बोक्सीको आरोपमा यातना दिनेलाई हदैसम्मको कारवाही गर्ने, मिलापत्र गर्ने मेयरलाई कडा कारवाहीको माग

मुख्य समाचार समाचार समाज

लिभु संवाददाता । कैलालीको घोडाघोडी नगरपालिका–५ मा राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको विषयमाथि तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारवाही गर्न सरकारले निर्देशन दिएको छ । कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा छानबिन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिएको हो । पीडित राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने र थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने प्रतिबद्धता पनि सरकारले गरेको छ ।

प्रहरीबाट दोषी छुटाउनेहरुलाई तत्काल कारवाही गर्न सरकारले कैलाली जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।
गत विहीबार स्थानीय युवती राधा चौधरीमाथि झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको र पीडक छुटाउन दबाब दिएको समाचार आएपछि  चौधरीमाथि कारवाही प्रक्रिया अघि बढाउन सरोकारवाला द्वारा माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published.