लिब्जुधामको पुजारीमा अमलाल राई

Amlal Rai Dhwangkurmo Naakso

लिभु संवाददाता
ओखलढुंगा । किरात वाम्बुले राईको कुलदेवता लिब्जु उपो धामको पुजारीका रूपमा अमलाल राईलाई चयन गरिएको छ । लिब्जु उपो सामाथान संरक्षण समाज नेपालले चयन गरेको हो ।

ढ्वाङकुर्मो नाक्सो अमलाल राईलाई लिब्जुधाम पुजारीका रुपमा चयन गरेपछि लिब्जु उपो सामाथान संरक्षण समाज नेपालका अध्यक्ष शेरबहादुर राईलगायत पदाधिकारी सदस्यका साथमा ।

अमलाल राई ढ्वाङ्कुर्मो नाक्सोसमेत हुनुहुन्छ । यही २०७७ मंसिर ९ गते बसेको समाजको बैठकले उहाँलाई लिब्जु उपो सामा (देवता)को गुठेरी (पुजारी)मा चयन गरिएको समाजका महासचिव विशेष राईले जनाउनु भएको छ ।

‘किरात वाम्बुले राईको ढ्वाङकुर्मो नाक्सो श्री अमलाल राईलाई चयन गरी नियुक्ति गरिएको सहर्ष जानकारी गराउन चाहन्छु,’ महासचिव राईले लेख्नुभएको छ, ‘पुजारीले हप्ताको एक दिन सामाथानमा पुगी सामाथानको पुजाआजा, रेखदेख, भेटीपाती व्यवस्थापन आदि गर्नु पर्नेछ ।’

प्रकाशित : बिहिबार, मङि्सर ११, २०७७०५:०८

पत्रकार सुनुवार राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकार