन सफल भएकोमा हामीले गौरवको अनुभूति गर्नु पर्दछ ।

१३. डा. ओप्खन्वार्तका उक्त पुस्तकहरुको साथै वाम्बुले राई शब्दकोश, २०५७ मा वाम्बुले व्यञ्जन वर्णमा ट, ठ, ड, ढ तथा त, थ, द, ध दुवै समावेश गरिएका छन् । डा. ओप्खन्वार्तले वामद्याल र हिलेपाने भाषिकामा थोरै भिन्नता रहेको उल्लेख गरेका छन् । वर्णविज्ञान (Phonology) अन्तर्गत एउटा वत्स्र्य Alveolar) र अर्को मूर्धन्य (Retroflex) उच्चारण भइ २ (दुई) वटा वर्णात्मक संरचना भएका तर एउटै अर्थ दिने धेरै वाम्बुले शब्दहरु संकलन (रिकर्ड) गरी विश्लेषण गरेको कुरा उल्लेख गर्दै केही उदाहरण दिएका छन् – ट्याट्चाम÷त्यात्चाम, ठेचाम÷थेचाम, ड्याक्चाम÷द्याक्चाम, ट्याक्चाम÷त्याक्चाम, ठ्याक्चाम÷थ्याक्चाम आदि । यसले ट, ठ, ड, ढ तथा त, थ, द, ध व्यञ्जन वर्णहरु पर्यायवाची वर्णहरु हुन्; जुन केही प्रकरणमा बाहेक एउटाको सट्टा अर्को प्रयोग गरेमा पनि उहीँ अर्थ दिन्छन् भन्ने मान्यतालाई पुष्टि गर्दछ ।

१४. प्रकाशित लेख–रचनाहरु, श्रव्य–दृष्यहरु (चलचित्र, कविता वाचन, अन्तरवार्ता आदि) र बोलचाल (गफसफ)को अध्ययनबाट वामद्याल तथा उदैपुरे वाम्बुलेहरुले बढी मात्रामा ट, ठ, ड, ढ र हिलेपाने तथा झाप्पाली वाम्बुलेहरुले त, थ, द, ध बढी प्रयोग गरेको देखिन्छ । एक अर्काको विकल्पको रुपमा पनि प्रयोग गरिएको देखिन्छ । जुनै वर्ण प्रयोग गरिएता पनि शब्दार्थ भने एउटै देखिन्छ । यी दुवै वर्णको यथोचित प्रयोगले हाम्रो भाषालाई मिठास बनाएको छ र सौन्दर्य थपेको छ भन्दा अतिशयोक्ति नहोला । हाम्रो भाषा अन्तर्गत बोलिने प्रत्येक शब्दको रुपविज्ञान (Morphology) को अध्ययन नभएको कारणले मौलिक, ठेट वा शुद्ध कुन हो भन्ने अवस्थामा छैनौं । स्मरणीय छ, रुपविज्ञान (Morphology) ले शब्द संरचना र शब्दांशको अध्ययन गर्दछ र यस अन्तर्गत शब्दको उत्पत्ति वा व्युत्पत्ति (Origin/Etimology), धातु (Root), उपसर्ग (Prefix) र परसर्ग (प्रत्येय) (Suffix) को अध्ययन हुन्छ ।

१५. भाषा प्रत्येक वक्ताहरुसंग सरोकार राख्ने एक संवेदनशील विषय हो । भाषाको मूल्यांकन वा कुनै शब्दको प्रयोग वक्ताहरुको संख्याको आधारमा गरिन्न । चाहे एक जना (अप्रिल २०१८ मा राजामामा कुसुन्डाको मृत्युपछि ज्ञानीमैया सेन)मात्र वक्ता भएको मानिने नेपालको कुसुन्डा भाषा होस् वा लगभग एक अर्बले बोल्ने चीनको मन्दारिन भाषा होस् भाषशास्त्रीय हिसाबले बराबर हुन्छन् । ठूलो वक्ता भएका भाषाले सानोलाई विलय गराउँने भए अहिले संसारमा करिब ६ हजार ५ सय भाषाको अस्तित्व नै रहने थिएनन् – यसमा करिब २ हजार वटा भाषाका वक्ता त १ हजारको संख्या भन्दा कम छन् । त्यस्तै, नेपालमा पनि १२३ भाषा किन हुन्थ्यो; जब कि नेपाली बोल्नेको संख्या करिब ४५ प्रतिशत छ । भाषामा वक्ताको संख्याले निर्णायक भूमिका निर्वाह गर्दैन ।

जिज्ञासा
१६. मातृभाषा, वाम्बुले मातृभाषा र भाषाको सामान्य प्रचलन र मान्यता सम्बन्धमा संक्षिप्त जानकारी दिन उपर्युक्त पृष्ठभूमि दिइएको हो । कुनै पनि विषयमा नवीनतम सिद्धान्त प्रतिपादन गर्न वा लागू गर्न त्यस विषयमा प्रचलनमा रहेका स्थापित मापदण्ड, मान्यता र प्रक्रियाहरु अवलम्बन गर्नुपर्ने सर्वमान्य सिद्धान्त रहेको हुन्छ । प्रस्तुत विषय भाषाविज्ञानसंग सम्बन्धित भएको हुनाले सो सम्बन्धमा हाललाई तपसिल अनुसार केवल ३ (तीन) वटा जिज्ञासा राख्न चाहन्छु (कृपया बुँदागतरुपमा जवाफ दिनु भए र सम्बन्धित दस्तावेजको प्रति उपलब्ध गराउँनु भए आभारी हुने थिएँ) ः

१६.१ ट, ठ, ड, ढ व्यञ्जन वर्ण प्रयोग गरिएमा मात्र मौलिक, ठेट वा शुद्ध हुने भाषाशास्त्रीय आधारहरु के के हुन् ?
– वाम्बुलेहरु बसोबास गर्ने कुनकुन भौगोलिक क्षेत्रका वाम्बुलेहरुको ध्वनिविज्ञान र सो अन्तर्गतको वर्णविज्ञान (Phonology) अध्ययन गरिएको थियो ?
– मौलिक, ठेट वा शुद्ध प्रमाणित गर्न कुनकुन शब्दहरुको उत्पत्ति र व्युत्पत्ति विश्लेषण गर्न तिनीहरुको रुपविज्ञान (Morphology) अध्ययन गरिएको थियो ?

