बायुङ भाषाको इतिहास

कला साहित्य -संस्कृति मातृभाषा विचार / ब्लग
डा.लाल–श्याँकारेलु रापचा

बायुङ भाषा चिनिया–तिब्बती महापरिवारको पूर्वी हिमाली शाखाअन्तर्गत किराँती परिवारभित्रको बहु–भाषाहरूमध्ये एक हो । मूलतः रुम्दा(ली), पाइ÷रिनाम्सा(ो)चा, नेचा(ली), हङ्गु(चा) र रोके(चा) समूहभित्र बोलिने यो भाषा बाहिङ नामले पनि चिनिन्छ ।

नब्बेको दशकपछि राज्य पुनर्संरचनाको बहसमा कोँइचवान, खम्बूवान र याक्थुङवान (लिम्बूवान) क्षेत्रहरूमध्ये ओल्लो किराँत अर्थात् कोँइचवानमा बोलिने यस भाषाको मूल थलोमा ओखलढुङ्गाको हर्कपुर, देउसम्बु (रा“गादिप), सर्सेपु (बिगुटार), दाम्सेपु (बरुणेश्वर), सोबुरु (ओखलढुङ्गा), मोब्लोदयाल (नारायणस्थान–अ“धेरी), चुप्लु (बर्णालु), माम्खा, भुसुने, मसेपु (भदौरे), दियाले (आ““पस्वारा), फाकु (लेखर्क), कोङकोदयाल, सेर्ना, मोली, केतुक र सोलुखुम्बूमा नेचा–न(ा)म्लो, बतासे र सिप्लुङ आदि गाउ“हरू हुन् भने चिउरीवास, खोटाङमा पनि वक्ताहरु भेटिएका छन् । यी मूल थलो बाहेक पूर्वी नेपालको विभिन्न भागहरू र विदेशमा समेत वक्ताहरू छरिएर रहेका छन् ।


यस लेखमा किरा“ती–बायुङ भाषाको इतिहास भन्नाले विगतदेखि वर्तमानसम्म यस भाषा सम्बन्धी भए गरिएका अध्ययनलाई इङ्गित गरिएको छ । बायुङ मात्रै नभएर ओल्लो, माझ र पल्लो किरा“त क्षेत्रहरूको जम्मा २७ वटा किरा“ती भाषाहरूलाई एकै साझा चौतारीमा भेला पार्ने काम ई. २००८ मा नै भई सकेको छ । त्यो वर्ष किरा“तविज्ञान अध्ययन संस्थान (रिक), काठमाडौंले ‘इन्डो–नेपाल किरा“ती भाषाहरू ः विगत, समकालीन परिवेश र भोलिका चुनौतीहरू’ प्रकाशनमा ल्याएको छ । यस प्रकाशनले देशको संघीयता, भाषिक नीति निर्माता, पाठक र स्रष्टा आदिसम्मलाई भोलिको दिशानिर्देश गरेको छ ।

यहा“ भने किरा“ती–बायुङको विगत र वर्तमानको अध्ययन अवस्थालाई नियालिने भएकोले पाठक तथा अनुसन्धाताहरूले वा“की किरा“ती भाषाहरूको इतिहासलाई सोही कृतिमा पठन तथा मनन गर्न सक्ने छन् । हुन त बायुङ भाषाकै रौंचिरा नियाल्न पनि सो कृति नै सहायकसिद्ध हुनेछ ।

तुलनात्मक भाषावैज्ञानिक अध्ययनले किराँती–बायुङको नजिकको भगिनी भाषा किराँती–कोँइच –बाह्यनामहरू ः सुनुवार, भुजुवार, पृथवार, सुरेल, मुखिया) हो भन्ने देखाउँछ । त्यसपछि किराँती–राडु (वाम्बुले), जेरुङ र थुलुङसँग देखिन्छ । गर्ड हान्सनको अध्ययनले त झन् आठपहरिया (आठप्रे) र याक्थुङ (लिम्बू) भन्दा पनि कोँइच र बायुङ बढी नजिक भएको बताएको छ । मौखिक इतिहासले पनि त्यसै भन्छ । यी चारै किरा“ती भाषाहरू पश्चिमी किरा“ती समूहका सदस्यहरू हुन् ।

जनगणना ई. २००१ अनुसार २ हजार ७ सय ६२ वक्ताहरूले वोल्ने यस भाषाको सबैभन्दा पहिले अध्यनन गर्ने अध्यतामा ब्रिएन एच हज्सनको नाम अगाडि आउ“दछ । उनैले यस भाषाको व्याकरण रुपरेखालाई ई. १८५७–८ मा प्रकाशमा ल्याएका हुन् । त्यसपछि ‘भारतको भाषिक सर्वेक्षण’ कृतिले ई. १९०९ मा बायुङ भाषाको केही पक्षलाई समेटेको छ । ई. १९५७ मा बोइड मिखाइलोभ्सीले देउसम्बुको भाषिक डाटामा आधारित भएर अनुसन्धनात्मक लेख प्रकाशनमा ल्याएका छन् भने हज्सन र मिखाइलोभस्कीको अध्ययनलाई तुलना गर्दै जोर्ज भान ड्रिमले ई. १९९१ मा अनुसन्धनात्मक लेख प्रकाशनमा ल्याएका छन् । भान ड्रिमको यस लेखबाट हज्सनको पालामा बोलिने बायुङ व्याकरण र मिखाइलोभस्कीको समयसम्म आइपुग्दा बोलिने बायुङ भाषाले आप्mनो कतिपय व्याकरणीय विशेषताहरू गुमाइसकेको छ । यसका कैयौं कारणहरूमा राजनैतिक रणनीति पनि एक थियो । यो वक्तालगायत देशको लागि नै अत्यन्तै दुःखलाग्दो कुरा हो ।

अपुरो परियोजना ‘नेपालको भाषिक सर्वेक्षण’ ले ई. १९९१ मा पूर्वी नेपालको किरा“ती भाषाहरूको बारेमा एक पुस्तक प्रकाशनमा ल्याएपछि मात्रै स्वदेशी अध्यताहरूको पनि ध्यान यतातिर खिचिएको देखिन आएको छ । उनीहरूमा प्राप्ती बाहिङ–सुनुवार ‘चित्र’, लाल–श्याँकारेलु रापचा, वाग–आयाग्यामी यालुङछा, राजेन्द्र थोकर, हिमप्रसाद फुयाल नै हुन् । लाल–श्याँकारेलु रापचाले भने गत दुई वर्षदेखि उत्तरविद्यावारिधिको अनुसन्धानलाई अघि बढाइ रहेका छन् । समाजभाषावैज्ञानिक अध्ययनमा भने मोरिन ली ई. २००० उसो ओखलढुङ्गा छिरेकी छन् । उनकै परियोजनामा वाग–आयाग्यामी यालुङछाले बायुङ सम्बन्धी भाषिक सूचना संकलन गर्ने सुअवसर प्राप्त गरेकी हुन् । कतिपय मातृभाषीहरू पनि भाषालेखन तथा सृजनात्मक कार्यमा तल्लीन रहेको पाइएको छ ।

एकतिर भाषा हराउने क्रम जारी भने अर्कोतिर केही स्वदेशी अध्यताहरू पनि थपिने क्रम जारी छ । भाषा अध्ययन र भाषा हराउनु बीच के सम्वन्ध छ ? भनेर एक निमेष घोरिने हो भने केही सहज उत्तर मिल्दछ । कुनै पनि भाषाको अध्ययन गर्नु भनेको त्यसमा भएको अमूल्य ज्ञानको अभिलेखिकरण गर्नु मात्रै नभएर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै सो अमूल्य ज्ञान सम्वद्र्धन तथा पुस्तान्तरण सम्बन्धी ध्यानाकर्षण गर्दै मातृभाषीहरूलाई सो कार्यमा सहभागी बनाउनु हो । वक्तामात्रै त्यस्ता चिकित्सक वा डाक्टर हुन् जसले आप्mनो अमूल्य भाषिक सम्पत्तिलाई जोगाएर पुस्तान्तरण गर्न सक्छन् । साथै नेपाललगायत संसारकै भाषिक विविधता र चिनारीलाई जोगाउ“दै मानव सभ्यतालाई निरन्तरता दिन सक्छन् । यस बाहेक भाषा राजनीतिको हतियार हो भन्ने कुरालाई केही अनुच्छेद मुनी सुझाउने छु ।

त्यो सुझाइभन्दा पहिले वक्ताहरू आपैंm सहभागी भएर कसरी भाषाको विकास गर्दछन् भन्ने कुराको उदाहरणमा म किरा“ती–बायुङ भाषिक समुदायलाई नै अघि सार्न चाहन्छु । ई. २००९ मा किरा“त बाहिङ मुलुखिमले भाषा र साहित्य सम्बन्धी दुईवटा पुस्तक प्रकाशनमा ल्यायो वक्ताहरूकै सहभागितामा । यसको संयोजन श्रेय भाषावैज्ञानिक डा.मोरिन लीलाई जान्छ । ‘इक्के स्वुम्नि’ (हाम्रो कथा) र ‘बायुङ बर्नमाला नुङ रेक्चोम तरिकाके सेन्चोम लोद’ (बायुङ वर्णमाला तथा लेखन पद्दतीको परिचय) को प्रकाशनपूर्व दर्जनौं बायुङ लेखक–लेखिकाहरूले फुटकर कविता, गीत, कथा आदि प्रकाशनमा ल्याइसकेका छन् । तर उल्लिखित प्रकाशनले सामुहिक भावनालाई उजागर गरी दिएको प्रष्ट पार्दछ ।

यस प्रयासबाहेक शब्दकोश तथा व्याकरण लेखनको कार्य अघि बढिरहेको छ । किराँती–बायुङ मातृभाषाको इतिहासमै पहिलो पल्ट विद्युतीय संचारबाट ‘आदिवासी गुन्जन’ कार्यक्रममा बिहीबार बिहान ८ देखि ८ः३० बजेसम्म प्रसारण हुने टाइम्स् एफएम ९०.६ काठमाडौंले २९ भदौ २०६३ (१४ सेप्टेम्बर २००६) मातृभाषामा “बोःचो ब पोअ्चो ब…” कविता प्रसारणमा आएको थियो । बुद्धवीर बाहिङले मातृभाषामा सोलुखुम्बूको एफएमबाट कार्यक्रम प्रसारण गरेको इतिहास पनि जिउँदै छ । राष्ट्रिय प्रकाशनमा पनि ‘गोर्खापत्र’को समावेशी नयाँ नेपाल पानामा यस भाषाको लेख सामेल भई सकेको छ । मैले सुरुमै कुरा कोट्टयाएभैंm यस मातृभाषाको रौंचिरा हेर्नलाई ‘इन्डो–नेपाल किरा“ती भाषाहरू ः विगत, समकालीन परिवेश र भोलिका चुनौतीहरू’ नै पढ्नु पर्ने हुन्छ ।

कतिपय पाठकहरूलाई लाग्दो हो यो अङ्ग्रेजी र अवसरको जमानामा मरणासन्न किरा“ती–बायुङ भाषाको यत्रो विदी भाषिक वकालत किन ? यसको महत्व त अघि पनि उल्लेख भयो । र यहा“ अघि वाचा गरेको कुरो भाषा र राजनीति बीचको सम्बन्ध जोड्नु नै हो । यो सम्बन्ध जोडेर म यस भाषिक इतिहास सम्बन्धी लेखलाई बिट मार्न चाहन्छु ।

मानवीय जीवन भाषाले गर्दा नै सम्पूर्ण जीवभन्दा फरक छ । मान्छे हुनुको अर्थ भाषा हुनु हो । भाषा नहु“दो हो त अरु प्राणीहरूले मान्छेलाई शासन गरी रहेका हुने थिए । त्यसैले भाषा भन्ने कुरा अस्तित्व सहित चिनारी पनि हो । चिनारी बेगरको अस्तित्व अर्थहीन हुन्छ । भाषा आज संघीयताको आधार पनि बनेको छ । विगतको “एउटै भाषा” भन्ने नारा र “एउटै भाषाले शासन गर्नु पर्छ” भन्ने मान्यताले अब कोल्टो फेरिसकेको छ । एकलबाट अब नेपाली समाज बहुलमा रुपान्तरण भइरहेको यस शुभ साइतमा किरा“ती–बायुङ भाषा र साहित्यको इतिहासलाई पनि सुनौलो अक्षरले लेख्न अबेर भइसकेको हु“दा यतातिर ध्यान जानु आवश्यक छ ।

२०६७ असार (२५ जुन २०१०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *