ज्ञान बायुङ राईको विचारपरक आलेख : भाषाको कारणले मात्र जाति बन्न सक्दैन

विचार / ब्लग

विचार भाषाको कारणले मात्र जाति बन्न सक्दैन

ज्ञान बायुङ राई

यो संसारलाई सजिब र निर्जीव बस्तुहरुले भरिएको छ | सबै जनाले आ – आफ्नो अस्तित्व , पहिचान , इतिहास र बिरासतको खोजीनीति , संरक्षण , सम्बर्द्धन र बिकासको निम्ति लागि परेको देखिन्छ | कम्तीमा पनि पुर्खा नभई हाम्रो अस्तित्व हुने संभावना नै थिएन | त्यसैले , यो संसारमा सबैले आ- आफ्नो पुर्खा लाई मान सम्मान, पित्रीपुजा , कुलपितृपुजा  र प्रकृतिको पुजा गरिन्छ चाहे त्यो अफृकामा होस या पश्चिम् मुलुकमा होस या पूर्वीय देशहरुमा होस या दक्षिण देशहरूमा होस |

यो संसारमा फरक फरक आकृति प्रकृतिक, स्वाभाब, दर्शन, धर्म, जाति, भाषा र लिङ्ग भएको करिब ७.८ अर्ब जनसंख्याले भरिएको पाइन्छ | यो संसारको बारेमा ज्ञान लिन लाई  कम्तिमा पनि ७०,००० बर्षदेखि लिएर एक्काइसौं शताब्दीको बैज्ञानिक स्टेफन विलियम हकिङ सम्मको बिद्धनहरुले गरेको खोज, अनुसन्धान र सोध तथा दस्तावेजहरुको बृहत अध्यन गरेपछि मात्र धेरै बिषयबस्तुको बारेमा ज्ञान र सूचना मिल्दछ |

अब , नेपालको बारेमा कुरा गरौ
नेपाल भन्ने देशको नाम पछिल्लो समयमा नामाकरण गरिएको हो | यसको बिषयमा पनि विभिन्न बिद्धनहरुको राय र अध्यन मत मत्तान्तर पाइन्छ | यो नेपाल देशमा विभिन्न मानव सभ्यता बिकास हुने क्रममा आदिम कालदेखि आदिवासी वा मुलबासिहरुले घुमन्ते फिरन्ते जिबन बिताउदै आफ्नो आदिम भगोललाई र आफ्नो पू्र्खाको भूगोलको संरक्षण र बिकास गर्दै आएको पाइन्छ |

जब , अन्तर्राष्ट्रिय श्रम संगठन – १६९ ( ILO – 169) को स्थापना भयो त्यसपछि नेपालमा पनि ILO – 169 अनुसार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठान ऎन – २०५८ को स्थापना भयो |
जसले नेपालमा आदिम कालदेखि बसोबास गरेको ५९ आदिवासीलाई आदिवासी जनजाति भनेर सूचिकृत गरेको पाइन्छ |

प्रतिष्ठान ऎन , २०५८ अनुसार जाती बन्ने अधारहरु :
(क) जसको आफ्नो छुट्टै सामुहिक सास्कृतिक पहिचान छ ,
(ख) जसको छुट्टै  सामुहिक भाषा छ,
(ग) जसको छुट्टै आफ्नो लिखित वा अलिखित इतिहास छ,
(घ) जसको छुट्टै  परम्परागत ऎतिहासिक संरचना छ,
(ङ) जुन समुहको छुट्टै भुगोल र स्थिर समुदाय छ,
(च) जो चार वर्णको हिन्दु वर्णाश्रम ब्यबस्थाभित्र पर्दैनन् ,
(छ) जसको छुट्टै आर्थिक जनजीवन छ |

यसरी माथी उल्लेख गरिएको मापदण्ड अनुसार मात्र कुनै पनि आदिवासी तथा जनजातिहरु औपचारिक र बिधिवात रुपले सुचिकरण हुन सक्दछ र नया जाती बन्दछ |

के भाषाको कारणले छुट्टै जाति बन्न सक्छ ?
भाषा भनेको एउटा साङ्केतिक रुपमा र शाब्दिक रुपमा सजिब बस्तुले प्रयोग गर्ने माध्यम हो | यो संसारमा अहिले सम्म खोज अनुसन्धान कर्ताले खोज गर्दा करिब ४००० बर्षको लिखित इतिहास भेटाएको पाइन्छ | यसै क्रममा , जब आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऎन – २०५८ को स्थापना भयो । त्यो मिति देखि ३३ किसिमको राई मध्येको १४ किसिमको भाषीक समुहहरु प्रमुख राई जातिबाट चोइटिएर सूचीकरणको अभियानमा लागेको देखिन्छ | जस्को नामावली देहयबमोजिम छन ।
(१) कुलुङ          (२) थुलुङ             (३) खालिङ
(४) बाहिङ          (५) नाछिरिङ          (६) जेरुङ
(७) साम्पाङ        ( ८) बान्तावा          (९) चाम्लिङ
(१०) लोहरुङ        (११) मेवाहाङ          (१२) आठपहरिया
(१३) याम्फु          (१४) बाला आदि |

नेपालमा, किरात राई जाति एक प्रमुख जाति हो | राई जाति प्रमुख जातिमा स्थापित भइ सकेको अबस्था छ | राई जाति एक निर्मानात्मक ( constructive ) नाम, पहिचान, परिचय, चिनारी र मुल्य र मान्याता स्थापित भएको छ | राई शब्दको बारेमा  विभिन्न समाजशास्त्री, मानबशास्त्री, इतिहासकार, भाषाशास्त्रीहरुको खोज अनुसन्धान कर्ताहरुले आ-आफ्नो तर्कहरु प्रस्तुत गरेको पाइन्छ | अहिलेसम्म भेटिएको लिखित प्रमाण अनुसार राई शब्द २००० बर्षभन्दा पुरानो पाइन्छ |

नेपालमा ३३ किसिमको राईहरु विभिन्न स-सानो ठाउमा आदिम कालदेखि पित्रीभुमी र मातृभुमिमा बसोबास गर्दौ आएको छन् । कतिपय राईहरुले बोल्ने मातृभाषा लोप भएको छन् । कतिपय राई भाषाहरु लोपोन्मुख अबस्थामा पुगेको देखिन्छ । पछिल्लो समय सम्ममा भाषाशास्त्रीको अनुसार करिब २४-२७ किरात राई भाषाहरु जिवित र  प्रचलनमा छन् ।

त्रिभुवन बिश्वबिध्यालयको भाषाशास्त्री उपप्राध्यपक डा. तारामणी कोयि राईको अनुसार विभिन्न भाषा भाषिकाहरुमा सामिप्याता छ | जस्तो कुलुङ राई र नछिरिङ राईको मातृभाषा ६८ % मिल्दछ | यो मातृभाषा १०३७ बर्ष पहिले छुट्टिएको थियो | दुमि राई र कोयि राईले बोल्ने मात्री भाषा पनि १००० बर्ष पहिला छुट्टिएको हो | यसै क्रममा, भाषाशास्त्री डा. लाल रापाचाको अनुसार बायुङ राई र कोइच ( सुनुवार ) मातृभाषा १४०० सताब्दिमा छुटिएको थियो | बायुङ राईको भाषा सङ्ग वाम्बुले , थुलुङ , जेरुङ , कोइच ( सुनुवार )  भाषा सङ्ग नजिक पाइन्छ | नुमा आठपहरिया राईको अनुसार आठपहरियाको मातृभाषा पनि लिम्बू, बान्तावा, बेलारे र साम्पाङ भाषासङ्ग मिल्दछ | बिकास राई ( सौगात ) को अनुसार वाम्बुले राई र जेरुङ राईको मातृभाषा सत प्रतिशत मिल्दछ | तेति मात्र नभएर अरु किरात राई भाषा सङ्ग नजिक पाइन्छ |

अर्को उदाहरण
यहाँ सोलुखुम्बु जिल्लामा दक्षिणी भु-भागमा आदिम कालदेखि बसोबास गर्दै आएको बायुङ राईहरुको बारेमा प्रस्तुत गरिएको छ | त्यो दक्षिणि भु-भागमा बसोबास गरेको बायुङ राईहरुको एक अर्काको केही न केही भाषा फरक छ | ओल्लो गाउ र पल्लो गाउमा विभिन्न कुराहरुको थोरै थोरै बिबिधता पाइन्छ | मुन्धुम अध्यता किशोर बायुङ राईको अनुसार नेचा सल्यान गाउँ पालिकामा बसोबास गरेको किरात बायुङ राईहरुको  ओल्लो मातृभाषामा, कुलपित्री पुजामा, प्रकृतिक पुजामा, चालचलन तथा रहनसहनमा केही न केही त फरक देखिन्छ | यो भुगोलमा सबै बायुङ राईहरुले लुना सारी (लुना कुलपित्र अनुसार) पुज्दछन् र मान्दछन् |

