बाँसुरीको शक्ति

विचार / ब्लग

टिकाराम राई (टोक्सीपुम्ले माइला)

पहिलो बाँसुरी दिवस साउन १४, २०७४

यसपाली मैले मेरो छोराले ललितपुरको सेन्ट जेभिएर स्कुलमा नेपालभरिको हिज्जे प्रतियोगिता जुनिएर समुहमा सहभागीहुन लाग्दामैले म पढेको विद्यालय श्री राज्य लक्ष्मी विद्यालय उँवुलाई २०४६ सालमा जिल्ला स्तरमा भएको सांस्कृतिक कार्यक्रममा बाँसुरी बाद्येवाधनले जिल्ला स्तरमा प्रथम भएको र २०४८ सालको हिज्जे प्रतियोगितामा प्रथम भएको उधारण दिँदै राम्रोसंग पढन भनेर प्रेरणा दिंदै आएकोमा त्यही प्रेरणाले साँच्चै जुनियर समुह प्रथम भयो र सिनियर समुह चाँहि द्वितीयमा चित्त बुझाउनु परेको थियो ।यसरी आफु पढेको विद्यालय राज्य लक्ष्मीलाई २ पटक जिल्ला स्तरीय प्रतिस्पर्धामा प्रथम पुर्‍याउन सकेकोमा अझै आफुलाई गर्व लाग्छ । त्यसबेला गायककार भल बहादुर अधिकारी हुनुहुन्छ ।साच्चै नै जिल्लाको अन्य विद्यालयले हार्मोनियम लगायत अन्य वाद्देबादन सहित गीत गाएको अबस्थामा हामी कसरी जित्छौं भनेर आशा पनि थिएन । परिणाम घोषणा गर्दा त श्री राज्य लक्ष्मी माद्यमिक विद्यालय आउदा त खुशीको सीमा रहेन ।तर पछिल्लो बर्षहरुमा हार्मोनियम सहित जिल्ला स्तरको सांस्कृतिक कार्यक्रम सहभागी हुँदा चाँहि सान्त्वनामा चित्त बुझाउनु परेको अझै याद छ ।

प्राचीनकालमा बाँसुरी बजाएर रमाईलो गरेको पाइन्छ । महाभारतमा श्रीकृष्णको वाल्यकाल बाँसुरीमा नै वितेको हुन्छ । कृष्णले बाँसुरीलाई भाषाको रुपमा प्रयोग गरेका थिए । बाँसुरी बजाएर नै गाईहरु बोलाउने र धपाउने गर्थ्यो । यसो हेर्दा कृष्णको बाल्य दिनचार्य बाँसुरी थियो ।यसरी देवी देवता सरस्वतीले बीणा समातेको देखिएको बाहेक यसरी कुनै देवी देवताले सधैभर बाद्यबादन पेवाको रुपमा लिएको पाइदैन।झट्ट हेर्दा बाँसुरी र मुरली एउटै देखिएता पनि यसमा केही फरक छ ।मुरलीलाई सनइ जस्तै नरोकीकन बजाउन सकिन्छ भने बाँसुरी चाँहि केही गीतको अन्तरलमा बजाउनु पर्छ । यो सजिलै बोक्न सकिने पानीले भिजाउला र बिग्रला भन्ने डर पनि हुदैंन ।गाँउमा भएको बाँस पनि सजिलै बनाउन सकिने र किन्दा पनि सय रुपैयामा पनि पाइन्छ । बजारको बाँसुरीमा अम्लाले ढाक्ने दुलोको दुलो सानो ठुलो र दुरी फरक राख्‍नाले त्यति भाका टिप्दैन । यसरी राम्रो हेरेर किन्नु पर्छ कि स्केलवाला बाँसुरी किन्नु पर्छ ।ठुलो स्केल चाँहि सासले पुर्‍याउन गार्‍हो नै हुन्छ ।त्यसैले आफु बजाउन कति अभ्यास गरेको त्यही अनुसार बाँसुरी छनोट गर्नु पर्छ ।उहिले गाँउमा आफु लोकप्रिय हुन बजाउने गर्थे ।बाँसुरी सित्तै वा सस्तो मूल्यमा पाएर पनि यसको आवाजले संसारै ढाक्छ ।

हाम्रो गाँउ ह्वल्माफुमा बाँसुरी बजाउने धेरै थिए र छन मलाई सुनुसुनु गरी बजाउने चन्द्रको बाबु थिए । अचेल त्यति बजाउनुहुन्न , बजाउन अनुरोध गर्दा लजाउन हुन्छ ।धेरै अनुरोध गरेपछि बजाउनु हुन्छ । मेरो बाँसुरीको गुरु उँहा नै हो । उहाँले बजाएको सुनेर सिके र २०४६ सालको जिल्ला स्तरीय साँस्कृतिक प्रतिस्पर्धामा सर्व प्रथम भएको थिए ।पढाइले मात्र नभएर बाद्यबादनमा पनि सर्व प्रथम एउटा उपलब्धी थियो त्यही उदाहरण यसपालीको हिज्जे प्रतियोगितामा मेरो छोराको समुहले सेन्ट जेभिएरमा सर्वप्रथम भयो ।यसरी बाँसुरीको महिमा गर्दछु । साउन-१५ गते बाँसुरी दिवस मनाउनको लागि वाम्बुले राईले प्रत्येक वर्षको साउन-१५ मा बाँसुरी बजाउने आयोजना गर्छ । यो आयोजना गर्ने कुरामा दाजु तथा पेशाले पत्राकार गणेश राई सक्रिय हुनुहुन्छ । उहाँले यो कार्यक्रम गराउनु हुन्छ वभिन्न पत्रकिमा फेसवुकमा पनि पोष्ट गर्नु हुन्छ । यसरी वाम्बुले राईको अन्य कार्यमा लिब्जु भुम्जुको प्रधान सम्पादक रहेर हाम्रो वाम्बुलेको पहिचानको लागि सक्रिय रहने आदरनीय दाजु गणेश राईलाई बिर्सेमा एउटा भुल भएको मानिन्छ ।वाम्बुले राई समुहका मानिसहरुलाई राज्यको उपल्लो स्थानमा पुर्‍याउन प्रेरणादायक पनि हुनुहुन्छ ।

हाम्रो गाँउमा बाँसुरी बजाउने जान्ने मानिसहरु धेरै छन जसमध्ये ह्वाल्माफुको बडाजित राईले एकघमदम घुमाएर बजाउनुहुन्छ । उहाँले बजाएको बाँसुरी जति सुने पनि सुनुसुनु जस्तो लाग्छ ।बाँसुरी र सनइ जति घुमाएर बजायो त्यति राम्रो सुनिन्छ । बडाजित राईले पुग्दो भाकामा घुमाएर बजाउनुहुन्छ जसरी गीत घुमाए जस्तै ।त्यसैगरी ह्वाल्माफुमा बाँसुरी बजाउने प्रेम बहादुर राई, सुबाले राई, गन्दे राई, भदौरे अन्तरे, रुद्र राई, सिताराम राई, जेबी राई र म आफै पनि बजाउने मानिसहरुमा पर्छु ।त्यसैगरी उँवु रिनुवालमा विसौगात, खाचापुमा ढुक्काराज राई, शंखराई, मुम्चे राई, उँवुभरि थुप्रै बाँसुरी बजाउने हुनुहुन्छ । मानेभञ्‍ज्याङ, उयपुर, रिचुवा, हिलेपाने, थाक्लेमा पनि बाँसुरी बजाउने मानिसहरु हुनुहुन्छ । उहाँहरको नाम पानामा लेख्दा नामले मात्र नोटबुक, कपि भरिन्छ । खयर म जस्तै प्रतिस्पर्धामा सहभागी हुने मौका पाउनु भएको छैन होला ।

आफुले पढेको विद्यालय श्री राज्य लक्ष्मी माद्यमिक विद्यालयलाई यसरी २ पटक जिल्ला स्तरीय प्रतिस्पर्धामा सर्वप्रथम एउटा बाँसुरी हो । अहिले साउन १५ गते नजिक आउदै गर्दा र मेरो छोरालाई प्रेरणा दिने सन्दर्भमा सम्झे । एउटा बाँसुरीको शक्तिले वभिन्न जिल्लावाट विभिन्न बाद्यवादन सहित आएका प्रतिस्पर्धीहरुलाई जिताएको यादले छोरालाई प्रेरणा दिन सजिलो भयो ।अझै साउन-१५ गते बाँसुरी बजाई धुमधामसंग बाँसुरी दिवस मनाई यसको महत्वलाई बढाउने प्रयासमा छु ।

Leave a Reply

Your email address will not be published.