यलम्बर सङ्गीतको उपाधी अम्बिकालाई

कला साहित्य -संस्कृति

लिभु संवाददाता
खोटाङ असार–१४,  सामाजिक जागरण र संस्कृति संरक्षणका लागि आयोजना हुँदै आएको ‘यलम्बर सङ्गीत प्रतियोगिता–५’को उपाधी अम्बिका राईले जित्नुभएको छ । किरात राई सांस्कृतिक कलाकार संघले आयोजना गर्दै आएको प्रतियोगिताको उक्त श्रृंखलामा हलेसी तुवाचुङ नगरपालिका–१ का अम्बिका उत्कृष्ट बन्नुभएको हो ।

यलम्बर संगीतको पाँचौं शृंखलामा प्रतिस्पर्धी दश कलाकारहरु

प्रतियोगिताको प्रारम्भिक छनौटमा परेका उत्कृष्ट १० गायन प्रतिस्पर्धीहरुबीच शनिबार ललितपुरस्थित जिल्ला समन्वय समितिको हलमा अन्तिम प्रतिस्पर्धा भएको थियो । संगीतको माध्यमबाट किरात संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको अन्य तीन शीर्ष पुरस्कार पनि खोटाङकै प्रतिभाले प्राप्त गरेका छन् । पाँचौ श्रृंखलामा हलेसी तुवाचुङ नगरपालिका–८ का किस्मत राई दोश्रो र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका प्रदिप राईले तेश्रो स्थान प्राप्त गरेको किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले उललेख गरेको छ ।

प्रतियोगिता अन्तर्गत खोटाङस्थित जन्तेढुंगा गाउँपालिका–४ का सन्ध्या राई दर्शकको छनौटमा परी पुरस्कृत हुनुभएको छ ।

प्रतियोगिताका प्रथम, दोश्रो र तेश्रो बन्न सफल गायन प्रतिभाले क्रमशः नगद २५ हजार ५ सय ५५, ८ हजार ८ सय ८८ र ५ हजार ५ सय ५५ सहित प्रमाणपत्र प्राप्त गरेका छन् । उत्कृष्ठ तीनै जनाले एक–एक वटा गीत रेकर्ड गर्ने अवसर समेत पाउने बताईएको छ ।

यलम्बर संगीतको पाँचौं शृंखलामा सम्मानित कलाकार लगायत सहभागीहरु

संघको १४ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको फाईनल प्रतिस्पर्धामा दर्शकका छनोटमा पर्नुभएकी खोटाङस्थित जन्तेढुंगा–४ की सन्ध्या राईले नगद ५ हजार रुपैंयाँ सहित प्रमाणपत्र पाउनुभएको छ ।

 

प्रतियोगितामा सहभागी हुने प्रतिभाका लागि किराती जागरणका गीतहरु मात्र गाउन पाउने ब्यवस्था गरिएको थियो । प्रारम्भिक चरणबाट छनौट हुने उत्कृष्ट दश प्रतिभालाई किराती इतिहास, भाषा, संस्कृति आदिको विषयमा प्रशिक्षण दिएर अन्तिम प्रतिस्पर्धामा उतारिएको संघका केन्द्रीय सदस्य पदम थुलुङ राईले जनाउनुभयो । उत्कृष्ट दशलाई किराती ऐतिहासिक स्थलहरुको भ्रमण, स्थलगत अध्ययन तथा अवलोकन समेत गराईएको थियो ।

 

प्रतियोगिताको पहिलो श्रृंखला गायक सागर संसार राईले जित्नुभएको थियो । त्यसपछि क्रमश ः निश्चल राई, नम्रता राई र गत बर्ष सोनाम राईको नाममा यलम्बर सङ्गीतको उपाधी गएको थियो । उपाधी बिजेता सवै प्रतिभा हाल स्थापित गायक–गायिकाका रुपमा चिनिन्छन् ।

 

बिभिन्न विधामा सम्मान तथा पुरस्कार

संघको स्थापना दिवसको अवसरमा किरात संस्कृतिविद् गडुलमान राईलाई नगद १० हजार रुपैंयाँसहित सम्मान गरिएको छ ।
यसैगरी, हाँस्य कलाकार उमेश राई (फुलन्देकी आमा), गायक भिषण मुकारुङ, चलचित्र निर्देशक चन्द्र वाम्बुले राई र थुलुङ राई साँस्कृतिक प्रतिष्ठानलाई समेत पुरस्कार प्रदान गरिएको छ ।

किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले बर्षेनी यस्तो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कपिल मेख्खु राई कमेराको फेसबुक

यलम्बर सङ्गीत–५ को उपाधी अम्बिकालाई

Leave a Reply

Your email address will not be published.