कविता भइन् मिस तामाङ

मनोरन्जन

काठमाडाैं । मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जितेकी छिन् । बैदाम तामाङ सेवा समाजले २८५४औँ सोनाम ल्होसारको अवसर पारी पोखरामा आयोजना गरेको पाँचौँ संस्करणको प्रतियोगिताको फाइनलमा कविताले आफ्ना १५ प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष उपाधि जितेकी हुन् ।

युवा पिँढीलाई तामाङ संस्कृति र संस्कारबारे जानकारी दिने उद्देश्यले आयोजित प्रतियोगितामा कविताले शीर्षसहित मिस ट्यालेन्टको उपाधि र नगद ३० हजार पुरस्कार पाइन् । प्रतियोगितामा काठमाडाैँ स्वयम्भूकी सुस्मिता गोले तामाङ फस्र्ट रनरअप भइन् । उनले २० हजार पुरस्कार पाइन् ।

त्यसैगरी, सेकेन्ड रनरअप विजेता पोखरा लेकसाइडकी अमिता लामाले १५ हजार नगद पाइन् । सुस्मिताले पब्लिक च्वाइस र मिस कन्फिडेन्ट तथा अमिताले सेकेन्ड रनर अप र फोटो जेनिकको उपउपाधि जितेकी थिइन् । भिवर्स च्वाइसको उपाधि पोखरा लालीगुराँस टोलकी सोनी तामाङले प्राप्त गरिन् । ब्युटी विथ पर्पोजको उपाधि पनि जितेकी उनलाई १० हजार रुपैयाँ पुरस्कार दिइएको थियो ।

प्रतियोगितामा मालेपाटनकी नीलम तामाङले मिस कल्चर, बालाजुकी मोनिका तामाङले मिस फ्रेन्डली, पोखरा नयाँबजारकी ओमिशा घिसिङले मिस बेस्ट स्किन, पोखरा याम्दीकी लक्ष्मी गोम्जा तामाङले बेस्ट हेयर, पोखरा रत्नचोककी शशि तामाङले मिस ब्युटीफुल, मालेपाटनकी विष्णु मोक्तानले मिस डिसिप्लिन, पोखरा सिम्पानीकी सोनाम बम्जनले बेस्ट स्माइल, पोखरा फूलबारीकी सुस्मिता तामाङले बेस्ट वाक, पोखरा लालीगुराँसटोलकी पनिता तामाङले मिस अर्गनाइजर च्वाइस, लेकसाइडकी इशिका तामाङले बेस्ट पर्सनालिटी र मालेपाटनकी सेलिना मोक्तानले बेस्ट पर्फमरको उपाधि जिते । प्रतियोगिता भव्य रूपमा सम्पन्न गरिएको दाबी आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *