पत्रकारद्वय राजेश चाम्लिङ र मिलन तमु पुरस्कृत

समाचार

लिभु संवाददाता
काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता पुरस्कार पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारस्थित मन्त्रालयको सभा कक्षामा उक्त पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशि ३० हजार रुपैया“ रहेको छ । पुरस्कृत पत्रकार चाम्लिङ गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ ।

पत्रकारद्वय राजेश चाम्लिङ र मिलन तमु पुरस्कृतलाई पुरस्कार प्रदान गर्दै मन्त्री वर्षमान पुन, साथमा फोनिक केन्द्रका अध्यक्ष डण्ड गुरुङ, पुरस्कारका संस्थापक सोनाम छिरिङ शेर्पा र फोनिज महासचिव मनोज घर्ती मगर

त्यसैगरी तमु (गुरुङ) सञ्चारकर्मी संघको स्थापना गरेको ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार’ फोटोपत्रकार मिलन तमुलाई प्रदान गरिएको छ । पुरस्कारको राशि दश हजार रुपैया“ रहेको छ । पुरस्कृत पत्रकार तमु बेलायतमा कार्यरत हुनुहुन्छ ।

मन्त्री पुनले राज्यको मूलधारबाट पछाडि परेका र पारिएका समुदायको आवाजलाई मुखरित गर्ने जनजाति पत्रकारलाई पुरस्कृत गर्नु सराहनीय विषय भएको बताउनुभयो । ‘विगतमा राज्यको धार एकखालको थियो, नया“ संविधान जारी भएपछि फेरिएको छ,’ पत्रकारितालाई आर्थिक पक्षस“ग जोड्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पुनले भन्नभयो, ‘आज समावेशी लोकतान्त्रिक गणतन्त्र नै मूल धार हो । हिजो समाजको मूल धारमा नरहेकाहरु मूलधारमा आएको छ । विदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीले नेपालको आर्थिक समृद्धिस“ग जोडेर सहयोग पु¥याउन अनुरोध गर्दछु ।’

फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले नेपालको पत्रकारिता व्यवहारिक रुपमा समावेशी बन्न नसकेको बताउनुभयो । फोनिज युके पत्रकारिता पुरस्कारका संस्थापक तथा बेलायतस्थिति रेडियो बिजिडब्लुएसका प्रबन्ध निर्देशक सोनाम छिरिङ शेर्पाले नेपाललाई लक्षित गरेर माग गर्दैआएको र बेलायतमा नेपाली समाजलाई त्यसले दिशा निर्देश गर्ने बताउनुभयो ।

उक्त समारोहमा फोनिज केन्द्रका वरिष्ठ उपाध्यक्ष गजुरधन राई, उपाध्यक्ष देवी घर्तीमगर, महासचिव मनोज घर्ती मगर, सल्लाहकार गणेश राई लगायत कार्यसमितिका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । साथै, तमु संचारकर्मी संघका महासचिव गंगा गुरुङ, कोषाध्यक्ष लाला गुरुङलगायत विभिन्न संचार माध्यमका संचारकर्मीहरु उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published.