१६.२ ९५(पन्चानब्बे) प्रतिशतले ट, ठ, ड, ढ प्रयोग हुन्छन्् भन्ने तथ्यांकको स्रोत के होला ?
– यो प्रतिशत थाहा पाउँन कस्तो किसिमको अध्ययन विधि (Research Methodology) अपनाइएको थियो ?
– कुनकुन कति वटा शब्दहरुको परीक्षण कुनकुन वाम्बुले बस्तीहरुमा गरिएको थियो ? (प्रश्नावलीको ढाँचा हेर्न पाए हुन्थ्यो) ।
– बाँकी ५ प्रतिशतले प्रयोग हुने त, थ, द, ध वर्णहरु कुनकुन शब्दमा प्रयोग हुँदा रहेछन् ?
– तथ्यांक विश्लेषणको लागि कस्ता तथ्यांकशास्त्रीय साधनहरु (Statistical Tools) प्रयोग गरिएका थिए ?

१६.३ के माथि बुँदा १६.१ र १६.२ मा उल्लिखित विषयहरुको अध्ययन प्रतिवदेनको प्रति (कपि) उपलब्ध वा सार्वजनिक गराउँन सकिएला ?

वाम्बुले नामशास्त्र अध्ययन–विश्लेषण र प्राप्ति

१७. हाम्रो मातृभाषामा स्पर्श (ट, ठ, ड, ढ) र दन्त्य स्पर्श (त, थ, द, ध० व्यञ्जन वर्णहरुलाई लिएर कुनै विषय वा विवाद नउठ्नु पर्ने हो र दुर्भाग्यवश उठिसके पछि मलाई पनि सो सम्बन्धी केही अध्ययन गर्न मन लाग्यो । भाषाविज्ञानमा नामशास्त्र (Onomastics वा Onomatology) ले शब्दहरुको मौलिकता/व्युत्पत्ति (Etimology) अध्ययन गर्न सघाउँने हुनाले केही वाम्बुले नामहरुको सानो अध्ययन गर्न मन लागेकोले सो गरें । नामहरुको चयनमा पक्षपोषण नहोस् भनेर वाम्रास, नेपाल र वाम्रास, युकेका वर्तमान कार्य समितिका पदाधिकारीहरु र सल्लाहकारहरुको नामलाई नमुना जनसंख्या (Sample Population) को रुपमा चयन गरें । उक्त अध्ययनबाट प्राप्त विवरण र तथ्यांकहरु तपसिल अनुसार रहेका छन् ः
१७.१ वाम्रास, नेपाल केन्द्रीय कार्य समिति
१७.१.१ नाममा स्पर्श र दन्त्य स्पर्श व्यञ्जन वर्णहरु
वाम्रास, नेपालको केन्द्रीय कार्य समितिमा हाल २७ (सत्ताईस) जना पदाधिकारी र ६ (छ) जना सल्लाहकार रहेका छन् । उक्त ३३ (तेत्तीस) जनाका नामहरुमध्ये तपसिल अनुसार २३ (तेईस) जना अर्थात ७० प्रतिशतको नाममा स्पर्श ९ट, ठ, ड, ढ) र दन्त्य स्पर्श (त, थ, द, ध० व्यञ्जन वर्णहरु प्रयोग भएको पाइयो ।

तालिका ः १
वाम्रास, नेपाल केन्द्रीय कार्य समिति पदाधिकारी र सल्लाहकारहरुको नाममा स्पर्श र दन्त्य स्पर्श व्यञ्जन वर्णहरु
क्र.सं. विवरण कुल संख्या स्पर्श र दन्त्य स्पर्श हुनेको संख्या प्रतिशत
१ पदाधिकारीहरु २७ २० ७४
२ सल्लाहकारहरु ६ ३ ५०
जम्मा ३३ २३ ७०

१७.१.२ स्पर्श र दन्त्य स्पर्श प्रयोगकर्ताहरुको वितरण
वाम्रास, नेपाल केन्द्रीय कार्य समिति पदाधिकारी र सल्लाहकारहरुमा स्पर्श र दन्त्य स्पर्श व्यञ्जन वर्णहरु हुने २३ (तेइस) जनामध्येमा १९ (८२ प्रतिशत) को दन्त्य स्पर्श (त, थ, द, ध), २ (९ प्रतिशत) को स्पर्श ९ट, ठ, ड, ढ) र बाँकी २ जना (९ प्रतिशत) दुवै वर्णहरु रहेको पाइयो ।

तालिका ः २
वाम्रास, नेपाल केन्द्रीय कार्य समिति पदाधिकारी र सल्लाहकारहरुको नाममा स्पर्श र दन्त्य स्पर्श व्यञ्जन वर्णहरुको वितरण
क्र.सं. विवरण कुल संख्या प्रतिशत
१ दन्त्य स्पर्श (त, थ, द, ध) मात्र प्रयोगकर्ताहरु १९ ८२
२ स्पर्श ९ट, ठ, ड, ढ) मात्र प्रयोगकर्ताहरु २ ९
३ दुवै प्रयोगकर्ताहरु २ ९
कुल जम्मा २३ १००

द्रष्टव्य ः
(क) दन्त्य स्पर्श (त, थ, द, ध) मात्र प्रयोगकर्ताहरुको नाम यस प्रकार रहेको छ (पदाधिकारीहरुमा) ः १. गजुरधन राई, २. गणेशकुमार राई (गणेश द्वा¥वाङ्चा), ३. शुभचन्द्र राई, ४. अम्बरबहादुर राई, ५. जीवन हाताचो राई, ६. विकास राई सौगात, ७. सीताकुमारी राई, ८. चन्द्र वाम्बुले राई, ९. मोतिलाल राई, १०. तिखबिर राई, ११. सीता राई, १२. रामबहादुर राई, १३.महाजित राई, १४. सविता राई (तेह्रथुम), १५. अम्बरबहादुर राई, १६. देवराज राई र (सल्लाहकारहरुमा) १. अविनाथ राई, २. जादुमान राई, र ३. दिलमाया राई (स्व.) ।

(ख) स्पर्श ९ट, ठ, ड, ढ) मात्र प्रयोगकर्ताहरुमा १. टेककुमार राई, र २. टिकाराम राई ।
(ख) दुवै वर्ण प्रयोगकर्ताहरुमा १. युदिष्ठिर राई, र २. बडाजित राई ।

१७.२ वाम्रास, युके कार्य समिति
१७.२.१ नाममा स्पर्श र दन्त्य स्पर्श व्यञ्जन वर्णहरु
वाम्रास, युकेको कार्य समितिमा हाल १९ (उन्नाईस) जना पदाधिकारी र ५ (पाँच) जना सल्लाहकार रहेका छन् । उक्त २४ (चौबीस) जनाका नामहरुमध्ये तपसिल अनुसार १३ (तेह्र) जना अर्थात ५४ प्रतिशतको नाममा स्पर्श ९ट, ठ, ड, ढ) र दन्त्य स्पर्श (त, थ, द, ध० व्यञ्जन वर्णहरु प्रयोग भएको पाइयो ।

तालिका ः ३
वाम्रास, युके कार्य समिति पदाधिकारी र सल्लाहकारहरुको नाममा स्पर्श र दन्त्य स्पर्श व्यञ्जन वर्णहरु
क्र.सं. विवरण कुल संख्या स्पर्श र दन्त्य स्पर्श हुनेको संख्या प्रतिशत
१ पदाधिकारीहरु १९ १० ५३
२ सल्लाहकारहरु ५ ३ ६०
जम्मा २४ १३ ५४

१७.२.२ स्पर्श र दन्त्य स्पर्श प्रयोगकर्ताहरुको वितरण
वाम्रास, युके कार्य समिति पदाधिकारी र सल्लाहकारहरुमा स्पर्श र दन्त्य स्पर्श व्यञ्जन वर्णहरु हुने १३ (तेइस) जनामध्येमा ११ (८२ प्रतिशत) को दन्त्य स्पर्श (त, थ, द, ध) र बाँकी २ (१५ प्रतिशत) को स्पर्श ९ट, ठ, ड, ढ) रहेको पाइयो ।

तालिका ः ४
वाम्रास, युके कार्य समिति पदाधिकारी र सल्लाहकारहरुको नाममा स्पर्श र दन्त्य स्पर्श व्यञ्जन वर्णहरुको वितरण
क्र.सं. विवरण कुल संख्या प्रतिशत
१ दन्त्य स्पर्श (त, थ, द, ध) मात्र प्रयोगकर्ताहरु ११ ८५
२ स्पर्श ९ट, ठ, ड, ढ) मात्र प्रयोगकर्ताहरु २ १५
कुल जम्मा १३ १००

द्रष्टव्य ः
(क) दन्त्य स्पर्श (त, थ, द, ध) मात्र प्रयोगकर्ताहरुको नाम यस प्रकार रहेको छ (पदाधिकारीहरुमा) ः १. गंगाबहादुर राई २. दिलुबहादुर राई ३. मानबहादुर राई ४. नेत्रकुमारी राई ५. अमृतबहादुर राई ६. ज्ञानबहादुर राई ७. दिलकुमार राई ८. उषा (गौता) राई र (सल्लाहकारहरुमा) १. कर्णबहादुर राई, २. दिलबहादुर राई, र ३. ज्ञानबहादुर राई (०३) ।

(ख) स्पर्श (ट, ठ, ड, ढ) मात्र प्रयोगकर्ताहरुमा १. डबलसरी राई, र २. डिल्लीमान राई ।

१७.३ समष्टिगत प्रस्तुतीकरण
माथि वाम्रास, १७.१ नेपाल केन्द्रीय कार्य समिति र १७.२ वाम्रास, युके कार्य समितिमा प्रस्तुत गरिएका विवरण तथा तथ्यांकलाई समष्टिगतरुपमा निम्न बमोजिम प्रस्तुत गरिएको छ ः
१७.३.१ नाममा स्पर्श र दन्त्य स्पर्श व्यञ्जन वर्णहरु
उल्लिखित दुवै संस्थाहरुमा ४६ जना पदाधिकारीहरु र ११ जना सल्लाहकारहरु गरेर जम्मा ५७ जना व्यक्तिहरुको सम्बद्धता रहेको देखिन्छ । उक्त व्यक्तिहरुमध्ये तपसिल अनुसार ३६ (छत्तीस) जना अर्थात ६३ प्रतिशतको नाममा स्पर्श ९ट, ठ, ड, ढ) र दन्त्य स्पर्श (त, थ, द, ध० व्यञ्जन वर्णहरु प्रयोग भएको पाइयो ।

तालिका ः ५
वाम्रास, नेपाल र युके कार्य समिति पदाधिकारी र सल्लाहकारहरुको नाममा स्पर्श र दन्त्य स्पर्श व्यञ्जन वर्णहरु
क्र.सं. विवरण कुल संख्या स्पर्श र दन्त्य स्पर्श हुनेको संख्या प्रतिशत
१ पदाधिकारीहरु ४६ ३० ६५
२ सल्लाहकारहरु ११ ६ ५५
जम्मा ५७ ३६ ६३

१७.३.२ स्पर्श र दन्त्य स्पर्श प्रयोगकर्ताहरुको वितरण
वाम्रास, नेपाल र युके कार्य समिति पदाधिकारी र सल्लाहकारहरुमा स्पर्श र दन्त्य स्पर्श व्यञ्जन वर्णहरु हुने ३६ (छत्तीस) जनामध्येमा ३० (८३ प्रतिशत) को दन्त्य स्पर्श (त, थ, द, ध), ४ (११ प्रतिशत) को स्पर्श ९ट, ठ, ड, ढ) र बाँकी २ (६ प्रतिशत) को दुवै वण रहेको पाइयो ।

तालिका ः ६
वाम्रास, नेपाल र युके कार्य समिति पदाधिकारी र सल्लाहकारहरुको नाममा स्पर्श र दन्त्य स्पर्श व्यञ्जन वर्णहरुको वितरण
क्र.सं. विवरण कुल संख्या प्रतिशत
१ दन्त्य स्पर्श (त, थ, द, ध) मात्र प्रयोगकर्ताहरु ३० ८३
२ स्पर्श ९ट, ठ, ड, ढ) मात्र प्रयोगकर्ताहरु ४ ११
३ दुवै प्रयोगकर्ताहरु २ ६
कुल जम्मा ३६ १००

माथिका प्रस्तुतिहरुले करिब ६३ प्रतिशत वाम्बुलेहरुको नाममा स्पर्श ९ट, ठ, ड, ढ) र दन्त्य स्पर्श (त, थ, द, ध० व्यञ्जन वर्णहरु प्रयोग हुन्छन् र ती वर्णहरुमा सबभन्दा बढी (करिब ८३ प्रतिशत) दन्त्य स्पर्श (त, थ, द, ध०, ११ प्रतिशत स्पर्श ९ट, ठ, ड, ढ) र बाँकी (६ प्रतिशत) दुवै वर्णको प्रयोग गर्दछन् भन्ने संकेत गर्दछ । सबै वाम्बुले क्षेत्रहरुको प्रतिनिधित्व हुने गरी बनाइएको उक्त संस्थाहरुको कार्य समितिहरुले समग्र वाम्बुलेहरुको नाम पनि प्रतिनिधित्व गरेको कुरामा विश्वस्त हुन सकिन्छ ।

वाम्बुले नामहरुको नै कुरा गर्दा मेरो स्व. हजुरबाको नाम हर्कध्वज थियो र उहाँका दाजूहरुको नाम निराधन, बिन्द्रमान र धौलबहादुर (रापाते) थियो । मेरा आफ्नै दाजूहरुको नाम बस्ते (स्व.), ममिते (स्व.), सोमबहादु (स्व.) र लघुधन (स्व.) थियो । मेरा आदरणीय दाजू मानबहादुर अहिले पनि हुनुहुन्छ । मेरो नाम अविनाथ पनि मैले राखेको नाम होइन । माथि उल्लेख गरिएका गणेश द्वा¥वाङ्चा र प्रदिप (व्याकुल माइला) बाहेक अन्य मेरा भतिजाहरुको नाम नरेश (अस्ता), दिलीप, रजनजंग (चित्रा), दिनेश, देवकुमार र इज्जत रहेको छ । श्रद्धेय अग्रजहरु चाहे उँबुगाउँको चौधबहादुर हुन् या हिलेपानी बरपुमको चौधबहादुर वा युद्ध लड्दालड्दै मलायाको जंगलमा सन् १९५१ मा २५ वर्षको कलिलो उमेरमा वीरगति प्राप्त गर्ने काका गर्बजित हुन् – सबैको नाममा दन्त्य स्पर्श व्यञ्जन वर्ण जोडिएकै देखिन्छन् । धेरै अगाडिको कुरा किन गर्ने अहिलेका हाम्रै वाम्बुले सर्जकहरुको नाम पनि (उदाहरणको रुपमा) यस्ता देखिन्छन् – जगतधन राई (Pronominal System in Wambule का शोधकर्ता), जगत राई (वाम्बुले कथाकार प्लोकोचे उर्पm सम्राट राई), जगतराम राई (ट, ठ, ड, ढ प्रयोगका पक्षधर बिद्रोही साइँला उर्पm मुम्चे राईको अर्को नाम) आदिआदि । मेरो लगायत अन्य (क्षेत्र समेतको) वंशावली अध्ययन गर्दा नामको वर्ण प्रयोगमा खासै भिन्नता देखिदैन ।

यी माथिका वाम्बुले नामहरुको प्रस्तुतीकरण र विश्लेषणबाट पनि परापूर्वकालदेखि अहिलेसम्म नै वाम्बुले भाषामा दुवै स्पर्श ९ट, ठ, ड, ढ) र दन्त्य स्पर्श (त, थ, द, ध) व्यञ्जन वर्णहरु अस्तित्व र प्रयोगमा रहेका देखिन्छ । बरु वर्ण प्रयोगमा दावी गरिए जस्तो नभएर दन्त्य स्पर्श (त, थ, द, ध० को प्रयोग अर्को (ट, ठ, ड, ढ) भन्दा धेरैधेरै बढी भएको देखिन्छ ।

सारांश र निष्कर्ष
१८. वाम्बुले राई भाषा भोट–चिनियाँ भाषा परिवारको भोट–बर्मेली समूह अन्तर्गत भोट–हिमाली (किराती) उपशाखामा पर्ने लेख्य–परम्परामा आधारित एक भाषा हो । यसका वामद्याल, उदैपुरे, हिलेपाने र झाप्पाली गरी ४ (चार) क्षेत्रीय भेदहरु (भाषिका) रहेका छन् । (वाक्साली र अन्य ठाउँहरुको भाषिकाको अध्ययन हुन बाँकी नै छ) ।

१९. वाम्बुले भाषिका क्षेत्रमध्ये वामद्याल एक रहेको र आफ्नो क्षेत्र (वामद्याल) मा बोलिने भाषिका अनुसार स्पर्श ९ट, ठ, ड, ढ) व्यञ्जन वर्ण मात्र प्रयोग गरेमा मौलिक, ठेट वा शुद्ध हुने दावीमा भाषाशास्त्रीय आधारहरु छैनन् । यस वर्ण भएका शब्दहरुको प्रयोग हिलेपाने, झाप्पाली भाषिकामा अधिक र उदैपुरे तथा वामद्याल भाषिकामा केही न केही मात्रामा प्रयोग भइ रहेको देखिंदा प्रचलनमा रहेका कुनै पनि वर्ण वा शब्दलाई प्रतिस्थापन वा विस्थापन गर्ने अधिकार कसैलाई पनि हुँदैन ।

२०. रुपविज्ञान (Morphology) को अध्ययन विना नै मौलिक, ठेट वा शुद्ध भनिने दावीहरुमा पनि कुनै सत्यता छैन । (अन्यथा माथि बुँदा नं. १६.१ को जिज्ञासाको बुँदागत जवाफ दिनु होला) । मौलिक, ठेट वा शुद्ध हुने भनेर नै केही मित्रहरुले ट, ठ, ड, ढ मात्र प्रयोगको समर्थन गरेको र कसैले लेख्नु भएको देखिंदा त्यसरी लेख्दा कसरी मौलिक, ठेट वा शुद्ध हुने रहेछ भन्ने आधारहरुको बारेमा पनि जानकारी दिनु भएमा ज्यादै आभारी हुने थिएँ ।

२१. त्यस्तै, ९५(पन्चानब्बे) प्रतिशतले ट, ठ, ड, ढ प्रयोग हुन्छन्् भन्ने तथ्यांक पनि परिकल्पनामा आधारित मिथ्यांक बाहेक अरु केही नभएको ठहर रहेको छ । (अन्यथा माथि बुँदा नं. १६.२ को जिज्ञासाको बुँदागत जवाफ दिनु होला) । बरु, माथि बुँदा नं. १७ मा गरिएको वाम्बुले नामशास्त्रको अध्ययन–विश्लेषणबाट दन्त्य स्पर्श (त, थ, द, ध) मात्र प्रयोगकर्ताहरु ८३ प्रतिशत र स्पर्श ९ट, ठ, ड, ढ) मात्र प्रयोगकर्ताहरु ११ प्रतिशत मात्र रहेको देखिन्छ । (तालिका ः ६ हेर्नुहोस्) ।

२२. स्पर्श ९ट, ठ, ड, ढ) र दन्त्य स्पर्श (त, थ, द, ध० व्यञ्जन वर्णहरु दुवैको प्रयोगले वाम्बुले भाषा र वाङ्मयमा मिठास, माधुर्य र सौन्दर्य थपेको छ । भोलि विस्तृत अध्ययन भइ कुनै व्यवस्था भएमा सो हुनेगरी हाललाई व्यतिरेकी (Contrastive) बाहेक अन्य शब्दहरुलाई जसरी बोलिन्छ त्यसरी नै प्रयोग गर्न उपयुक्त देखिन्छ ।

अनुरोध तथा सुझावहरु
२३. लहड वा भावनामा साहित्य लेखिन्छ तर भाषा लेखिंदैन । भाषा सम्बन्धी कुरा गर्दा, लेख्दा वा भनाइ राख्दा भाषाविज्ञानका विधि, प्रक्रिया र सर्वमान्य सिद्धान्तहरु अवलम्बन नगरेमा त्यस किसिमका बोलाइ, लेखाइ वा भनाइलाई तथ्यहीन, कपोलकल्पित, निराधार र भ्रामक भन्नु पर्ने हुन्छ । प्रस्तुत सन्दर्भमा माथि बुँदा नं. १६ मा उल्लिखित ३ (तीन) वटा जिज्ञासाहरुको बुँदागत उत्तर प्राप्त भएमा वाम्बुले भाषाको संरक्षण र विकासमा लागेको अढाई दशकभन्दा बढी भइसक्दा पनि कुन व्यञ्जन वर्णको प्रयोग गरेमा मौलिक, ठेट वा शुद्ध हुने वा कुन वर्ण कति प्रतिशतले प्रयोग हुन्छ भन्ने थाहा नपाउने हामी सुद्धीविनाका लठुवाहरुको घैटोमा अलिकति भए पनि घाम लाग्थ्यो कि ? कृपया आफ्नो भनाइ शिष्ट, सौम्य, शालीन र तर्कपूर्ण तरिकाले राख्नु होला ।

२४. हामी वाम्बुले राईहरु जनसंख्याको आधारमा थोरै भएता पनि विभिन्न भौगोलिक क्षेत्रमा बसोसबास गर्दछौं, भौगोलिक अवस्थिति अनुसार हामीले बोल्ने भाषा (भाषिका)÷लवज (उच्चारण)को साथै हामीले मान्ने देवीदेउताहरु, पूजा गर्ने विधि र सामाग्रीहरुमा धेरथोर विविधता पाइन्छन् । यहीँ विविधतामा एकता (Unity in Diversity) नै हाम्रो शक्ति, सम्पत्ति र सुन्दर विशेषताको रुपमा रहेको छ । यस विशेषतालाई कालान्तरसम्म अक्षुण्ण राख्न एक–अर्काको अस्तित्व र बर–व्यवहारलाई सम्मान गर्नु पर्दछ र हामीले गर्ने कार्यहरुमा ऐक्यवद्धता जाहेर गर्नु पर्दछ । अन्यथा, ‘भाइ फुटे गँवार लुटे’ भन्ने नेपाली उखान चरितार्थ हुनेछ । अर्ति–उपदेश दिन वा (पोस्टकर्ताको शब्द सापटी लिएर भन्नुपर्दा) ‘विरोध’ ‘घोर विरोध’ र ‘खरो र दरो खण्डन’ गर्न जति सजिलो छ सिर्जना गर्न उत्तिकै गाह्रो छ । यसको मतलब विरोध, घोर विरोध र खरो÷दरो खण्डन गर्न नपाइने होइन मज्जाले पाइन्छ तर ती विरोध, घोर विरोध र खरो÷दरो खण्डन तथ्यसंगत, तर्कसंगत र प्रामाणिक हुनु पर्दछ । विरोध गर्नुपूर्व आपूm र आफ्नो परिवेशलाई मात्र नभइ समग्र वाम्बुलेहरुलाई ध्यानमा राखेर गर्नु होला । अनि आपूmले गरेको विरोधको प्रतिफलको पनि आकलन गर्नु होला ।

साथै, विचार र अभिव्यक्तिको स्वतन्त्रताको हक हाम्रो मौलिक हक र कर्तव्य अन्तर्गत नै पर्ने हुँदा अरुबाट लिखित (अब लेखिने समेत), प्रकाशित (पुस्तक तथा पत्रिकाहरु), प्रदर्शित (चलचित्र, कविता वाचन, अन्तरवार्ता आदि) आपूmलाई सही नलागेमा त्यसलाई चुनौती दिंदै आपैm लेखन, प्रकाशन र निर्माण÷प्रदर्शन गर्ने प्रयास गर्दा कसैले पनि हात समात्दैनन्–खुट्टा तान्दैनन् भन्ने पनि हेक्का राख्नु होला । यस–यसले मात्र गर्न पाउँने तर अरुले नपाउँने भनेर कसैले प्रतिलिपि अधिकार (कपिराइट वा पेटेन्ट राइट) लिएर बसेको छैन । केवल प्रतिपक्षी, प्रतिरोधी वा प्रतिवादी भूमिकामा मात्र नरही सकरात्मक, सिर्जनात्मक र रचनात्मक भूमिका निर्वाह गरेमा वाम्बुले भाषा र वाङ्मयमा अतिरिक्त योगदान पुग्न जानेमा दुई मत छैन ।

२५. अरुलाई ‘यसरी लेख्नुहोस्–उसरी लेख्नुहोस्’ वा ‘यो ठीक–त्यो बेठीक’ भनेर भन्ने हैसियत नभए पनि यस क्षेत्रमा लामो समयसम्म संलग्नता र सम्बद्धता रहेको नाताले भोलि अन्यथा स्थापित नभएसम्म हाललाई लेखिरहने स्रष्टाहरुले ‘जसरी लेखिरहनु भएको छ त्यसरी नै’ र नयाँ स्रष्टाहरुलाई ‘जसरी बोलिन्छ त्यसरी नै लेखौं’ भन्ने अनुरोध गर्न चाहन्छु । लेख्दा कसरी लेख्ने भन्ने बारे द्विविधा भएमा पहिले आत्मालाई सोध्नु होला अनि आमालाई संझनु होला । बोलेर–लेखेर मात्र भाषा संरक्षण र विकास हुने हुनाले बोल्न–लेख्नमा जोड दिनु होला । आपूmले बोल्ने वा आफ्ना भेगमा बोलिने शब्दलाई मात्र ठीक अरुलाई बेठीक नभन्नु होला । सकिन्छ भने कुनै पनि विषयवस्तुलाई सकारात्मक रुपमा हेरि दिनु होला वा हेर्ने बानी बसाइ दिनु होला । कसैले गरेको ‘नराम्रो’ कामको लागि ‘नराम्रो’ नै भनिदिनु होला तर राम्रो कामको लागि पनि ‘नराम्रो’ नभनिदिनु होला; सकिन्छ भने ‘राम्रो’ भनिदिनु होला – यसले प्रोत्साहन र ऊर्जाको काम गर्छ । ‘राम्रो’ भन्दा धेरै घाटा लाग्छ जस्तो लागेमा ‘मौन’ बसिदिनु होला ।

