प्रकाशित भयो, ‘लिब्जु–भुम्जु’ ७२ अंक

मुख्य समाचार

लिभु संवाददाता

काठमाडौं– लिब्जु–भुम्जु त्रैमासिक पत्रिकाको ७२औं अंक प्रकाशनमा आएको छ । २०५० सालदेखि छापिदैआएको किरात राई भाषाहरुमध्ये जेठो पत्रिका हो । यो पत्रिका वर्ष २४ तथा २०७४ सालभित्र प्रकाशित चौथो अंक हो ।

यो पत्रिकाको विषय सूचिअनुसार सम्पादकीय ‘मातृभाषाका निम्ति नयाँ पाइला’ शीर्षकमा रहेको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २०औं स्थापना दिवसका अवसरमा आयोजित ‘१९औं वाम्बुले राई भाषाको कविता गोष्ठी तथा वाम्रास जेष्ठ नागरिक सम्मान’ समारोहलाई विशेष सामग्रीका रुपमा प्रस्तुत गरिएको छ ।

पहिलो खण्डको मुख्य आले ‘मातृभाषा संरक्षण अभियान’अन्तर्गत भाषाशास्त्री प्रा.डा. नोवलकिशोर राईले लेख्नु भएको ‘ मातृभाषा ः आस्था र उत्साह’ लेख रहेको छ । त्यसैगरी गणेश राईको ‘पहाडबाट ढाकर हाइन वाम्बुले कविता मधेस झर्दा’ र श्याम राईको ‘कटारीमा पहिला पटक कविता’ शीर्षक लेख रहेका छन् ।

खण्ड – २ पहिचानको राजनीतिअन्तर्गत ‘लिब्जु गाउँपालिका जातीय नाम हो त ?’ शीर्षकमा गणश राईको आलेख तथा वाम्रास संस्थाको विज्ञप्ति समेटिएको छ । खण्ड – ३ प्रवास अन्तर्गत बी मक्काचो राईका ‘युकेमा पत्रकारिता’ विषयक आलेख रहेको छ ।

त्यसैगरी खण्ड – ४ मा तीनवटा वाम्बुले कथा समेटिएका छन् । जसमा ध्रुव संयम राईको ‘ङाबनाल्वा ख्ल्वाक्तामपुम्ले’, बी. मक्काचो राईको ‘क्वाल कप चिया’ र वि.सौगातका ‘चाम्डास्याङ् जिन्दगि’ शीर्षक कथा रहेका छन् । खण्ड – ५ मा तस्विरमा वाम्बुले रहेको छ ।

खण्ड – ६ किरात संवत् ‘किरात येले संवत् नयाँ वर्ष’बारे लेख समेटिएको छ भने खण्ड – ७ सांस्कृतिक पर्यटनको विषय समेटिएको छ । जसमा व्याकुल माइलाले ‘स्थानीय धाम र पर्यटकीय गन्तव्यस्थल’ शीर्षकमा ओखलढुंगा र खोटाङको वाम्बुले रस्तीबस्तीलाई पर्यटकीय विकास गर्न सकिने सम्भावना केलाउनु भएको छ । खण्ड – ८ मा रेनुका बाहिङ राईले लेख्नु भएको बाहिङ भाषाको उपन्यासको अंश ‘अम्बिरी फुङ’ रहेको छ । खण्ड – ९ मा क्वा¥वाङ्वाप्सि, गगन राई, पेसलकुमार राई र पुष्पलाल राईको वाम्बुले कविता रहेका छन् ।

खण्ड – १० ‘कुरा सुन्न बुढाको’ मुन्धुमी भगतबहादुर राईसित वाम्बुले भावाचाचो वंश, वाम्बुले इतिहास र संस्कृतिबारे कुराकानी प्रस्तुत गरिएको छ । त्यस्तै खण्ड– ११ पुस्तक चर्चाअन्तर्गत ‘क्वाल खातिर’ कविता संग्रहबारे मिलनकान्छा किरातीले चर्चा गर्नु भएको छ । खण्ड– १२ किरात राई यायोक्खा युकेका अध्यक्ष पदम राईको अन्तर्वार्ता समेटिएको छ । उहाँले ‘नपाली संसारको कुनै कुनामा बसे पनि नेपाल भनेपछि जुट्छन’ भन्नु भएको छ । अन्तिममा केही समाचारसमेटिएका छन् ।

Leave a Reply

Your email address will not be published.