किराँतको प्राज्ञिक गोष्ठी सम्पन्न

मातृभाषा समाज

लिभु संवाददाता
काठमाडौं । किराँत राई प्रज्ञा परिषद्ले सांस्कृतिक पहिचानको खोज र इतिहासलाई पुस्ता हस्तान्तरण गर्नको लागि आयोजना गरेको दुई दिने किराँत राई प्राज्ञिक गोष्ठी सकिएको छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट उक्त गोष्ठी शुरु भएको थियो ।
परिषद्का कुलपति जयकुमार राईले नलेखिएका सभ्यताका इतिहास र संस्कृतिको खोज तथा अनुसन्धान गरी लिखित रूपमा नयाँ पुस्तामाझ कसरी हस्तान्तरण गर्ने भन्ने सन्दर्भमा दुई दिने प्राज्ञिक गोष्ठी आयोजना गरिएको बताए । ‘मातृभाषा, मुन्दुम र मिथकका आधारमा किराँतीहरूका बारे गरिने व्याख्याहरू विरोधाभाष भईरहेका छन’, उनले भने, ‘त्यसैले हामीले विद्वान किराँतहरूलाई बोलाएर यस विषयमा छलफल गरेका हौं । ती छलफलबाट निस्किएका विषयलाई छनौंट गरी अनुसन्धानमा आधारित किराँतको इतिहास उल्लेख गरी नयाँ पुस्तालाई हस्तान्तण गरिने छ ।’
गोष्ठीमा प्राडा नोबलकिशोर राई, पूर्वकुलपति बैरागी काइँला, किराँत संस्कृति अध्येता मञ्जुल याक्थुम्बा, किराँत राई यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राई, कुलपति गंगाप्रसाद उप्रेती समाजशास्त्री, संस्कृतिविद्, लगायत थुप्रै प्राज्ञिक व्यक्तित्वहरूले आफ्नो भनाई राखेका थिए । गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्रलाई सच्याई तथ्यात्मक किराँतहरूको इतिहासको कार्यपत्र प्रकाशन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.