२६. वाम्बुले भाषालाई राष्ट्रिय भाषा नीति सुझाब आयोगको प्रतिवेदन, २०५० ले ‘लेख्य परम्परा नभएको’ भाषाको रुपमा उल्लेख गरेकोमा यस भाषाको संरक्षणमा गरिएको प्रयास र देखाइएको तत्परताको प्रतिफलस्वरुप किराया, भाषा तथा साहित्य परिषद्को सर्वेक्षण, २०५७ ले ‘भाषिक अवस्था राम्रो भएको भाषा’को रुपमा आकलन गरेको थियो । त्यसपछि शब्दकोश निर्माणदेखि आफ्नो भाषामा गरिएका नियमित लेखन तथा प्रकाशन (पुस्तक तथा पत्रिका)ले वाम्बुले भाषाको स्तरलाई लेख्य परम्परा भएका भाषाहरुको हाराहारीमा पु¥याएको छ । ‘अबचाहीँ वाम्बुले भाषा मर्दैन’ भनेर धेरै भाषाशास्त्रीहरुले भनिरहेकै बखत आपूmले बोल्ने भाषिका (Dialect) मा लेखिएन भनेर ‘भाषा मार्ने’ काम गरेको शंका गर्ने मित्र÷हरुलाई एक मातृभाषी अभियन्ताको नाताले धन्यवाद व्यक्त गर्ने शब्दहरु भेटिरहेको छैन । आभार प्रकट गर्ने शब्दहरु पाइरहेको छैन । त्यसैले आपूmले गरेको वा गर्ने कामको आकलन भन्दा पनि अरुले गरेको कामको छिद्रान्वेष गरी ‘विरोध’ ‘घोर विरोध’ र ‘खरो र दरो खण्डन’ गरेर हाम्रो भाषाको संरक्षण र विकास हुन्छ भन्ठान्ने मित्रहरुलाई कृपया ‘विरोध’ ‘घोर विरोध’ र ‘खरो र दरो खण्डन’ लाई अझ बुलन्द पार्नुहोला भन्ने अनुरोध गर्दछु – मेरो शुभकामना पनि छ ।

अबको कार्यदिशा

२७. हामीले हाम्रो भाषिक क्षेत्रमा धेरै गर्न बाँकी छ – व्याकरणदेखि पाठ्यपुस्तक निर्माणसम्मै । वर्णविन्यासदेखि मानक निर्धारणसम्मै । मैले कुनैबेला यी कामहरु म स्वयं गर्छु जस्तो लागेको थियो । (अलिकति सुरुवात पनि भएको थियो) । समाज–भाषाविज्ञान (Socio-linguastics) ले कुनैपनि भाषा जीवित राख्न र विकास गर्न त्यसको प्रयोग गर्नुपर्छ भनेको छ । प्रयोगको उपयुक्त माध्यम भनेको पनि प्राथमिक वा माद्यमिक शिक्षा नै हो । त्यसको लागि पाठ्यक्रम र पाठ्यपुस्तक बनाउँनु पर्ने हुन्छ । पाठ्यक्रम र पाठ्यपुस्तक बनाउँदा शब्दकोश र व्याकरण चाहिने भयो । शब्दकोश तयार भइसकेकोले व्याकरण तयार गर्नुपर्ने भयो । व्याकरण र पाठ्यपुस्तक तयार गर्दा गन्तीको पनि भूमिका रहने तर वाम्बुले भाषामा ‘क्वाल–निस’ बाहेक अरु नहुँदा केही भाषाविद्हरुको सल्लाहानुसार समकालीन राईहरुको गन्तीलाई समेत अध्ययन गरेर वाम्बुले ख्रिप्सिवा (वाम्बुले गन्ती) तयार गरेर प्रयोगको लागि संस्थागत निर्णयार्थ प्रस्ताव निकै वर्ष अगाडि पठाइको थियो तर त्यो अहिलेसम्म स्वीकृत वा अस्वीकृत भएको छैन । यसले गर्दा व्याकरणको काम हुन सकेन र पाठ्यपुस्तक लेखनको लागि व्याकरण अत्यावश्यक हुने हुँदा सो पनि हुन सकेन । अहिलेसम्म पनि नभएकै अवस्था हो ।

जीवन समयसंग बग्दो रहेछ; कुनैबेला ‘गर्छु’ भनेको काम समय वा कालक्रमले गर्दा ‘गर्दिन वा गर्न सक्दिन’ भन्नु पर्ने अवस्था आउँदो रहेछ । त्यो ममा पनि लागू भएको छ । कुनैबेला ‘व्याकरणको काम गर्छु’ भनेकोमा अहिले ‘गर्दिन वा गर्न सक्दिन’ भन्नु परिरहेको छ । यसको लागि प्रशस्त अध्ययन, (आवश्यकतानुसार) स्थलगत भ्रमण, अन्तरक्रिया र लेखनको श्रम (शक्ति÷ऊर्जा), सीप र समयको आवश्यकता पर्दछ । केही सीप र समय मसंग भएता पनि बढ्दो उमेर र उमेरजन्य कारणले आफ से आफ देखापर्ने प्रतिकूल स्वास्थ्य तथा शारीरिक अवस्थाहरु नै भाषा–व्याकरणमा आपूm सम्बद्ध हुन नसक्ने प्रमुख कारणहरुको रुपमा रहेका छन्् । साथै, मरिमेटेर गरिएको कामको लागि प्राप्त हुने नयाँ चलन अनुसारको ‘विरोध’ ‘घोर विरोध’ र ‘खरो र दरो खण्डन’ जस्ता सम्मानको हकदार बन्न पनि म आपूmलाई जीवनको यस मोडमा अयोग्य ठान्दछु । तसर्थ, भाषा–व्याकरण कार्यलाई मेरो ‘गर्नु पर्ने सूची’ (टु डु लिस्ट) बाट हटाएको छु । यो मेरो अधुरो कार्यलाई म पछिको पिँढीले सम्पन्न गर्नेछन् भन्ने विश्वास लिएको छु । तथापि, यस कार्यमा मेरो सर–सल्लाह र सहयोग सदा रहने छ । भाषा–व्याकरण बाहेकका अन्य कामहरुमा भने मेरो क्रियाशीलता, संलग्नता र संबद्धता निरन्तर रहने छ ।