यसरि हेर्दा एउटै लुना सारी अनुसार कुलपित्र पुज्ने र मान्नेको किरात बायुङ राईहरुको समदयमा समेत बिबिधता पाइन्छ | तेति मात्र नभएर, सोलुखुम्बु र ओखलढुंगाको भुगोलबाट बायुङ राईहरु विभिन्न समयमा बसाई सरि करिब २४ जिल्लाभर छरिएर बसोबास गरेको पाइएको छ | बायुङ राईहरुको ओखलढुंगामा घनाबस्ती रहेको छ | मुन्धुमबिद र नक्स (धेवा) बुद्दिकुमार हङ्गुचा बायुङ राईको  ओखलढुंगा जिल्लाको बायुङ राईहरुको कुलपित्र र सोलुखुम्बुको जिल्लाको बायुङ राईहरुको कुलपित्र पुज्ने तरिका फरक फरक पाइन्छ | साथै भाषामा समेत फरक पाइन्छ |  युबराज बायुङ राईको अनुसार, खोटाङमा बायुङ राईहरुले प्रमुख हङ/सेग्रो, ताम र तुमा ताम, ब्यार्‍प्वा जस्तो कुलपित्र पुजा नै गरिदैन | त्यो बाहेक अरुहरु मात्र कुलपित्रको पुजा गरिन्छ |

अन्तमा,
जति गरि पनि जरा खोज्ने क्रममा राईहरुको पुर्खा  एउटै | सबै राईहरु राजा एलम्बर हाङ र खाम्सोसा हाङ्को सन्तान हो | प्रतिष्ठान ऎन २०५८ अनुसार जो माथी उल्लेख गरिएको भाषिक समुहहरु किरात राई जातिबाट चोइटिएर जानको लागि निरन्तर रुपमा नया जातिको लागि सूचीकरणको प्रक्रियामा छन् | तेतिमात्र नभएर २०६८ को जनगणनाके १२ भाषिक समुहलाई जाती कोड समेत दिएको छ | सूचीकरणको लागि भनसुनको निम्ति विभिन्न राजनितिक दलको प्रतिनिधिहरुको निवास र विभिन्न कार्यलय धाउने काम अहिले सम्म गर्न छाडेको पाइदैन | कथन छ – कहि नभएको हाडी गाउको जात्रा भने झै – ३३ किसिमको राईहरुमध्ये १४ किसिमको राईहरु चोइटिएर जाने प्रक्रियामा छन् | अरु बाकी १९ किसिमको राईहरु सूचीकरणमा नगएर पनि सक्षम, सबल, प्रबल, अब्बल र दख्खल राख्न सक्ने समुदाय देखिन्छ | करिब १८०,००० बान्तावा राईमा ५००० जति र ८०,००० चाम्लिङ राईमा ७००० जति मात्र सूचीकरणको प्रक्रियामा रहेको देखिन्छ | अरु भाषिहरुमा पनि कुन जनसंख्याको १-३ % जति सूचीकरणको पक्षेमा छन् |  निस्चित व्यक्तिले निस्चत स्वार्थको लागि आफ्नो मनोगत तवरले बृहत सबै समुदाय औपचारिक छलफल नगरि सूचीकरणको प्रक्रियामा रहेको देखिन्छ |

सन्दर्भ सामाग्री :
डा. तारामणी कोयि राईत्रि. बि. – निप्सुङ अङ्क२८
डा. लाल रापाचाइन्डोनेपाल किराँती भाषाहरु विगत , समकालीन परिबेश भोलिको चुनैतिहरु
गणेश राई / पदम राईकिरात राई भाषाहरु साहित्यको बर्तमान अवस्था
प्रो. डा. नवल किशोर राईत्रि. बि. – भाषासास्त्री
कुशोर बायुङ राईमुन्धुम अध्यतात्रि. बि. – मानव शास्त्री
बुद्धि कुमार हङ्गु बायुङ राईनक्सो मुन्धुमबिद
Pro. Yuvan Noah Harari – Sapiens A Brief History Of Humankind
युबराज बायुङ राईसमाजसेवि
बिकास राई (सौगात) – समाजसेवि
नुमा आठपहरिया राईबिध्यार्थी 

(लेखक किरात बायुङ राई सुम्निखिमको केन्द्रिय अध्यक्ष हुन् ।यहाँ प्रस्तुत आलेख लेखकका निजी विचार हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *