विश्व वातावरण दिवस–२०२१ सन्दर्भमा : मुक्तक

कला साहित्य -संस्कृति

मुक्तक

गणेश राई

१. उभौली
क¥याङकुरुङले आकाश छुँदै भने उभौली लाग्यो
माछाको हुलले नदी उधिन्दै भने उभौली लाग्यो
हलो जोत्ने कृषक नदी तीरमा बल्छी खेल्न पुगे
संसारी माईको पूजा गर्दै भने उभौली लाग्यो ।

२. उधौली
हिउँदमास ओर्लिदा फाफरे चरी बेंसी झर्छ
माछा बहँदै ओरालो, क¥याङकुरुङ बेंसी झर्छ
किसानहरू भित्र्याउँछन् अनाज गर्छन् न्वागी
हिमाल, पहाड, तराई चौतर्फी ठण्डी बेंसी झर्छ ।

३. कोरोना
उभौली न उधौली साकेला न नाच्न पाइयो
ढोलझ्याम्टा साकेला थानमा न नाच्न पाइयो
चौरस्ताभरि कोरोना फिंजिएपछि के लाग्छ र
शूनसान हरिया डाँडापाखा हेरेर बाँच्न पाइयो ।

४. डाँडै काट्ने
हाम्रो नेपालको पर्यावरणीय चक्र मिलाउनु छ
सिद्धबाबाको डाँडै काट्ने सरकारको प्रस्ताव छ
डब्लुडब्लुएफले जेसुकै नीति ल्याओस् के मतलब
चुरे पहाडको उबडखाबड समक्क सम्म्याउँछु ।

हाल– ललितपुर, नेपाल ।
फोटो स्रोत : गुगल
(नोट– विश्व नेपाली साहित्य महासंघ साउथ युकेले आयोजना गरेको दुई दिने (जुन ५ र ६, २०२१÷२०७८ जेठ २२ र २३ गते) आयोजना गरेको ‘छैटौँ वातावरण साहित्य गोष्ठी’ भर्चुअल इको मुक्तक समारोहमा दोस्रोबाहे तीनवटा मुक्तक वाचन गरिएको थियो । सम्पादक)

Leave a Reply

Your email address will not be published.