मानेभञ्ज्याङ्ग गाउपालिकामा तालिम सञ्चालन हुदै

प्रदेश प्रदेश १ समाचार

लिभु संवाददाता
ओखलढुंगा मानेभञ्ज्याङ्ग गाउपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक (सिटिईभिटी) अन्तर्गत बालीविज्ञान सम्बन्धी तालिम सन्चालन गरेको छ । सिप र क्षमतालाई अभिवृद्धि गर्नको लागि उक्त तालिम मानेभञ्ज्याङ्ग स्थित ५ वडामा सञ्चालन गरेको हो ।
प्राविधिक विषय सम्बन्धी तालिम सञ्चालन गरेपछि ज्ञान र सिप बढ्दै जाने भएकोले तालिम सञ्चालन गरेकोे मानेभञ्ज्याङ्ग गाउँपालिकाका वडाअध्यक्ष रामकुमार राईले बताए । ‘उनीहरुको ज्ञान र सिपको विकास गर्नको लागि तालिम सञ्चालन गरेका हौँ,’ उनले भने ‘तालिम लिएपछि राम्रो रोजगार पाउँछन भन्ने आशामा छौँ ।’ उनका अनुसार तालिम लिईसकेपछि उनीहरु सक्षम भएर प्राविधिक कार्य देखि लिएर कृषी गर्न सक्ने छन् । अध्यक्ष राईका अनुसार १८ महिना सम्म तालिम सञ्चालन गरिने छ । उक्त तालिममा ४० जनाले सहभागी लिएका छन् । उक्त तालिम सञ्चालन गरेको करिब ७ दिन जति भईसकेको छ । एसएलसी पास गरेका सबैलाई समावेशीता ढंगले उक्त तालिममा सहभागी गराएको राईले जानकारी दिए ।
तालिम सञ्चालनको लागि गाउँपालिकाबाट १० लाख बजेट विनियोजन गरेको अध्यक्ष राईले बताए । उनका अनुसार सो बजेट किताब, कक्षाकोठा लगायत उक्त तालिमको लागि स्रोत साधन जुटाईने छ । सरकारले आगामी २ वर्षभित्र सम्ममा प्रत्येक स्थानीय तहमा सिटिईभिटीबाट मान्यताप्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने योजना अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published.