बलिउड अभिनेता श्रीवल्लभ ब्यासको निधन

मनोरन्जन

काठमाडौ। बलिउड अभिनेता श्रीवल्लभ ब्यासको निधन भएको छ । अमिर खाना अभिनित सुपरहिट चलचित्र ‘लगान’मा इश्वर काकाको भुमिका समेत निर्बाह गरेका उनी ६० बर्षका रहेका थिए ।

लामो समयदेखि प्यारालाइसिस र उच्चरक्तचापको समस्या झेल्दै आएका ब्यासले उपचारको क्रममा अस्पतालमा अन्तिम सास लिएका हुन् । २००८मा प्यारालाइसिसका कारणले उनलाई चिकित्सकले बेड रेष्टको सल्लाह दिएका थिए ।

आर्थिक समस्यका कारण राम्रो उपचार गर्न नपाएका उनी पत्नी शोभा र छोरिहरुका साथ पछिल्लो समय जयपुरमा बस्दै आएका थिए । यो स्थानको बसाइमा उनीहरुलाई  अभिनेता आमिर खान, इमरान खान र मनोज वायपेजीले शरण दिएको मिडियाहरुले जनाएका छन् ।

१९९१ मा चलचित्र अभिनयमा भित्रिएका श्रीवल्लभले ‘सरदार’, शाहरुख खानका साथ ‘माया मेन साप’, ‘वेलकम टु सज्जनपुर’, ‘सरफरोश’, ‘लगान’, ‘बन्टी और बबली’, ‘चाँदनी बार’ र ‘विरुद्ध’ लगायत ६० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनले ‘आहट‘, ‘सीआईडि’ जस्ता सिरियलमा पनि महत्वपुर्ण भुमिका निर्बाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published.