करेन्ट लागेर एकको मृत्यु , तीन घाइते

नुवाकोट।   नुवाकोटको पूर्वी भेगमा रहेको बेतिनीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

दरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ ताप्साङ, बेतिनीमा बिहीबार आफ्नै घर बनाउने क्रममा करेन्ट लागेर स्थानीय २६ वर्षीय सुनबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

सुनबहादुरकै घर बनाउने क्रममा फलामे रडले ११ हजार भोल्टको बिजुलीको तार छुन पुग्दा उनको मृत्यु भएको हो। मृतक तामाङका साथीहरु ५० वर्षीय पहलमान तामाङ, ३० वर्षीय चुरे तामाङ र २७ वर्षीय वीरे तामाङ घाइते भएको मृतकका जेठान ज्ञानबहादुर तामाङले जानकारी दिए। घाइते तीनैजनाको पुरगाउँ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। मृतक सुनबहादुरका श्रीमती, एक छोरा तथा एक छोरी छन्।

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१७:४६

एमबिबिएस भर्नामा मनोमानी शुल्कविरुद्ध विद्यार्थीको विरोध