२८. माथि भनिए भैंm अबको हाम्रो कार्यदिशा (Way Forward) भनेको वाम्बुले गन्ती (ख्रिप्सिवा) अन्तिम (फाइनल) गरेर वर्णविज्ञान र रुपविज्ञानको विस्तृत तथा गहिरो अध्ययन सहितको व्याकरण निर्माण हो । व्याकरणपछि पाठ्यक्रम र पाठ्यपुस्कत निर्माण हो । वर्णविन्यास, मानक निर्धारण लगायतका कार्यहरु व्याकरण अन्तर्गत नै स्पष्ट पारिनु पर्दछ । यसको लागि हरेक दृष्टिकोणले संस्थागत पहल हुनु उपयुक्त हुने देखिन्छ । संस्थागत भन्नाले नेपाल सरकारको कुनै निकाय वा वाम्रास, नेपाल सम्झनु पर्नेछ । संस्थागत रुपमा भाषाविद्हरुको नेतृत्व र प्रतिनिधित्वमा वाम्बुले वर्णविज्ञान, रुपविज्ञान लगायतका विषयमा अध्ययन र व्याकरण निर्माण गरिनु पर्दछ । उक्त व्याकरणको आधारमा लेखन र पठनपाठन गरिनु पर्दछ ।

वर्णविज्ञान अन्तर्गत एउटा वत्स्र्य र अर्को मूर्धन्य उच्चारण भइ २ (दुई) वटा वर्णात्मक संरचना भएका तर एउटै अर्थ दिन धेरै वाम्बुले शब्दहरुको, र रुपविज्ञान अन्तर्गत अन्य लगायत विशेष गरेर सकभर धेरै वाम्बुले शब्दहरुको उत्पत्ति वा व्युत्पत्ति (Origin/Etimology) र धातु (Root) को गहिरो अध्ययन जरुरी देखिन्छ । यसो गरिएमा कुनकुन वाम्बुले बस्तीहरुमा वत्स्र्य र मूर्धन्य वर्णात्मक संरचना भएका शब्दहरुको उच्चारण कसरी भइ रहेको छ थाहा पाउँन सकिन्थ्यो । साथै, व्युत्पत्ति र धातुको अध्ययनबाट वाम्बुले भाषामा प्रयोग गरिने शब्दहरुको किसिम (मौलिक÷ठेट वा आगन्तुक) थाहा पाउँन सकिन्थ्यो । स्मरणीय छ वाम्बुले भाषामा अरु लगायत धेरै संस्कृत र नेपाली मूल भएका शब्दहरुको प्रयोग हुन्छन् । उदाहरणको लागि, कमेस (कमिज) पोर्तुगाली, चकुमो (चकमक) तुर्केली, कन्चुरा (कचौरा) हिन्दी, सालाम (सलाम) अर्बेली, माफ (माफ) उर्दू, पौडर, सिमेन्टि, बडल, ट्यार्लिङ इत्यादि अंग्रेजी, ठाकुर, तरास, तरान (त्राण), हजुर इत्यादि संस्कृत शब्दस्रोत भएका शब्दहरु हुन् ।

आग्रह तथा आभार
२९. मलाई वाम्बुले हुनुमा गर्व छ । मेरी आमाले सिकाउँनु भएको भाषा बोलेर–लेखेर जिन्दगीको अत्यन्त उर्बर र ऊर्जाशीलको साथै सेवानिवृत्त क्षणहरु बिताउँन पाएकोमा झन् गर्वित छु । भोलिका दिनमा मेरो मातृभाषाको व्यापक अध्ययन भएमा र सो अध्ययनको आधारमा कुनै शब्दहरु परिवर्तन गर्नुपर्ने भएमा सोलाई निशर्त पालना गर्ने प्रतिबद्धताका साथ हाललाई यथारुपमा नै लेख्ने जानकारी पनि गराउँदछु । यिनै निवेदनका साथ म सीर्जनशीलताको सरल रेखामा हिंड्ने मान्छे भएकोले कुनै पनि किसिमको बक्र रेखामा नहिडाउँनु होला वा हिडाउँने कोसिस नगरिदिनु होला भन्ने आग्रह पनि गर्न चाहन्छु ।

३०. अन्त्यमा, अहिलेसम्मको भाषिक–साहित्यिक–सांस्कृतिक यात्रामा मलाई दिनु भएको साथ–सहयोगको लागि आभार प्रकट गर्दै आगामी यात्रालाई अझ फलदायी र अविस्मरणीय बनाउँन सदा भैंm सकारात्मक र रचनात्मक योगदानको हार्दिक अपेक्षा गरेको छु । जय वाम्बुले भाषा ! धन्यवाद !

‘इक लिब्जु–भुम्जु’ त्रैमासिक वर्ष ५, अंक १, २०७५ असोज–मंसिरमा प्रकाशित लेख

नखिपोट, पिपलबोट
कार्तिक ५, २०७५ (त्रयोदशी)
‘इक लिब्जु–भुम्जु’ वर्ष ५, अंक १, २०७५ साउन–असोकबाट)

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१८:०८

किराती मुन्दुमबारे विश्वभक्त दुलाल आहुतिको टिप्पणी