१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार…

खेल

काठमाडाैं । १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ ।

कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा थ्रीस्टारले झापा ११ लाई ३–१ ले हराएर अन्तिम ८ मा पुगेको छ । थ्रीस्टारको जितमा बुद्ध चेम्जोङले २ तथा मार्टिनले १ गोल गरे ।

झापाका लागि कर्ण लिम्बूले १ गोल फर्काए । थ्रीस्टार क्लबले १४ महिनापछि पहिलो प्रतियोगिता खेलेको हो । एन्फाको लापरवाहीका कारण एएफसीकपको दोस्रो चरण खेल्न नपाएपछि दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै थ्रीस्टारले पोहोरको कात्तिकदेखि कुनैपनि प्रतियोगिता खेलेको थिएन ।

गएको असोजमा एन्फाबाट डेढ करोड रुपैयाँ क्षतिपुर्ति पाउने सहमति भएपछि थ्रिस्टारले प्रतियोगितामा भाग लिएको हो । प्रतियोगितामा भाग लिन जानेक्रममा ललितपुरमा भएको विदाइमा थ्री स्टार क्लवका महासचिव सञ्जिव शिल्पकारले थ्रीस्टार क्लब ‘सुदूरपश्चिमबाट उदाउने’ बताउनुभएको थियो ।

प्रतियोगितामा आइतबार धरान फुटबल क्लबलाई हराउँदै संकटा अन्तिम ८ मा पुगेको छ ।

Leave a Reply

Your email address will not be published.