ओखलढुंगा सदरमुकाम नजिकै लागेको डढेलो नियन्त्रणमा

समाचार

लिभु संवाददाता
ओखलढुंगा । ओखलढुंगा सदरमुकाम छेउको वनमा आइतबार दिउँसो दुईबजेबाट लागेको डढेलो नियन्त्रणमा आएको छ ।

ओखलढुंगा सदरमुकाम नजिकै लागेको डढेलो सेना प्रहरी र स्थानीयबासीको एक घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको प्रहरी निरिक्षक टिका कार्कीले जानकारी दिनु भयो।

हुरीबतासका कारण डढेलो नियन्त्रणमा लिन असहज भएको थियो । स्थानीय, प्रहरी र सेनाको टोली डढेलो नियन्त्रणमा लिएका हुन । केही दिनयता बढेको तापक्रमसँगै आगलागीका घटना बढेका छन्। शनिबार सिद्धिचरण नगरपालिकाको थामडाँडा क्षेत्रमा लागेको डढेलो सेना र प्रहरीले दिनभर लगाएर नियन्त्रणमा लिएका थिए।

Leave a Reply

Your email address will not be published.