वाम्बुले राईहरुको आर्थिक क्रियाकलापहरुमा परिवर्तन
मानिसका जिविका निर्वाह गर्ने क्रमसँगै विभिन्न क्रियाकलापहरु हुदै गए। असिमित आवश्यकता पूरा गर्न सिमित स्रोत साधनहरुले परिपूर्ति ग्रनुपर्ने पर्ने अवस्था आयो। मानिसको अर्थिक क्रियाकलापहरुको अध्ययन गर्न नै अर्थशास्त्र विज्ञानको अवधारणा आयो। Physiocrates, mercantilist, धनको विज्ञान, मानव कल्याण, भौतिक कल्याण, कार्यको विभाजन हुदै मानिसको क्रियाकलापहरुलाई कालखण्डमा परिभाषित गर्दै आए। Rabinson Crusoe लाई पनि आर्थिक समस्या परेको कुरा व्याख्या गर्दै आर्थिक क्रियाकलाप र समस्या सामाजिक प्राणीमा मात्रै नभई व्यक्तिगत रुपमा पनि हुन्छ भन्ने कुरालाई अगाडी बढाईएको पाईन्छ।
बेलायतबाट सुरु भएको औधोगिक क्रान्तिले विश्वमा फैलिएको स्रामाज्यवाद, बेलायतको म्याग्नाकार्टाको कारण, मिश्रको सभ्यता, सिन्धुघाटीको सभ्यता, चिनिया सभ्यतामा देखिएको मानव विकास र त्यहा भएको आर्थिक क्रियाकलापहरुको वर्णन सबैले मानिसको आर्थिक क्रियाकलाप नै मुख्य विषय देखिन्छ। हिन्दु धर्म अनुसार ब्राहमण क्षत्रीय, वैश्य र शुद्र, गरी वर्गीकरण गर्दा पनि आर्थिक क्रियाकलापलाई मूख्य विषय बनाई वर्गीकरण गरिएको छ। जसमा जुन वर्गले आर्थिक क्रियाकलापको नियमन, नियन्त्रण र विस्तार गर्थ्यो त्यसलाई वैश्य भनिएको छ । वाम्बुले राई जनजाति भित्र पर्ने किरात राईको एक थर भएकोले यहा समावेश भएको देखिन्छ। किरात धर्म अनुसार राई जाति वा वाम्बुले राई प्रकृति पुजक भन्दा वाम्बुले राइ विशेषगरी कृषि पेशा अगालेको पाईन्छ।
वाम्बुले समाज जनजाति भित्र पर्ने किरात राईकभित्र पर्ने वाम्बुले थरको क समाज हो। यो समाज विशेष गरी नेपालको ओखलढूङ्गा जिल्लाको दक्षिणी भेक र खोटाङसँगको सिमानामा पाईन्छ। यसे समाजको आर्थिक क्रियाकलापहरुको अध्ययन गर्न ईतिहासलाई पल्टाएर हेर्दा किरात वंशले राज्य शासन गर्दा ताका देखि अहिलेसम्मको अवस्था देख्दा किरात राई भित्रमा पर्ने वाम्बुले रीहरुले मुख्य गरी कृषि पेशा नै अगालेको देखिन्छ। सूचना प्रविधिको विकास, यातायात, सडक सञ्जालको विस्तार, विस्व भूमण्डलीकरण लगायत संविधानमा मौलिक हकमा व्यापक व्यावस्था, संघीयता, समावेशी, आरक्षण जस्ताको व्यवस्ता भएसँगै वाम्बुले समाजमा पनि आर्थिक क्रियाकलापहरुमा विविधता आएको देखिन्छ। विगतमा यो समाज जिविकापार्जनको रूपमा मुख्य पेशा कृषि र सहायक पेशाको रूपमा लाहुर जाने वा भरियाको काममा मात्रे सिमित थियो। यहाँदेखि विसतार हुदै आजसम्म वाम्बुले राईहरुको आर्थिक क्रियाकलापहरुमा संलग्नता विविधता हुन गएको पाईन्छ।
कृषि
वाम्बुले समाजलाइ नजिकबाट नियालेर हेर्ने र अध्ययन गर्ने हो भने पुर्खौ देखि ने कृषि पेशामा आवद्धता देखिन्छ। जिवन निर्वाहमुखी खेतीको रूपमा कृषि पेशा अगालेर जिविका निर्वाह गर्दे आए। बुढापाकाको कुरा सुन्दा शिकारी जीवनशैलीबाट कृषि पेशामा लाग्दा सुरु सुरुमा जङ्गल फडानी गरी आगो लगाएर खेति गर्ने काम गरिन्थ्यो। कृषि सामग्री नभएको कारण लौरो (लठ्ठी) को सहायताले बीउ रोप्ने र गोडमेल गर्दा लौरोले नै झारपात हिर्काएर गर्ने चलन थियो रे। त्यसपछि बारीको गरा, खेतबारी बनाई कृषिको लागि जग्गा जमिनको रूपमा प्रयोग गरिने कम भयो।
पचासको दशकसम्म अधिकांश वाम्बुले राईहरु कृषि पेशामा ने आवद्धता थियो। त्यो पनि जीवन निर्वाहमुखी खेती र वस्तु विनिमयको चलन व्यापक थियो।विशेषगरी वाम्बुले राईहरुको थातथलो पहाडी जिल्ला ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाका गाउँहरुमा बसोबास थियो। भिरालो जमिन, सिचाई सुविधाको अभाव भएको कारण मुख्य बालीहरु मकै, कोदो, गहुँ, धान आदि मुख्य बालीहरु लगाउने गर्छन।पछिल्लो समय कृषि व्यवसायीकरण गरी खेती गरेको पाईन्छ।साठीको दशकसम्म खेतबारीमा उब्जेको अन्नबाली र तरकारी हाटबजारमा बेच्ने गरेको पाईन्थ्यो।अहिले व्यावसायिक रुपमा खेति गरी जिविकापार्जन गरिने पाईन्छ।केही वाम्बुले राईहरुले काठमाण्डौ उपत्यकाको सानागाउँ, ठैब, क्षेत्रमा तरकारी खेती गरेका छन।अत: वाम्बुले समाज सिकारी जिवन देखि व्यवसायिक खेती किसानसम्म आईपुगेको देखिन्छ।
सेवा
वाम्बुले सामुदाय कृषि नै मुख्य पेशा अपनाई जिवन चलाएका सामुदाय हो। तर समयको अन्तरालसँगै आर्थिक क्रियाकलाप तथा पेशामा पनि परिवर्तन हुदै गएको पाईन्छ।पहिले लाहुर जाने प्रवृति र भरियाको रुपमा काम गरी अर्थोपार्जन गर्ने सामुदाय थियो, वाम्बुले सामुदाय।सन् १९१४ को सुगौली सन्धि पश्चात नेपालीहरु ब्रिटिश सेनामा जाने भएसँगै वाम्बुले सामुदायका युवाहरु पनि यसमा आकर्षित छन।अहिले पनि वाम्बुले युवाहरु भारतीय, सिंगापुरे प्रहरी र ब्रिटिश सेनामा लाहुर जाने गरेका छन्। योसवगै वाम्बुले सामुदाय मिर्चैया देखि खाटाङ, ओखलढुङ्गा र सोलुखुमबुका विभिन्न ठाउँसम्म सामान ओसार्ने भरियाको काम गर्दथ्यो। तर अहिले सडकसञ्जाल पुगेसङ्गै भरियाको काम हराएको छ।यातायातको सुविधा, सूचना, सञ्चार, प्रविधिमा विकास, भूमण्डलीकरण, विश्व व्यापार, वैदेशिक रोजगार लगायतका सुविधा र अवसरका कारण वाम्बुले सामुदायका मानिसहरुले अवलम्बन गर्ने पेशामा पनि विविधिकरण भएको पाईन्छ।वामबुले राईहरु निम्न सेवाहरुमा संलग्न भएको पाईन्छन।
सामाजिक सेवा
वाम्बुले राईहरु सामाजिक सेवामा संलग्न भएको पाईन्छ। राजनीतिक क्षेत्र, सरकारी तथा गैरसरकारी संस्थाहरु, सामाजिक परिचालक जस्ता क्षेत्रमा संलग्न भई आर्थिक उपार्जन गरेको पाईन्छ।
सरकारी सेवा
वाम्बुले सामुदायका मानिसहरुक शिक्षाको अवसरको प्राप्ति, संविधानमा समावेशिताको व्यवस्था , सुचना प्रविधिको पहुँच भएसँगै पछिल्लो दशकमा सरकारी सेवा प्रवेश गर्ने युवाहरु पाईन्छन। निजामती सेवा, सार्वजनिक संस्थान, सुरक्षा निकाय, नेपाली सेना, प्रहरी सेवा, शिक्षक सेवा, शसस्त्र प्रहरी सेवा , स्वास्थ्य सेवा जस्ता सरकारी सेवामा संलग्न भएको पाईन्छ।
