हिलेपानीको पहिलो वाम्बुले डाक्टर बलराज राई

समाचार

लिभु संवाददाता
काठमाडौं– उमेर २६ वर्षीय बलराज राई अबदेखि ‘डाक्टर बलराज राई’ भनेर चिनिदैछन् । हो, भरखरै उनले एमबिबिएस (ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी) अध्ययन पूरा गरेका छन् । अब इन्टर्न चिकित्सकका रूपमा समुदायमा खटिने छन् ।

बलराज राईको जन्म वि.सं. २०५२ असोज २१ गते ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी गाउँमा भएको हो । उनी बुवा जबरधन राई (वाम्बुले द्वार्वाङ्चा) र आमा तिबलसरी राई (गुर्भामे)का ६ सन्तानमध्ये माइला छोरा हुन् ।

हिलेपानीस्थित श्री महादेवस्थान माध्यमिक विद्यालयमा औपचारिक शिक्षा आरम्भ गरेका थिए । उनले सोही विद्यालयबाट एसएलसी पहिलो ब्याच २०६७ मा प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । त्यसपछि छात्रवृत्ति प्राप्त गरी कास्की जिल्लाको सगरमाथा उच्चमावि पोखरामा विज्ञान विषय लिएर पढेका थिए । उनले कक्षा ११ र १२ प्रथम श्रेणीमा उत्तीर्ण थिए ।

त्यसपछि नेपाल सरकार शिक्षा मन्त्रालयबाट २०७२ सालमा छात्रवृत्ति प्राप्त गरी चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्ने अवसर पाएका थिए । उनले २०७८ सालभित्र सोही कलजेबाट एबिबिएस अध्ययन पूरा गरेका हुन् । उनी भन्छन्– ‘अहिले गाउँमा छु, अब इन्टर्नसिपमा खट्ने तयारी गर्दैछु ।

एक साधारण किसानको छोरो चिकित्सक बन्न सक्नु गर्वको विषय हो । बलराज किरात वाम्बुले राई समुदायमा हिलेपानी गाउँबाट एबिबिएस शिक्षा हासिल गर्ने पहिलो युवा हुन् । यसअघि मानेभन्ज्याङ–३ खचापु निवासी भूपू ब्रिटिस गोर्खा बालकाजी राईकी छोरी निशा राईले एबबिबिएस गरेकी थिइन् । डा. निशा राई हाल बेलायतमा चिकित्सकका रूपमा कार्यरत छिन् ।

Leave a Reply

Your email address will not be published.