देवबहादुर राईको अध्यक्षतामा वाम्बुले राई समाज सिरहा गठन

समाचार

लिभु संवाददाता
धरान (सुनसरी)– देवबहादुर राई (वाम्बुले द्वा¥वाङ्चा)को अध्यक्षतामा वाम्बुले राई समाज सिरहा जिल्ला कार्यसमिति गठन भएको छ ।

यसअघि देवबहादुर राईको अध्यक्षतामा वाम्रास सिरहा जिल्ला तदर्थ समिति गठन भएको थियो । सोही तदर्थ समितिको यही २०७८ मंसिर ११ गते सम्पन्न पहिलो जिल्ला सम्मेलनबाट कार्यसमिति गठन भएको हो । सचिव हर्षबहादुर राई, सहसचिव विक्रम राई, कोषाध्यक्ष सुनिता राई तथा सदस्यहरू यानबहादुर राई, सोमबहादुर राई, अप्सरा राई र सन्तोष राई हुनुहुन्छ ।

वाम्रास सुनसरीका पूर्वअध्यक्ष तथा किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय अध्यक्ष रामकर राईको प्रमुख आतित्थ्य रहेको थियो । त्यसैगरी वाम्रास सुनसरीका सचिव लाखमान राई, सहसचिव दिलन राई, सदस्यद्वय रोशन राई (मगा) र सुदिप राई तथा वाम्रास उदयपुरका निवर्तमान अध्यक्ष शुभराज राई (काजी)को आतिथ्य रहेको थियो ।

रामकर राईको संयोजक र लाखमान राई र शुभराज राई (काजी) सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिलाई संयोजक राईले सफतग्रहण गराउनु भएको थियो ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका–११ घुरूम्बी देउराली गाउँमा वाम्बुले राईहरू बाक्लो बसोबास रहेको छ । ओखलढुंगा, खोटाङ जिल्ला पुख्र्यौली थलोबाट बसाई सरेर आएका वाम्बुले राईहरू परापूर्वदेखि मान्दै आएका किरात धर्म, वाम्बुले राई भाषासमेत बचाउँदै आएका छन् ।

त्यसैगरी वाम्रास जिल्ला सम्मेलनका विशेष अतिथिमा किरात राई यायोक्खा जिल्ला कार्यसमिति सिरहाका अध्यक्ष अन्जनी राई तथा अतिथिहरू सहसचिव मेम्बर राई, सदस्य रामकाजी बान्तावा राई हुनुहुन्थ्यो । यस्तै, गोरखा वेल्फेयर ट्रस्ट खानेपानी उपभोक्ता समिति अध्यक्ष शेरबहादुर सुनुवार, देउराली आमा समूह विणा राई अतिथि रहनु भएको थियो ।

फोटो साभार : शुभराज राई (काजी)को फेसबुक वालबाट

Leave a Reply

Your email address will not be published.