शुभलाभको चालू बजेट १ अर्ब २० करोड ५६ लाख

अर्थ / वाणिज्य समाचार

लिभु संवाददाता
ललितपुर– शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६÷७७ का निम्ति १ अर्ब २० करोड ५६ लाख ९३ हजार ८ सय बजेट पारित गरेको छ ।

शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा

सभाले सहकारी ऐन तथा नियमावली संशोधन भएसँगै शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको विभिन्न नियम विनियमहरु संशोधनसहित पारित गरेको छ । सभामा ललितपुरको ठैबमा संचालित इम्यानुयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई शुभलाभ बहुउद्देश्यीय सहकारीमा एकीकरण भएको घोषणा गरिएको छ । एकीकरणसँगै अबदेखि ठैबमा शुभलाभको सेवा केन्द्रमार्फत् शेयर सदस्यलाई सेवा पु¥याउने जानकारी गराइएको छ ।

शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा

त्यस अवसरमा ज्येष्ठ नागरिक शेयर सदस्य ११ जनालाई दोसल्ला ओढाएर जनही तीन हजार रुपैयाँ र प्रमाणपत्रबाट सम्मान प्रदान गरिएको थियो । कार्यसम्पादनका आधारमा बजार प्रतिनिधि कर्मचारीहरु बिमला श्रेष्ठ, भिमराज राई र अस्मिाता राईलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँ राशि तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएका थिए । शेयर सदस्यमध्यबाट ज्येष्ठ सदस्य त्रिचन्द्र बहुमुखी क्याम्पसकी पूर्वसहप्राध्यापक ८० वर्षीया रत्ना राजकर्णिकार र शुभलाभका अध्यक्ष तिखबीर राईले उक्त सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।

शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा

अध्यक्ष राईले शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै यो वर्ष १ करोड २६ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको जानकारी गराउनु भयो । शुभलाभमा हाल १ हजार ७ सय ९१ म्हिला र १ हजार ६ सय १६ जना पुरुष गरी ३ हजार ४ सय ७ जना शेयर सदस्य रहेका छन् । ‘शुभलाभले आव ०७५÷७६ मा ७३ करोड ८८ लाख २७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ,’ अध्यक्ष राईले प्रतिवेदनमा भन्नुभयो, ‘यो गत वर्षको तुलनामा २५ दशमलब ८८ प्रतिशले वृद्धि भएको हो ।’ संस्थाका कोषाध्यक्ष आङदावा शेर्पाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी लेखा समितिका संयोजक बिरेन्द्रकुमार लाखेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा

औपचारिक समारोहलगत्तै ‘क्रेडिट रिस्क म्यानेजमेन्ट इन नेपलिज कोअपरेटिभ सोसाइटिज’ शीर्षकमा विद्यावारिधि हासिल गर्नु भएको डा. ज्ञानेन्द्रप्रसाद पौडेलले सहकारी सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । सन् १८४४ मा बेलायतबाट सुरु भएको सहकारी अभियान नेपालमा वि.सं.२०१३ सालमा सहकारीको सुरुवात भएको बताउनु भयो । नेपालमा हाल ३४ हजार ५ सय १२ वटा जति सहकारी संस्था रहेको मुलुक संघीय संरचनामा परिणत भएपछि सरकारले नियमन नीति अघि सारेको उल्लेख गर्नुभयो ।

‘शुभलाभ सहकारीको २१औं साधारण सभा भव्यतासाथ सम्पन्न गर्नको निम्ति पुसको वर्षात र चिसोको बाबजुत पनि उपस्थित भैदिनु भएकोमा सम्पूर्ण शेयर सदस्यप्रति हार्दिक आभार ब्यक्त गर्दछु,’ आभार प्रकट गर्दै अध्यक्ष राईले भन्नुभयो, ‘साथै संस्थाका संचालक समिति, लेखा समिति, सल्लाकारज्यूहरू, विभिन्न उपसमितिका साथीहरू र कर्मचारी मित्रहरूलगायतलाई साधारण सभा सफल पार्नको निम्ति सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।’ ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा सम्पन्न साधारण सभा हल बाहिर सिमसिम पानी पर्दै गर्दा शुभलाभका शेयर सदस्यहरु भने भित्र रमाइरहेका थिए ।

२०५६ सालमा स्थापित शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थालाई २०६३ साल जेठबाट नयाँ व्यवस्थापनले कारोबार सुचारु राख्दैआएको हो । यो संस्थाको ललितपुर महानगरपालिका वडा नं.१५ सातदोबाटो चोकमा पाँचतले निजी ‘शुभलाभ भवन’ कार्यालय रहेको छ । लगनखेलस्थित स्काउट भवनमा सेवा केन्द्र रहेको छ भने २१औं साधारण सभामा ठैबमा समेत सेवा केन्द्र विस्तारको घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published.