व्याकुल माइला गोल्डकप नवौं संस्करणको तीव्र तयारी: खेल नियम र टिम दर्ता प्रक्रिया यस्ता छन्

खेल प्रदेश १

खेल नियम र टिम दर्ता प्रक्रिया यस्ता छन्
लिभु संवाददाता
हिलेपानी (ओखलढुंगा)– व्याकुल माइला गोल्डकपको नवौं संस्करणका निम्ति तीव्र गतिमा तयारी भइरहेको आयोजकले जनाएका छन् । गोल्डकप आगामी कात्तिक ११ देखि १८ सम्म हुनेछ । नयाँ नेपाल सरोकार समाजले राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) को जन्मथलो ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ सोक्मटार दुधकोसी किनार ब्आलेम बगर मैदानमा २०६८ सालदेखि आयोजना गर्दै आएको छ ।


व्याकुल माइलाको उपस्थितिसहित २०८० भदौ २१ गते बिहीबार बसेको बैठकले यो वर्ष खेल आयोजना गर्ने निर्णय गरेसँगै तयारी तीव्र गरिएको हो । खेल आयोजनाका निम्ति मानेभञ्ज्याङ गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको पालिका उपाध्यक्ष आश्रचन राईले जानकारी दिएका छन् ।


आयोजक संस्थाका अध्यक्ष रक्षामान राईको अध्यक्षतामा बसेको बैठकले क्षमाराज राईको संयोजकत्वमा व्याकुल माइला गोल्डकप मुल समारोह समिति गठन गरेको छ । खेलमा प्रथम पुरस्कार नगद २ लाख २ हजार २ सय २२, द्वितीय १ लाख १ हजार १ सय ११ र सेमिफाइनलिस्टलाई २०–२० हजार रुपैयाँ तथा शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।


नवौं संस्करणको खेल आयोजना मिति तय भएपछि असोज पहिलो सातादेखि खेलमैदान मर्मत सम्भारको काम तीव्र गतिमा भइरहेको छ । यो वर्ष दुधकोसीमा ठूलो बाढी आएर खेलमैदान बालुवाले भरिएकाले मर्मत सम्भारमा धेरै खर्च गर्नु परेको संयोजक क्षमराज राईले बताए । खेलमैदान मर्मतसँगै वरिपरि बाँसले घेराबारा लगाएर जोगाउने काम भएको छ ।


राजधानीमा आर्थिक संकलन, प्रायोजक (स्पोन्सर)को खोजी भइरहेको छ । ब्यानर, मेडल, प्रमाणपत्र, मायाको चिनो निर्माणको प्रारम्भिक चरणको काम सकिएको छ । साउण्ड सिस्टम मर्मत सम्भारको काम भएको छ ।

आर्थिक व्यवस्थापन समितिका संयोजक भूपेन्द्र राई (भुपुहाङ), विरास राई ‘फुचुङ’, सुदीप राई, गोल्डकप प्रशासनिक व्यवस्थापनमा शुभकर्ण राई काठमाडौं उपत्यकामा खटिरहेका छन् । आर्थिकतर्फका सदस्यहरु कबिन्द्र राई, सुमन राई, सजन राई, नबिना राई रहेका छन् ।

विगतको व्याकुल माइला गोल्डकप खेलको दृश्य : फाइल फोटो

खेलमैदान ममर्तदेखि सबैखाले भौतिक व्यवस्थापनमा नयाँ नेपाल सरोकार समाजका पदाधिकारी सदस्यहरू एकराज राई, मिलन राई, नविन राई, पबिरास राई, राजु राई, बिक्कल राई, विजय राई, पूर्णराज राई खटिएका छन् । यसैगरी विद्वान राई, क्षितिज राई, सन्देश राई, असन राई, बादल राई, सुमन राई, बिलदर्शन राई, राजिन राई, युगल राई, योकेश राई, ठण्डसिंह राई, ठोकोने राई, जनम राई, किरण राईलगायत युवाहरू खटिरहेको आयोजकले जनाएका छन् ।

खेलमा भाग लिन आह्वान
“खेलकुदको माध्यमबाट विकासको अभियान” भन्ने मूल नाराको साथ मानेभन्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा व्याकुल माइला गोल्ड कपको नवौं संस्करण यही मिति २०८० साल कात्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिनदेखि कात्तिक १८ गते शनिबारसम्म सञ्चालन हुन गइरहेको खुल्ला पुरुष फुटवल खेल प्रतियोगितामा इच्छुक संघ, संस्था तथा क्लबहरूले खेलमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ ।

खेलकुद हुने स्थानः मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ ब्आलेम बगर, सोक्मटार, ओखलढुंगा

खेलका नियमहरूः
१. संघ, संस्था तथा क्लब आधिकारिक (नविकरण भएको) हुनु पर्ने ।
२. प्रशिक्षक र व्यवस्थापक गरी जम्मा खेलाडी १७ जना हुनु पर्ने ।
३. खेलाडीहरूले आफ्नो परिचय खुल्ने प्रमाण–पत्रको साथमा २–२ प्रति फोटो हुनु पर्ने ।
४. खेल पोशाक र जुत्ता अनिवार्य हुनु पर्ने ।
५. गाँस, बास र कपासको व्यवस्था खेलाडी आफैंले गर्नु पर्ने ।
६. खेलाडी चोट पटक लागेमा आफैंले व्यहार्नु पर्ने ।
७. खेल अवधिभित्र खेल मैदानमा खेलाडीहरूले मद्यपान, धुम्रपान गर्न नपाइने ।
८. खेलमा विवाद भएमा आयोजक र निर्णायकको निर्णय नै अन्तिम हुने ।

पुरस्कारः
१) प्रथम पुरस्कार: शिल्ड, मेडल र प्रमाण–पत्रको साथमा नगद २ लाख २ हजार २ सय २ रुपैयाँ ।
२) द्वितीय पुरस्कार: मेडल र प्रमाण–पत्रको साथमा नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ ।
३) सेमि फाइनलिष्ट: २०–२० हजार रुपैयाँ ।
४) उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई मेडलको साथमा जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने ।

दर्ता शुल्कः
१) एउटा टिम दर्ता १० हजार रुपैयाँ ।
२) टिम दर्ता अन्तिम मिति २०८० कात्तिक ९ गते साँझ ५ बजेभित्र । नोट– टिम दर्ता विद्युतीय माध्यमबाट समेत गर्न सकिने छ ।
३) २०८० साल कात्तिक १० गते खेल तालिका सार्वजानिक गरिने छ ।

आयोजक:

नयाँ नेपाल सरोकार समाज, नेपाल, सोक्मटार, ओखलढुंगा

थप जानकारीको लागि सम्पर्क नम्बरहरू–

एकराज राई– ९८४२९७२३२०, पबिरास राई– ९८४२८१२४६०,

नबिनकुमार राई– ९८६०७०४६६६, मिलन कुमार राई– ९८५१२१९४४८

Leave a Reply

Your email address will not be published.