मान राईको अनुभूति : उहिलेको लकडाउन–अहिलेको लकडाउन

विचार / ब्लग
मान राई

 

कोभिड–१९ का मेरा दिनहरू
साह्रो–गाह्रो अनि कठिन परस्थितिलाई सहर्ष स्विकार गरी एक कदम पनि पछि नहट्नू । यही संघर्ष कुनै समय सफलताको पाना बनेर पल्टिदिनेछ । ढिलै भएपनि नव वर्ष २०७७ को शुभकामना सहित न्यानो अभिवादन टक्र्याउँदैछु ।
कोभिड–१९ का मेरा दिनहरू मेरा निम्ति ‘लकडाउन’ होइन बरू ‘ओपनडे’ रह्यो । ‘फ्रीडम डे’ । फ्रीडम डे ।
यो फ्रीडमले ‘प्रोएक्टिभ’ र ‘मोरथिँकर’ बनायो । सायद पहिलो पटक ‘फ्रीडम’ महसुस भयो क्यारे ।
विगतका समयहरू दोहोरायो । पुराना फोटोहरू अप्लोड गरायो । केही मनमा आएका कुराहरू लेखिहाल्ने बनायो । केही धर दिएन । मलाई केही हेक्का छ । अप्ठेरा समयहरूमा सतर्क रहिके उपायहरू अपनाउनु सकिन्छ भन्ने ।

पुराना याद
त्यसैले ईसं २००८–२००९ ताका भएको विश्वव्यापी आर्थिक संकटको समय बिदेश रहँदा जागिर गुम्यो । जागिर खोज्दै गर्दा मेरो ‘निराज’ पुकुले गर्भ रह्यो । मन आत्तिएन बरू दुई जनाबाट तीन जना भइयो भनेर झन पाखुरी कस्सियो । दुई तीन ठाउँको अन्तरवार्ता पश्चात् एकमा सफल भइयो । तर कुरो अलि दाममा मिलेन । बिबिएसमा ‘मानव सम्साधनको’ पढाइ, चौधरी समूहसँग र अरू बिदेशी संस्थाहरूसँगको अनुभव र विभिन्न तालिमले गर्दा प्रशासन र ‘मानव सम्साधन’ सम्बन्धि राम्रै अनुभव बटुलेको थिएँ । पुनः बोलाए फेरि कुरो मिलेन दाममा किनकि म आफुमा पूरा भरोसा राख्थेँ । तेस्रो भेटमा कुरो मिल्नेभो तर ‘इन्फेरियोरटी’ महसुस गराउन थालें ताकि म उनीहरूकै दाममा काम गर्न मन्जुर हुँ । म त्यहाँबाट निस्केर हिँडें किनकि मलाई थाहा थियो कामदारलाई दामको साथै राम्रो वातावरणको आवश्यकता पनि । ताकि कामदारले राम्रो कार्य सम्पादन गरून् । कार्य दक्षता बढाउन सकुन् जसले गर्दा संस्था र कामदार दुवैलाई फाइदा पुगोस्् । त्यो सम्भव थिएन र मुलुक फर्किने निधो गरेँ ।

पुर्व तयारी
मुलुक फर्के पश्चात व्यवसाय सुरू गरियो । लकडाउन हुन पूर्व नै केही कर्मचारीहरूलाई अनिश्चित काल सम्मको लागि बिदा दिनुपर्ने मनस्थिति बनाउँदै थियौं । पूर्व तयारी थियो । सोमबारको दिन थियो मंगलबारबाट लकडाउन हुनेको ‘सुचना’ निस्कियो ।

पहिलो ‘लकडे’ को दिन अस्पताल
मंगलबारको दिन अस्पताल जानु पर्ने भयो । दस बजे घरबाट निस्किए । बाटो पहिलाउँदै गए । सुनसान अनि शान्त थियो बाटो । मलाई लाग्दै थियो यो बाटो मेरो स्वगतमा बसिरहेछ र म यसको पाहुना । चराचुरूङ्गीहरू चिरबिराइरहे खुल्ला अनि निलो आकाशमा, यताउता मग्न थिएँ आफ्नै सुरमा । गाईबस्तु अनि अन्य जनावरहरू लाग्दछ कि ठुलै म्यराथन दौडमा छन् । पूरा विश्व उनीहरूकै हो आज । परपर हिमालका शृंखला देख्दा लाग्दछ डाभिन्सिले मोनालिसा पेन्टिङ गर्न छोडेर डाँडा–पखेरो सिँगार्दै छ । सेताम्मे मुस्कुराइरहेका जताबाट हेरे नि । कति स्वच्छ हावा । धेरै दिन पश्चात म श्वास फेर्दैछु पुरा पुरा फोक्सो फुल्ने गरी । मलाई बाटाहरूले दोहोराई रहे बिना रोकतोक । विना सोधपुछ । बिना कुनै झन्झट म गन्तव्यतिर लम्किरहें ।

