लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपमा विजयी

खेल

एजेन्सी ।इङ्ग्लिस एफए कपमा म्यानचेस्टर युनाइटेडले डर्बीलाई २-० ले हराएको छ भने लिभरपुल पनि आफ्नो चिरपरिचित प्रतिद्वन्दि एभर्टनलाई २-१ ले हराउन सफल रह्यो ।

खेलको पहिलो हाफ गोलरहित भए पनि म्यानचेस्टर युनाइटेडले दोस्रो हाफको अन्त्यतिर दुई गोल गरेको थियो । खेलको ८४ औं मिनेटमा लयमा रहेका जेसे लिन्गार्डले टोलीका लागि पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ९० औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

अर्को तर्फ मेर्सी साइड डर्बीमा लिभरपुलले एभर्टनमाथि रोमाञ्चक जित दर्ता गर्‍यो । लिभरपुलका लागि जेम्स मिल्नरले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको ६७ औं मिनेटमा गिल्फी सिगर्ड्सनले एभर्टनका लागि एक गोल फर्काए ।

तर ७५ लिमियन पाउन्डमा हालै लिभरपुल भित्रिएका डिफेन्डर भर्जिल भान डाइकले लिभरपुलका लागि ८४ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे । यस जितसँगै युनाइटेड र लिभरपुल एफए कपको चौथो राउन्डमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published.