किराती भाषाहरूको स्थितिगत विश्लेषण
१.० रूपरेखा
यस सङ्क्षेपीकृत लेखनलाई मुख्य पाँच खण्डहरूमा व्यवस्थित गरिएको छ । पहिलो खण्ड (१.१) मा यस लेखनको पृष्ठभूमिबारे खुलाइएको छ । खण्ड (१.२) मा किरात भाषिक स्थितिको विश्लेषण गर्न खोजिएको छ । खण्ड (१.३) मा किरात भाषिक क्षेत्रहरूबारे संक्षिप्त चर्चा गरिएको छ । खण्ड (१.४) मा किरात वृक्ष–रेखाचित्रको तुलनात्मक व्याख्या एवं विश्लेषण गरिएको छ । अन्तिम खण्ड (१.५) मा समग्र लेखनको निष्कर्ष निकालिएको छ । अन्त्यमा, सिङ्गो लेखनलाई स्वयं लेखकको परिचय सहित सारांशमा लगेर टुङ्ग्याइएको छ ।
१.१ पृष्ठभूमि
किराती भाषाहरू कति छन् होला ? यसबारे हामी धेरैलाई अलमल हुने गरेको छ । साथमा विभिन्न कोणबाट व्याख्या–विश्लेषण गर्ने गरिँदै आएको छ । विशेषतः तिनीहरूको नाम र सङ्ख्यामा नै अलमल परेको स्पष्ट छ । यो लेखनको आशय ती अन्यौलतालाई चिर्नु र किराती भाषाहरूका नालिबेली खोतल्नु रहेको छ । तिनको बारेमा भाषावैज्ञानिक पाटोबाट तथ्यगत आधारलाई तर्कसङ्गत विश्लेषण गर्नु रहेको छ ।
किराती भाषा विकासको श्रृङ्खला जति खज्बजिँदो छ, त्योभन्दा अझबढी त्यस निम्ति गरिएका प्रयासहरू जर्खरिँदो छ । अध्ययन अनुसन्धानले देखाएका कतिपय निश्कर्षहरू आपैmमा बाझिएका पनि छन् । आपसी बोधगम्यताका आधारमा किराती भाषाहरूले एकआपसमा के कति नजिक वा टाढाको सम्बन्ध राख्दछन् भन्नेबारेको भाषावैज्ञानिक व्याख्या विश्लेषणलाई पनि अर्काे महत्वपूर्ण पाटोको रूपमा सविस्तार चर्चा गरिएको छ ।
१.२ भाषिक स्थितिको विश्लेषण
दुई दर्जन बढी किराती भाषाहरूले एक आपसमा के कति नजिक वा टाढाको सम्बन्ध राख्दछन् ? भन्ने विषय आपैmँमा जति रोचक छ, साथमा त्यतिकै महत्वपूर्ण पनि । भौगोलिक हिसाबले वा भाषिक समुदायको अवस्थितिका आधारमा आपसी सम्बन्धको आँकलन गर्नसम्म त सकिन्छ, तर तर्कपूण विश्लेषण भने नहुन सक्छ । जसका लागि पनि आपसी बोधगम्यताको आधारमा किराती भाषाहरूबीच आपसी सम्बन्धको भाषिक विश्लेषण गर्न आवश्यक छ । भाषाहरूबीच शाब्दिक र ध्वन्यात्मक गरी दुवै विधिको प्रयोगबाट मात्र ती भाषाहरूबीचको आपसी सम्बन्धलाई खुट्याउन सकिन्छ । ती सम्बन्धहरूलाई तल प्रस्तुत गरिन्छ ।
१.२.१ भाषिक मौलिकता
हरेक भाषालाई एउटा सजीव प्राणीसँग तुलना गर्न सकिन्छ । भाषामा रहेको सजीवता कुनै सजीव (वा प्राणी) मा जस्तैगरी समय परिस्थितिसँगै सुरुवात (जन्म), परिवर्तन (विकास) र अन्त्य (मरण) समेत हुने गर्दछ । त्यसैले कतिपयले त भाषालाई एक सजीव वस्तुको संज्ञा दिने गरेको पाइन्छ । जसको लागि भाषाका अवयवहरूलाई नियाल्नै पर्ने हुन्छ । अपितु नङ मासु जस्तै गरी भाषासँग सीधा सम्बन्ध गाँसिएको लिपि भने निर्जीव वा मानव निर्मित नै हो ।
यस खण्डमा तिनै किरात क्षेत्रहरू लगायत त्यहाँभन्दा पूर्वतिरका सीमापारि सिक्किम, दार्जिलिङ, कालेबुङ, खर्साङ, भुटानसम्मै छरिएर रहेका किरातहरूका आफ्ना भाषाहरूका मौलिक विशेषताहरूलाई अवलोकनका साथ तिनको पारस्परिक सम्बन्धलाई व्याख्या विश्लेषण गर्ने प्रयास गरिएको छ ।
१.२.२ शाब्दिक विश्लेषण
भाषाको शाब्दिक विश्लेषण आपँैmमा भाषावैज्ञानिक एवं प्राविधिक विषय पनि हुँदै हो । यसकारण विविधतायुक्त किरात भाषिक समुदायबीच एकताभित्रको विविधता एवं विविधताभित्रको एकतालाई केलाउनैका लागि पनि शाब्दिक तहमा विश्लेषण गर्नु आवश्यक छ । शाब्दिक विश्लेषणका लागि प्राथमिक र द्वितीय दुवै प्रकारका तथ्याङ्कहरूमा भरपरी २८ ओटै किराती भाषाहरूका शब्दहरू संकलन गरिएका छन् । यसका साथै ‘कग (COG)’ नामको कम्प्युटर सफ्टवेयरको प्रयोग गरी शाब्दिक तहमा तथ्याङ्क विश्लेषण गरिएकाले सहज, सरल, विश्वसनीय एवं पूर्णतः वैज्ञानिक पद्धतिमा आधारित पनि छ ।
१.२.३ म्याट्रिक्स प्रस्तुति
भाषा विश्लेषण गर्दा विशेष गरी शाब्दिक तहमा नै ध्यान दिने गरिन्छ । यस लेखनीमा मौजुदा किरात भाषिक स्थितिलाई केन्द्र विन्दुमा राखेर नै तथ्याङ्क विश्लेषण गरिएको छ । शब्द संकलन गर्दा विश्व समुदायमा प्रयोग गर्ने गरिएका विभिन्न प्रकारका शब्दावलीहरूको प्रयोग गरिएको छ । साथमा थप पुष्टिका लागि प्राप्त निचोडलाई म्याट्रिक्स विधिबाट प्रस्तुत गरिएको छ ।
१.३ किरात भाषिक क्षेत्रहरू
तथ्याङ्क विश्लेषणमा जम्माजम्मी तीन अलग भौगोलिक क्षेत्रका आधारमा किराती भाषाहरूलाई वर्गीकरण गरिएको पाइन्छ । ती तिनै क्षेत्रबाट प्राप्त किराती भाषाहरू बीचको पारस्परिक सम्बन्धका बारेमा तल चर्चा गरिन्छ ।
१.३.१ क्षेत्रगत भाषिक विश्लेषण
यस खण्डमा तीनवटा मुख्य भौगोलिक क्षेत्रहरू (पूर्वी, मध्य र पश्चिमी) मा बोलिने किराती भाषाहरूका तुलनात्मक व्याख्या विश्लेषण तल प्रस्तुत छ ।
(क) पूर्वी क्षेत्र
भौगोलिक हिसाबले नेपालको सुदूर–पूर्वमा पहाडदेखि तराइसम्मै किराती भाषाहरू बोल्ने गरिन्छ । त्यस क्षेत्रमा बोलिने दशवटा किराती भाषाहरू बीचको म्याट्रिक्स सम्बन्ध तालिका १.१ मा प्रस्तुत छ ।
तालिका १.१ः पूर्वी किराती भाषाहरूका म्याट्रिक्स तालिका
उपर्युक्त तालिका १.१ मा तथ्याङ्कले जनाएअनुसार छिन्ताङ र छÞलÞङ दई किराती भाषाहरूको आपसी समानता सबैभन्दा बढी (८३%) रहेको देखिन्छ भने त्यसपछिको निकटता चाहिँ फाङ्दुवाली र छÞलÞङ भाषाहरूबीच (७७%) रहेको स्पष्ट हुन्छ । त्यसै गरी याम्फु र लोहोरुङ भाषाहरूबीच ७४% समानता रहेको बुझ्न सकिन्छ ।
तालिका १.१ लाई निम्नअनुसार वंशगत वृक्ष–रेखाचित्रमा प्रस्तुत गर्न सकिन्छ ।
चित्र १.२ः पूर्वी किराती भाषाहरूको वंशगत वृक्ष–रेखाचित्र
उपर्युक्त चित्र १.२ मा पूर्वीक्षेत्रका छÞलÞङ र छिन्ताङ भाषाहरूले एक–अर्कामा नजिकको सम्बन्ध राख्दछन् भन्ने स्पष्ट हुन्छ भने फाङ्दुवाली भाषाले यी दुई भाषाहरूसँग निकटता देखाउँछ । यसरी नै आठपहरिया र बेलहरिया भाषाहरू एक–अर्कामा नजिकका भाषाहरू रहेको स्पष्ट हुन्छ । याम्फु र लोहोरुङ भाषाहरूको निकटता रहे जस्तै मेवाहाङ भाषाले यी दुई भाषाहरूसँग निकटता राखेको स्पष्ट हुन्छ ।
लिम्बू भाषाले संखुवासभा जिल्लामा बोलिने याम्फु, लोहोरुङ र मेवाहाङ भाषाहरूसँग नजिकको सम्बन्ध देखाए जस्तै याक्खा भाषाले पनि धनकुटा जिल्लामा बोलिने छÞलÞङ, छिन्ताङ, फाङदुवाली, आठपहरिया र बेलहरिया भाषाहरूसँग निकटता देखाउँछ ।
(ख) मध्य क्षेत्र
किरात प्रदेशको मध्य क्षेत्र (वा बीचभाग) मा दशवटा किराती भाषाहरू बोलिन्छन् । तिनको आपसी सम्बन्धलाई तल म्याट्रिक्स तालिका १.२ मा प्रस्तुत गरिन्छ ।
तालिका १.२ः मध्य किराती भाषाहरूको म्याट्रिक्स तालिका
माथि तालिका १.२ ले देखाए अनुसार लिङ्खिम र साम भाषाहरूबीचको समानता सबैभन्दा बढी (७०%) रहेको देखिन्छ भने त्यसपछि पुमा र बान्तावा भाषाहरूबीच (६७%) निकटता रहेको छ । त्यसपछि अन्य दुई भाषाहरू साम्पाङ र नाछिरिङबीच (६३%) समानता रहेको देखिन्छ ।
तालिका १.२ लाई वंशगत वृक्ष–रेखाचित्रमा निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।
चित्र १.२ः मध्य किराती भाषाहरूको वंशगत वृक्ष–रेखाचित्र
उपर्युक्त वृक्ष–रेखाचित्र १.२ मा स्पष्टतः मध्यक्षेत्रका साम्पाङ र नाछिरिङ भाषाहरू एक आपसमा निकटता रहेको स्पष्ट हुन्छ भने कुलुङ भाषाले यी दुवै भाषाहरूसँग नजिकको सम्बन्ध राख्दछ भन्ने पनि बुझ्न सकिन्छ । यसरी नै पुमा र बान्तावा भाषाहरू एक आपसमा निकट रहेको देखिन्छ भने दुङ्माली भाषाले यी दुवै भाषाहरूसँग निकटता जनाएको देखाउँछ । साथमा चाम्लिङ भाषा पनि उपर्युक्त तीन भाषाहरूसँग नजिक रहेको देखिन्छ । यसबाहेक लिङ्खिम र साम भाषाहरू पनि एक–अर्कामा नजिक रहेको देखाउछ ।
(ग) पश्चिमी क्षेत्र
भौगोलिक हिसाबले किरात प्रदेशको पश्चिमी क्षेत्रमा बोलिने नौवटा किराती भाषाहरूका आपसी सम्बन्धलाई तल म्याट्रिक्स तालिका १.३ मा प्रस्तुत गरिन्छ ।
तालिका १.३ः पश्चिमी किराती भाषाहरूको म्याट्रिक्स तालिका
माथि तालिका १.३ मा तथ्याङ्कले देखाएअनुसार चौरास क्षेत्रका दुई किराती भाषाहरूः वाम्बुले र जेरुङ बीचको आपसी समानता सबैभन्दा बढी (६३%) रहेको देखिन्छ भने त्यसपछि बाहिङ र सुनुवार भाषाहरूबीच (५४%) निकटता रहेको स्पष्ट हुन्छ । त्यसपछि अन्य दुईवटा किराती भाषाहरू दुमी र कोयु÷कोयी बीच (५३%) समानता रहेको स्पष्ट छ ।
तालिका १.३ लाई वंशगत वृक्ष–रेखाचित्रमा निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।
चित्र १.३ः पश्चिमी किराती भाषाहरूका वंशगत वृक्ष–रेखाचित्र
माथि चित्र १.३ को वृक्ष–रेखाचित्रमा स्पष्टतः पश्चिमी किरात क्षेत्रका दुमी र कोयी÷कोयु भाषाहरू एक–अर्कामा नजिकको सम्बन्ध राख्दछन् भने खालिङ भाषा यी दुवैसँग नजिक रहेको बुझ्न सकिन्छ । यसरी नै तिलुङ भाषा यी तिनै भाषाहरूसँग नजिक रहेको देखिन्छ । यसरी नै बाहिङ र सुनुवार तथा बाम्बुले र जेरुङ भाषाहरू एक आपसमा निकट रहेको स्पष्ट हुन्छ भने थुलुङ भाषा यी चारवटै भाषाहरूसँग नजिक रहेको स्पष्ट हुन्छ ।
१.३.२ तुलनात्मक विश्लेषण
उपर्युक्त तिनै किरात भाषिक अलग क्षेत्रहरूमा बोलिने किराती भाषाहरूबीचको आपसी समानतालाई शब्दगत तहमा तुलना गर्दा पूर्वी क्षेत्रको धनकुटा जिल्लाअन्तर्गत बोलिने दुई किराती भाषाहरूः छिन्ताङ र छÞलÞङ सबैभन्दा बढी (अर्थात् ८३%) नजिक रहेको देखिन्छ । त्यसपछि मध्य क्षेत्रमा बोलिने दुई किराती भाषाहरूः लिङ्खिम र सामबीच सबैभन्दा बढी (७०%) रहेको देखिन्छ । त्यसरी नै पश्चिमी किरात क्षेत्रअन्तर्गत बोलचालमा रहेका दुई किराती भाषाहरूः वाम्बुले र जेरुङ बीचको समानता सबैभन्दा बढी (६३%) रहेको देखिन्छ ।
यसरी नै दोस्रो वर्गको उच्चतम समानता प्रतिशतलाई हेर्दा पनि पूर्वी क्षेत्रको फाङ्दुवाली र छÞलÞङ भाषाहरूबीच (७७%), मध्य क्षेत्रको पुमा र बान्तावा भाषाहरूबीच (६७%) र पश्चिमी क्षेत्रको बाहिङ र सुनुवार भाषाहरूबीच (५४%) देखिन्छ । एवं प्रकारले तेस्रो वर्गको उच्चतम समानता प्रतिशतलाई हेर्दा पनि पूर्वी क्षेत्रमा याम्फु र लोहोरुङ भाषाहरूबीच (७४%), मध्य क्षेत्रमा साम्पाङ र नाछिरिङ भाषाहरूबीच (६३%) र पश्चिमी क्षेत्रमा दुमी र कोयु÷कोयी भाषाहरूबीच (५३%) समानता देखिनुले भाषावैज्ञानिक र भौगोलिक दृष्टिमा पनि यस तथ्यलाई नकार्न सकिन्न ।
१.३.३ विश्लेषणात्मक निचोड
यसरी तिनै (पहिलो, दोस्रो, तेस्रो) वर्गको समानताको प्रतिशत पश्चिमबाट पूर्वतर्पm क्रमशः बढ्दै जानुले अवश्य नै केही न केही चुरो कुरोको सङ्केत गर्छ । तीमध्ये भाषावैज्ञानिक तथ्यमा चाहिँ भाषाहरूबीचको बोधगम्यता जति बढी हुन्छ, त्यति नै मात्रामा ती भाषाहरू वा भाषिक समुदायहरू बीचको निकटता बढेको हुन्छ । हुन सक्छ, निकै लामो समयको कालखण्डमा ती भाषाहरू निकट मात्र नभएर एकै पनि रहेको वा हुन सक्ने सम्भावना पनि रहन्छ ।
साथमा पश्चिमतर्पmको तुलनामा पूर्वी क्षेत्रका किराती भाषाहरूबीच समानता बढी देखिनुले सामाजिक भौगोलिक हिसाबले पनि ती भाषिक समुदायबीच निकटता रहन सक्ने वा ती भाषिक समुदायहरू अरूको दाँजोमा केही पछि नै छुट्टिएका वा अलग्गिएका पनि हुन सक्छन् । अर्काे विचारणीय पक्ष के पनि छ भने उपर्युक्त उच्च समानता रहेका सबैजसो भाषाहरू सङ्कटापन्न अवस्थामा नै रहेकाले भविष्यमा भाषाको क्षय वा विलय अवश्यम्भावी देखिन्छ ।
१.४ किरात वृक्ष–रेखाचित्र
माथि उल्लेखित म्याट्रिक्स तालिकालाई वृक्ष–रेखाचित्रमा प्रस्तुत गर्दा तलकाअनुसार तथ्य पाउन सकिन्छ । जसमा २८ वटै किराती भाषाहरूका भाषागत आपसी सम्बन्धलाई स्पष्ट पार्न खोजिएको छ । ती भाषाहरूको पारस्पारिक सम्बन्धलाई तल वृक्ष–रेखाचित्रद्वारा स्पष्ट पार्न खोजिएको छ ।
चित्र १.४ः किराती भाषाहरूको वंशगत वृक्ष–रेखाचित्र
चित्र १.४ मा समग्र किराती भाषाहरूको सामूहिक वृक्ष–रेखाचित्र प्रस्तुत छ । जुन चाहिँ हालसम्म गरिएको भाषाविज्ञानमा आधारित खोज अध्ययनबाट प्राप्त तथ्याङ्कको आधारमा निचोडका रूपमा प्रस्तुत छ । यस चित्रका माध्यमबाट किराती भाषाहरू बीचको आपसी सम्बन्धका बारेमा शाब्दिक आधारमा व्याख्या तथा विश्लषण गर्ने प्रयास गरिएको छ ।
यस वृक्ष–रेखाचित्रको सहायताले शाब्दिक तहमा कुन कुन किराती भाषाहरूले एक आपसमा नजिक वा टाढाको सम्बन्ध राख्दा रहेछन् भन्ने कुरा सजिलै गरी बुझ्न सकिन्छ । एकातिर भौगोलिक अवस्थितिले भाषाहरूबीच एक आपसको निकटतालाई सङ्केत गर्दछन् भने अर्काेतिर भाषाका अवयवहरूको मौलिक विशेषताले पनि जनाउँदछ । ती किराती भाषाहरूका जम्माजम्मी नौवटा भिन्न उप–समूहहरूलाई तल व्याख्या गरिएका छन् ।
(क) बाहिङ, थुलुङ र सुनुवार
प्रस्तुत वृक्ष–रेखाचित्र १.४ मा अन्य भाषाहरूका तुलनामा बाहिङ र सुनुवार भाषाहरू एक–अर्कामा नजिकको सम्बन्ध राख्दछन् भन्ने स्पष्ट हुन्छ भने त्यसपछि थुलुङ भाषाले यी दुई भाषाहरूसँग निकटता राखेको देखिन्छ ।
(ख) दुमी, कोयु/कोयी र खालिङ
यस पृथक् समूहअन्तर्गत दुमी र कोयु÷कोयी भाषाहरूले एक–अर्कामा नजिकको सम्बन्ध राख्दछन् भन्ने स्पष्ट हुन्छ भने त्यसपछि खालिङ भाषाले यी दुई भाषाहरूसँग निकटता राखेको देखिन्छ ।
यसरी नै प्रस्तुत वृक्ष–रेखाचित्रले समूह (क) र (ख) अन्तर्गका किराती भाषाहरूसँग अर्काे किराती राई भाषा तिलुङले पनि निकटताता राखेको देखाउँछ । बोलीचालीको आधारमा पनि चित्र १.४ मा भैmँ तिलुङ भाषा समूह (ख) अन्तर्गतका दुमी, कोयु÷कोयी र खालिङ भाषाहरूसँग नै निकटता राखेको पुष्टि हुन्छ ।
(ग) वाम्बुले र जेरुङ
यस भाषिक समूह अन्तर्गत वाम्बुले र जेरुङ भाषाहरूले एक–अर्कामा नजिकको सम्बन्ध राख्दछन् भन्ने स्पष्ट छ । यसका साथै यस समूहका भाषाहरूले अन्य किराती भाषाहरूका तुलनामा माथि उल्लेखित समूह (क) र (ख) अन्तर्गतका किराती भाषाहरूसँग नजिकको सम्बन्ध राख्छन् भन्ने पनि स्पष्ट छ ।
(घ) साम्पाङ, नाछिरिङ र कुलुङ
यस किरात भाषिक समूहअन्तर्गत साम्पाङ र नाछिरिङ भाषाहरूले एक–अर्कामा नजिकको सम्बन्ध राख्ने गरेको देखिन्छ । त्यसै गरी कुलुङ भाषाले यी दुवै भाषाहरूसँग निकटता राखेको स्पष्ट हुन्छ । यी भाषिक सम्बन्धलाई भौगोलिक हिसाबले हेर्दा पनि मनासिव नै देखिन्छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा क्षेत्रमा बसोबास गर्ने यी तिनै भाषिक समुदायका पुख्र्याैली बसोबास स्थल पनि एक–अर्कासँग नजिकै रहेको स्पष्ट नै छ ।
(ङ) बान्तावा, पुमा र चाम्लिङ
वृक्ष–रेखाचित्रको अर्काे हाँगामा बान्तावा र पुमा भाषाहरूले एक–अर्कामा निकटता राख्दछन् भने यी दुवै भाषाहरूसँग चाम्लिङ भाषा नजिक रहेको देखिन्छ । जुन यथार्थ भौगोलिक हिसाबले पनि खोटाङ, भोजपुर र उदयपुर जिल्लास्थित तत् भाषिक समुदायका घनाबस्तीले पनि पुष्टि गर्दछ ।
चित्र १.४ मा देखाइए अनुसार समूह (घ) र (ङ) अन्तर्गतका किराती भाषाहरूले अन्य समूहको तुलनामा एक आपसमा नजिकको सम्बन्ध राख्ने पनि स्पष्ट देखिन्छ ।
(च) आठपहरिया र बेलहरिया
यस भाषिक समूह अन्तर्गत आठपहरिया र बेलहरिया भाषाहरूले एक–अर्कामा नजिकको सम्बन्ध राख्दछन् भन्ने स्पष्ट हुन्छ । भौगोलिक हिसाबले पनि यी दुई किराती भाषाहरू धनकुटा जिल्ला अन्तर्गत नजिकका गाउँहरूमा बोल्ने गरिन्छ । यी दुई अल्पसङ्ख्यक भाषाहरू एक–अर्कामा नजिकको भूगोल तथा एकै क्षेत्रका आसपासमा बोलिने किराती राई समूहका भाषाहरूमा नै पर्दछन् ।
(छ) छिन्ताङ, छÞलÞङ, दुङ्माली र फाङ्दुवाली
चित्र १.४ मा प्रस्तुत वृक्ष–रेखाचित्रको अर्काे हाँगाले सङ्केत गरेअनुसार छिन्ताङ र छÞलÞङ भाषाहरूले एक–अर्कामा ज्याँदै निकटता राख्दछन् भन्ने देखिन्छ । यसरी नै यी दुवै भाषाहरूसँग दुङ्माली भाषा नजिक रहेको स्पष्ट हुन्छ । उपर्युक्त तीन भाषाहरूसँग फाङ्दुवाली भाषाले निकटता राख्दछ भन्ने पनि देखिन्छ । यसका साथै माथि उल्लेखित दुवै समूह (च) र (छ) अन्तर्गतका किराती भाषाहरूसँग अर्काे किराती भाषा याक्खाले पनि नजिकको सम्बन्ध राख्दछ भन्ने स्पष्ट हुन्छ ।
(ज) याम्फु र लोहोरुङ
यस भाषिक समूह अन्तर्गत याम्फु र लोहोरुङ भाषाहरूले एक–अर्कामा नजिकको सम्बन्ध राख्दछन् । भौगोलिक हिसाबले पनि यी दुई भाषाहरू संखुवासभा जिल्ला अन्तर्गत एक–अर्कामा नजिकको भूगोलमा बोलिने किराती भाषाहरू पनि हुन् ।
(झ) लिङ्खिम, साम र चुक्वा
यस किराती राई भाषिक समूह अन्तर्गत लिङ्खिम र साम भाषाहरूले एक–अर्कामा नजिकको सम्बन्ध राख्दछन् । अझ कतिपयको भनाइमा त लिङ्खिम भाषाको अर्काे नाम नै ‘साम’ हो भन्ने अपुष्ट तर्क समेत गर्ने गरिन्छ । यसका साथै मेवाहाङ भाषाले समूह (झ) अन्तर्गतका किराती राई भाषाहरूसँग नजिकको सम्बन्ध राख्दछ । त्यसरी नै समूह (ज) मा समेटिएका किराती राई भाषाहरूसँग निकटता राख्ने गरेको देखिन्छ ।
यसका साथै किराती भाषाहरू मध्येको एक अलग्गै लिम्बू भाषाले उपर्युक्त समूह (ज) र (झ) अन्तर्गतका किराती भाषाहरूका साथै मेवाहाङ भाषासँग समेत निकटता राख्दछ भन्ने बुझ्न सकिन्छ । त्यसपछि समूह (च) र (छ) अन्तर्गतका किराती भाषाहरूका साथसाथै याक्खा भाषासँग पनि नजिकको सम्बन्ध देखाउँछ भन्ने स्पष्ट हुन्छ । जुन चाहिँ भौगोलिक हिसाबले पनि मनासिब नै ठहर्दछ ।
१.५ निष्कर्ष
नेपाल भाषिक विविधताले भरिएको एक बहुभाषी मुलुक हो । अझ किरात जाति अन्तर्गतको खम्बु समुदायमा रहेको ‘एक जाति विविध भाषी’ विशेषता यहाँको अनुपम विशिष्टता हो । अपितु ‘मातृभाषीलाई प्राणभन्दानि प्यारो त राज्यलाई भने लुतोभन्दा पनि घाँडो’ को अनपेक्षित दुरावस्थाको हैरानीले यहाँका अधिकांश मातृभाषाहरू चाँडै नै मृतभाषामा परिणत हुन सक्ने खतरा बढ्दो छ ।
हरेक भाषा केवल भाषा मात्र नभएर यो आपँैmमा अथाह सांस्कृतिक ज्ञानको भण्डार पनि हो । अन्ततः राष्ट्रको अमूल्य निधि नै पनि । त्यसैले मुलुकको कुनै एक मात्र भाषाको लोप हुनु भनेको हजारौ वर्ष पुरानो मौलिक संस्कृतिको अवसान हो । साथमा सिङ्गो मुलुकको विशिष्ट गहनाको क्षति पनि त हुँदै हो । परिणामतः भाषा मर्दा सो भाषिक समुदायले आर्जन गरेको पुस्तौनी अथाह ज्ञानको अवसान पनि त हुने नै भयो ।
नेपालमा विद्यमान भाषिक विविधता नै यो मुलुकको चहकिलो परिचय हो, र साथमा अनुपम बहुभाषी सौन्दर्य नै पनि । यसैलाई बचाउन नसके मुलुक नै बाँच्ला कसरी ? तथापि यसको जगेर्ना गर्ने उद्देश्यले नेपालको संविधान (२०७२) ले भाषा आयोगको गठन गर्नेबारे स्पष्टतः बोलेको छ, र नेपालका लोपोन्मुख भाषाहरूका संरक्षण, अभिलेखीकरण आदि पक्षलाई अगाडि बढाउनेतर्पm प्रक्रिया अघि बढाउन खोजेको पनि देखिन्छ ।
मुलुककै विशिष्ट पहिचान, अथाह ज्ञानको स्रोत एवं अमूल्य निधि सङ्कटमा पर्दै जानु अवस्य नै सुखद विषय हुनै सक्दैन । यसर्थ अधिकांश किराती भाषाहरूको संरक्षण, संवद्र्धन र विकासबारे भाषा आयोगको गुरुयोजनामा नै अलग्गै ‘प्याकेज प्रोग्राम’ कै रूपमा कामको थालनी गर्न सके सो कार्यले एउटा अनुपम अभियानको रूपमा विश्वसामु नै दूरगामी प्रभाव पार्न सक्ने पक्का छ । यसका लागि राज्यले सबल राष्ट्र निर्माणमा हालसम्म पिछाडी पारिएका किरात समुदायका भाषाभाषीहरूका संरक्षण, संवद्र्धन र विकासमा विकल्परहित सहभागिता बढाउन अपरिहार्य छ ।
लेखको सारांश
किराती भाषा विकासका निम्ति गरिएका अनवरत प्रयासहरूमा भाषिक स्थितिको विश्लेषण, किरात भाषिक क्षेत्रहरूको संक्षिप्त चर्चा, वृक्ष–रेखाचित्रमा किराती भाषाहरूका क्षेत्रगत तुलनात्मक विश्लेषण आदि पक्षहरू न्यूनतम किराती भाषाका विश्लेषणात्मक पक्षहरू हुन् । किरात भाषा विकासको सन्दर्भ आश्चर्य लाग्दो छ । ‘किरात राई समुदायमा थरपिच्छेको भाषा बन्यो कसरी ?’ यसबारे यकिनका साथ जबाफ दिन त अभैm निकै अध्ययन अनुसन्धानको जरुरत नै पर्ला । भाषा विकासमा दीगोपना त्यतिबेला सम्भव हुन्छ, जतिबेला भाषिक समुदाय र संस्था स्वतः जुर्मुराउन थाल्छन् । साथमा सरकार नै पनि त्यसको उत्प्रेरक बन्दछ । भाषाहरूबीचको बोधगम्यताले ती भाषा वा भाषिक समुदायहरू बीचको भाषिक सांस्कृतिक एवं भौगोलिक निकटतालाई सङ्केत गरेकै हुन्छ । यसमा विचारणीय पक्ष चाहिँ जति नै सुन्दर कामले पूर्णता पाएनि त्यसले जीवन्तता पाउनका लागि भने स्वयं समुदाय आपैmँ जाग्नु पर्दछ ।
लेखक परिचय
प्रस्तुत लेखका लेखक डा. नेत्रमणि दुमीराईको जन्म वि.सं.२०२५ साल चैत्र २४ गते सगरमाथा अञ्चल खोटाङ जिल्लाको ऐंसेलुखर्क गाउँपालिका वडा नं ७, माक्पा–नोरुङ गाउँमा भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट गणित, भाषाविज्ञान र शिक्षा (इपिएम) विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुका साथै वि.सं.२०७२ सालमा सोही विश्वविद्यालयबाट भाषाविज्ञान विषयमा ‘ब् न्चबmmबच या म्गmष्’ शीर्षकमा विद्यावारिधि गर्नुभएको छ । उहाँ हालमा SIL International नामको अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा Sr. Language Development Specialist-Cum-Project Advisor (वरिष्ठ भाषा विकास विशेषज्ञ तथा परियोजना सल्लाहकार) का रूपमा सेवारत हुनुहुन्छ । यस संस्थामार्पmत् उहाँले चार दर्जन बढी मातृभाषाहरूमा कथा लेखन, एक दर्जन बढी भाषाहरूमा ध्वनि पहिचान तथा वर्ण निर्धारण, आधा दर्जन जति भाषाहरूमा शब्दकोश निर्माण र त्यसैको तेब्बर सङख्यामा भाषा अभिलेखीकरण कार्यमा सहजकर्ता एवं परामर्शदाताको भूमिका निर्वाह गरिसक्नु भएको छ । साथमा उहाँले त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागद्वारा सञ्चालित नेपालको भाषिक सर्वेक्षण कार्यक्रमअन्तर्गत एक दर्जन बढी भाषाहरूका समाजभाषावैज्ञानिक अध्ययन अनुसन्धान कार्यमा संलग्न भई तिनको विस्तृत प्रतिवेदन लेखन समेत गरिसक्नु भएको छ । हालमा गोकर्णेश्वर नगरपालिका वडा नं ९, गणेश मार्ग, आरुबारी, काठमाडौंमा बसोबास गर्दैआउनु भएको छ । दुमी भाषाअन्तर्गत उहाँका आधा दर्जन जति अनुसन्धानात्मक लेखहरू प्रकाशित भइसकेका छन् । दुमी भाषाको ‘दुमी–नेपाली–अङ्रेजी शब्दकोश’ को सम्पादन गरी दुमी संस्था ‘दुकिराफ’ बाट वि.सं. २०६८ सालमा र जर्मनस्थित Lincom Europa बाट सन् २०१७ मा आफ्नो विद्यावारिधि सोधपत्र A Grammar of Dumi र ‘दुमी–नेपाली–अङ्रेजी शब्दकोश’ गरी दुई अलग कृतिहरू छपाइसक्नु भएको छ । यसका साथै उक्त शब्दकोशलाई विद्युतीय माध्यममा आपूm कार्यरत संस्था SIL International को मार्पmत् वेभसाइट www.dumi.webonary.org मा राखी विश्वसामू प्रस्तुत गरिसक्नु भएको छ । साथमा चाम्लिङ, थुलुङ, साम्पाङ, बान्तावा, याम्फु, धिमाल लगायत अन्य थुप्रै भाषाहरूमा शब्दकोश निर्माण कार्यमा प्राविधिक सहयोगसमेत गरिरहनु भएको छ । यसका साथै दुमी भाषिक पत्रिकाका प्रधान सम्पादक समेत रहनु भएका डा राईले हालमा आफ्नै मातृभाषा दुमीमा उपयोगी पाठ्य–सामग्री ‘दुमी भाषा लेखन’ तथा ‘दुमी बोली’ नामका दुईवटा पुस्तकहरू छपाउनुका साथै दुमी व्याकरण निर्माण कार्यमा लागिरहनु भएको छ ।
(इक लिब्जु–भुम्जु त्रैमासिक, वर्ष ५ अंक १, पूर्णाङ्क ७४, २०७५ साउन–असोज (किरात येले संवत् ३७९७÷सन् २०१८)मा प्रकाशित आलेख अनलाइन संस्करणमा प्रस्तुत गरिएको हो । सम्पादक)