मेरी धर्तिमाता चुपचाप छिन् आज । लाग्दछ मधुर आवाजमा ‘खेमे’ सुनाइ रहेकी छु म र उनी मस्त निद्रामा छिन् । कति सुखी छिन् उनी आज सायद यसरी नै बिश्राम लिन चाहन्थिन् । अनि शान्त रहन अनन्तसम्म । मलाई लाग्दैछ आज सदाको जस्तो धर्तिमा होइन बरु म अन्य अरू कतैछु । अन्जान छ यो ठाउँ मेरो निम्ती ‘बट् ह्वाट अ वान्डरफुल डे टुडे’।

गन्तव्य पुगें । सुनसान थियो अस्पताल । केही कर्मचारी र फाट्टफुट्ट डाक्टरहरूमात्र देखिन्थे । मेरी श्रीमती साथमै थिइन् । उनी बिरामी लिएर भित्र डाक्टरकोमा गइन् । म बाहिर कुर्सीमा बसिरहें । डाटा अन गरेर फेसबुक पल्टाउन थालें ।

अनलाइन समाचार र भ्रष्टचारस
सदाझैँ यसले उसले यति उति भ्रष्टचार ग¥यो रे । गरायो रे भन्ने सुन्न हामीलाई कुनै नौलो कुरो थिएन । तर यस्तो संकट, संक्रमणको समय अनौठो नै हो । समाचार कोरोना संक्रमणको दबाई र उपकरण किन्नेको थियो । समाचार लेख्ने– भट्याउने, त्यो सुनेर फेसबुकमा कुर्लिने । रोडमा उफ्रिने र त्यसो गर्दिन– गराउँदिन भनेर कसम खाने बाहेक हुने केही देखिएन । भएन । मेरोमात्र नभएर लाखौं जनमानसको चिन्ता र बुझाइ यही हुन सक्छ । यसको सलुसन के हुन सक्ला ? सोचमा पुगेँ । आखिर म्यानेजमेन्टकै कुरो न हो । जागीरे भएनि राजनीतिमा पनि कुसल व्यवस्थापनको महत्वपूर्ण भूमिका रहन्छ भन्ने लाग्थ्यो ।

त्यो अनुभवले फेसबुक पेजमा लेखिहालें– भ्रष्टचारको अचुक दबाई राजनीतिक कुरो चै पक्का होइन । तिमी भ्रष्टचार भो भनेर कुर्लिन्छौ । भएन लिस्नुबाट ओर्लिन्छौं र रोडमा नि उफ्रिन्छौं । तर त्यसो गर्नाले सिन्को भाँच्चिदैन । किनकि तिमीलाई त्यसको अचुक दबाई नै थाहा छैन या थाहा भएर नि बुझपचाउँदै छौ ? बुझ पचाउन नि बाध्य होला किनकि तिमी जहाँ उभिएका छौ । तिम्रो पछि लाम लाग्नेहरू सबै उस्तै छन् । दुरुस्तै छन् आफूजस्तै । कुरा अझ बुझेनौ !! ‘मिक्स कल्चर पोलिसी’को आवश्यकता इङ्गलिसमा दिएँ है । मिक्स कल्चरले प्रतिस्पर्धाको भावना उत्पन्न गराउँछ तब हरेक व्यक्ति, नेता आफू राम्रो देखिन, गर्न, हुन कोसिस गर्नेछन् । तब इन्टेग्रिटीले ठाउँ पाउँछ । स्वतः भ्रष्टाचार कम हुनेछ । तर शुन्य नै नहुनु चै यनिभर्सल त्रुथ नै हो ।

उहिले लकडाउन
लकडाउन त हाम्रो बाउ–बाजेका पाला नि भएको रहेछ । मेरी साइली काकी (मामसाइली) मेरी आमाको कान्छी बहिनी अनि मलाई जीवन जिउँन सिकाउने पथप्रदर्शक हुनुहुन्छ । वहाँको नाम हो– निरू । माइतीघर ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ उँबु ब्आन्चिकाकु हो । । यो लकडाउनको समय वहाँसँग बसेर केही कुरा बुझ्ने मौका पनि पाएको छु ।

निरु राई

मामसाइलीले भन्न थाल्नुभयो– ‘यस्तो त उहिले पनि भएको थियो रे । लगभग २०२०– २२ सालतिरको कुरा हो । तेरो काका (स्वर्गीय लेफ्टिनेन्ट जितबहादुर राई) पल्टनमा हुनु हुन्थ्यो । गाउँमा हामीलाई अनिकाल प¥यो । पैसा लिएर अन्न किन्न जानुलाई ‘ब्यासा’ भनिन्थ्या र भनिन्छ ।म, ससुरा (तेरोबाजे) लगायत गाउँका चार–पाँच जना मिलेर ब्यासा बोक्न हिड्यौँ । ब्यासा बोक्नु ‘ह्वाम्बा’ (दूधकोसीतरेर) जानु पथ्र्यो । दुधकोसी पारि खोटाङ जिल्ला पर्दछ । जयराम पुल तरेर दुधकोसीको गडतिर भङगालो हुँदै मादले भन्ने गाउँ पुग्नु पर्ने थियो । मादले पुग्न बाटोमा बाँसको लिङ्गोमा डोरिले बाँधेर ढुङ्गा झुन्डाइएको भेटियो । ससुराले भन्नुभयो, यसलाई ‘ठार’ (थार) झुन्डाइएको भनिन्छ । अब उता जान हुन्न । ससुराले भन्नुभयो । उता ‘द्यासान’ (देशान) लागेको छ । मतलब ‘महामारी’ हो । त्यसैले उताबाट पनि नआउनु यताबाट पनि नजानु भनिएको हो । हामी फर्किनुपर्छ भन्नुभयो र हामी फर्कियौँ ।’ यसरी परापूर्व कालमा पनि लकडाउन भएको रहेछ ।

रोगभन्दा मानसिक तनाव बढी
यो तीन हप्ताको समयमा लगभग दसचोटि जति अस्पताल पुगियो । प्राय सुनसान छ अस्पताल । केही डाक्टर, कर्मचारीबाहेक फाट्टफुट्टमात्र देखिए बिरामी । हप्ताको सातै दिन व्यस्त रहने अस्पताल सुनसान छ । किन र मान्छे कोरोना भाइरस लाग्छ भनेर नआएका कि बिरामी नभएर ? त्यसो त पक्का नहोला ! अस्पताल आउन डराए भने पनि बिरामी भएर मान्छे भ्याटभ्याट मर्नु पर्ने तर आर्यघाटमा पोल्ने मुर्दा नै भएन भन्ने समाचार छ ।

विभिन्न किसिमको दबाईको विज्ञापन, रोगको समाचार अनि बढ्दो फोहर मैला, प्रदुषण वास्तवमा हामीलाई त्यसैले ठूलो असर पारेको छ । सानोतिनो केही हुनासाथ दबाई चाहिने जस्को कारण हाम्रो इम्युनिटि पावर घटिरहेको छ र हामी मानसिक कमजोर भइरहेको हुन्छ ।

मेरो काकी भन्नुहुन्छ बेलायतमा त हमेसा दबाई दिन मान्दैनन् डाक्टरहरू । तातो पानी खानु, मुख बार्नु, हिँडडुल गर्नु इत्यादि इत्यादि सिकाउँछन् । दबाई लिन नि डाक्टरको कागज चाहिन्छ ।

त्यो मुलुक र हाम्रोमा कत्ति फरक छ वास्तवमा । सानो केही भो डाक्टरले दबाई दिइहाल्छ निको भइहालिन्छ । कहित डाक्टर नि चाहिन्न मेडिकल आफैले दबाई दिन्छ कति सजिलो ।

हाम्रो रोगी मानसिकता अनि दबाईको राम्रो व्यापार वास्तवमा रोगभन्दा नि दबाईले मरेका छौं भन्दा फरक नपर्ला । नत्र यतिका दिनमा अस्पतालमा मान्छे नटुट्नु पर्ने वा धेरै सँखयामा मर्नु पर्ने हो वास्तविक बिरामी हो भने । कोरोनाको डरले मान्छे घरमा थुप्रेका छन् तर बाँचेकै छन् ।
मेरो बुझाई र निष्कर्स– हाम्रो मुलुकमा दबाईको ठुलो व्यापार र हाम्रो मानसिकता कमजोर पारिदै छ ।

 

ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–३ सिमकाकु वामद्याल
हाल– ललितपुर महानगरपालिका–१३ कुसुन्ती ।
(लेखक युवा व्यवसायी हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published.