स्वास्थ्य सेवा
वाम्बुले राईहरु स्वास्य सेवामा पनि संलग्न भई आर्थिक उपार्जन गरेका छन। चिकित्सक, नर्स, अनमी, अहेव रुपमा कार्यरत छन भने औषधि पसल संचालन गरी बसेका पनि पाईन्छन।
पत्रकारिता
राज्यको चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमा पनि वाम्बुले राईरुको सम्लग्नता देखिन्छ। विभिन्न रेडियो, टेलिभिजन, पत्रपत्रिकामा वाम्बुले राई कार्यरत वा सेवारत छन।
वैदेशिक रोजगार
परापुर्वकालमा वाम्बुले सामुदायले कृषि पेशामात्रै अगालेका साठीको दशक पछि वैदेशिक रोजगारी खुलेसँगै धेरै वाम्बुले युवाहरु वैदेशिक रोजगारीमा गएको पाईन्छन।मलेशिया, साउदी अरब, कतार, दुबई, ओमन, कुबेत, बहरीन, द. कोरिया, अफ्गानिस्तान देशहरुमा कार्यरत छन। त्यसैगरी अमेरिका, अष्ट्रेलिया, जापान, युरोप देशहरुमा पनि वाम्बुले सामुदायको मानिसहरु काम गरिरहेका छन।
व्यापार व्यवसाय
आर्थिक संलग्नताको आधारमा हेर्ने हो भने अहिले वाम्बुले सामुदायका मानिसहरु व्यापार व्यवसायमा पनि संलग्न देखिन्छ। विभिन्न होटेल, रेष्टुरेन्ट, खुद्रा पसाल, खाजाघर, लत्ताकपडा पसल, तरकारी पसल, मदिरा पसल, अटो मोटरसाईकल वर्कशप, मोटरसाईकल शो रुम जस्ता व्यवसायमा लागेको देखिन्छ।
बैङ्क, सहकारी तथा विमा कम्पनी
अहिले वाम्बुले राईहरु बैङ्किङ सेवा, सहकारी संस्था, विमा कम्पनी जस्ता क्षेत्रमा कार्यरत छन। सहकारी संस्था स्थापना गरी संचालन पनि गरिरहेका छन। बैकका कर्मचारी, विमा कम्पनीका एजेण्ट, सहकारी संस्थाको कर्मचारी तथा सहकारीको संचालक नै भई काम गरेको पाईन्छन।
निर्माण व्यवसाय
पछिल्लो समयमा एकादुई वाम्बुले राईहरु निर्माण व्यवसायमा पनि लागेको पाईन्छन। सडक, भवन निर्माण गर्ने व्यवसायमा पनि संलग्न भएको पाईन्छ।
निजी उद्यमी तथा काम
आफ्नै लगानी गरी विभिनन काम गरेका छन भने कोही वाम्बुले राइहरु ज्यालादारी काम, निर्माण सम्बन्धी काम, साङ्गितिक तथा मनोरञ्जनात्मक क्षेत्रमा कामहरु गरी आर्थिक क्रियाकलापहरुमा संलग्न भएको पाईन्छ।
विगतमा वाम्बुले राई समाजका मानिसहरु कृषि पेशामा संलग्न भई आफनो दैनिक गुजारा चलाउथे। वस्तु तथा सेवाहरुलाइ बिक्री वितरण नगर्ने, आफ्नो लागि आफै उत्पादन गर्ने, बिक्री गर्न लजाउन समेत व्यवहार भएका समजा आज थुप्रै क्षेत्रमा संलग्न भएको पाईन्छ। समयको अन्तराल सँग जीवनशैली र सोचमा परिवर्तन भई आज वाम्बुले राईहरु विभिन्न क्षेत्रमा महत्वपूर्न भुमिकामा रहेको पाईन्छ। गरिबी, अशिक्षा, अज्ञानताले चेपिएको समाज विस्तारै आर्थिक रुपमा सम्पन्न, सामाजिक रुपमा सभ्य, साँस्कृतिक रुपमा परिस्कृत, राजनीतिक तता प्रशासनिक रुपमा सचेत, सबल र सक्षम हुने बाटोमा वाम्बुले सामुदाय र मानिसहरु रहेका छन।
मानेभञ्ज्याङ-५ ,धिमिले, ओखलढुंगा
(लेखक अर्थशास्त्रका विद्यार्थी, वाम्बुले सामुदायका मानिसहरुको आर्थिक क्रियाकलापहरुमा देखिएका परिवर्तनलाई अवलोकन गरी यो लेख तयार गरेको हो।)