त्रिभुवन आर्मी र एपिएफ सुपर लिगमा प्रवेश

खेल

काठमाडौँ ।   त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सोह्राँै राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा आज भएको खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई १२ शून्य गोलअन्तरले पराजित गर्दै सुपर लिगमा प्रवेश गरेको हो ।

आर्मीको जितमा शर्मिला थापा मगर ४ तथा सपना लामाले ५ गोल गरिन् । त्यसैगरी दिपा राईले २ तथा कृष्ण खत्रीले १ गोल गरिन् ।

सोेही मैदानमा आजै भएको अर्को खेलमा एपिएफले मध्यमाञ्चललाई १४–० गोलअन्तरले पराजित गर्दै विजयी भयो । एपिएफको जितमा सावित्रा भण्डारी एक्लैले सात गोल गरिन् भने रेखा पौडेल र अनिता केसी समान २/२ गोल थपे ।

त्यसैगरी रेनुका नगरकोटी र अनिता बस्नेतले समान १/१ गोल गरे भने खेलको छैटौँ मिनेटमा पश्चिमाञ्चलले एक आत्मघाती गोल गरेको थियो ।

Leave a Reply

Your email address will not be published.