शुभचन्द्र राई
नेतृत्वमा कसी
मुगाधन सरले २०५५ सालदेखि २०६६ साल सम्म निरन्तर ३ कार्यकाल जम्मा १० वर्ष किरात राई यायोक्खा सुनसरीको नेतृत्व गर्नुभयो । उहाँको पहिलो कार्यकाल देशको विविध परिस्थिति, संकटकालको कारणले ४ वर्षको रह्यो । किरात राई यायोक्खा सुनसरीको इतिहासमा यति लामो नेतृत्व र सर्वाधिक सफल कार्यकाल अन्य अध्यक्षहरूको लागि आकाशको फल हुनेछ । कुनै पनि अध्यक्षको कार्यकाल सफल बन्नको लागि सचिवको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ । यो कुरा अध्यक्ष मुगाधन सरले पनि बारम्बार भन्नुहुन्थ्यो । यस हिसाबले उहाँको कार्यकालको पूर्ण सफलतामा अलिकति जस त शुभचन्द्र र दोर्पध्वजलाई पनि जान्छ होला नि हउ भन्छु ।
अध्यक्ष मुगाधन सरको पालामा किराया सुनसरीमा थुप्रै सामाजिक, आर्थिक, भौतिक र साँस्कृतिक विकास र परिवर्तनहरू भए । धरान–१० स्थित तामा उद्योगको दक्षिण पश्चिम भागमा परापूर्वकालदेखि राईहरूले पूजा गर्दै ल्याएका जमिनलाई संरक्षण गर्दै सो स्थानमा किराया यलम्बर स्मृति संग्रहालय भवन निर्माण गर्ने अध्यक्ष देवहाङ राईको कार्यकालको गुरूयोजनाले अध्यक्ष मुगाधन राईको कार्यकालमा मूर्त रूप लियो । सो बहुउद्देश्यीय भवन निर्माण गर्नको लागि विभिन्न कारणहरूले पूर्व अध्यक्षको
कार्यकालमा गठित निर्माण समितिलाई पुनरगठन गरी धरान–८ निवासी अ.क्याप्टेन हर्कबहादुर राई साहेबलाई अध्यक्ष र सोही वडाका रमेश राईलाई सचिव चयन गरिएपछि भवन निर्माण कार्यले गति लियो ।
फेटा अर्कैलाई
२०५७ फागुन १० गतेदेखि निर्माण सुरू गरिएको सो भवनको निर्माण चरणहरूमा विभिन्न बाधा अवरोधहरू आई नै रहे । त्यहाँ पूजा गरिरहने पूजारीहरूले भवनको पिलरको डोब खनिसकेपछि बखेडा झिके । त्यसैले भवनलाई केही खुम्च्याउनु प¥यो । तामा उद्योगका बालकृष्ण हलवाईले निर्माणाधिन यलम्बर भवनको आधा जग्गा मेरो नम्बरी पर्छ तर म संस्थालाई दान दिन्छु भन्नु भएपछि उहाँलाई फेटा गुँथाएर ताम्रपत्रले जयजयकार गर्दै सम्मान गरियो । तर जग्गा त पदमलाल लिम्बुको पो रहेछ । अन्तमा उहाँको किरायाको भवनमा परेको जम्मा नम्बर ८ धुर जग्गाको आधा जग्गाको पैसा तिरेर किरायाको नाममा पास गरियो भने आधा दाम चै ताम्रपत्र र फेटाले सुलह ग¥यौं । बालकृष्ण हलवाईलाई गरेको सम्मानचै फुस्सै भयो । फिर्ता माग्नु मिलेन ।
भव्य महलमा कार्यालय
भवन निर्माण गर्नको लागि आवश्यक पर्ने करोडौं रकम निर्माण समितिका अध्यक्ष अ.क्याप्टेन हर्कबहादुर साब र सचिव रमेश राईको विशेष पहल र अहोरात्र खटाईबाट जुटेको हो । पैसा माग्न जानेदेखि निर्माणाधिन संरचनाको दिनरात रेखदेख, सामानहरू खरिददेखि पानी लाउने (क्यूरिङ) गर्ने कामसम्म उहाँहरूले गर्नु हुन्थ्यो । भवन निर्माणमा निर्माण समितिका अन्य सदस्यहरूमा ले. रामप्रसाद राई (उपसंयोजक–धरान–१७), मेघनाथ राई (किराया प्राकास धरान–१९ का अध्यक्ष), लालबहादुर राई (किराया सुनसरीको पूर्वसदस्य), मानबहादुर राई (किराया प्राकास धरान–१८ का पूर्वअध्यक्ष), सुबेदार श्यामप्रसाद राई (धरान–१५), राधिका राई (किराया प्राकास धरान–१० का पूर्वअध्यक्ष), भक्तशेर राई (धरान–११) तथा निर्माण समितिको गठन पुनरगठनका विभिन्न चरणहरूमा स्वयं कार्यसमितिका अध्यक्ष मुगाधन राई, नि.अध्यक्ष देवहाङ राई, भूपूसिडिओ प्रेमकुमार बान्तवा, कर्णेल बीरबहादुर राई, शशिमदन राई, प्राविधिकहरू हस्तकुमार राई र देशकुमार राई (धनपा) समेत निर्माण समितिमा रहनु भएको थियो । भवन निर्माण कार्यमा यी व्यक्तित्वहरूको समेत उत्तिकै योगदान रहेको छ ।
यसरी झोलाबाट किरायाको कार्यालयलाई बिरालोले बच्चा सारेभैm विभिन्न स्थाहरूमा सार्दै अन्तमा ३ तले भव्य महलमा सार्न सफल भयौं । यो भवन निर्माणमा प्रमुख योगदान रहेको निर्माण समितिका अध्यक्ष अ.क्याप्टेन हर्कबहादुर राई साब अहिले हामी माझ हुनुहुन्न तर उहाँले निर्माण गरेका किराया यलम्बर स्मृति संग्रहालय भवन किरात राईहरूको एकताको प्रतिक तथा गौरव स्तम्भको रूपमा सदासर्बदा चोमोलुङमाभैmं उभिरहेछ उहाँकै स्मृतिमा । यो भवन निर्माणमा योगदान गर्नु हुने सम्पूर्ण निर्माण समिति, आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदातहरूलाई म यसै मेरो संस्मरणबाट सम्झन चाहन्छु । सम्मान गर्न चाहन्छु । सल्यूट गर्न चाहन्छु ।
मुगाधन राई सरको दुई अध्यक्ष कार्यकालमा मैले किराया सुनसरीको सचिव (उहाँको सचिव) भएर काम गर्ने अवसर पाएँ । उहाँको दोस्रो कार्यकाल (२०६०–०६३) मिति २०६० असार २८ र २९मा सम्पन्न भएको तेस्रो जिल्ला सम्मेलनबाट कार्यसमितिमा उपाध्यक्ष सर्बराज राई, सचिव शुभचन्द्र राई, सहसचिव दोर्पध्वज राई, कोषाध्यक्ष तिलबहादुर राई र सदस्यहरूमा मानभगत चाम्लिङ, शिव बान्तावा, लालबहादुर राई, कमल राई, तिलक राई, शशिमदन राई, जिनुता राई, हर्कबहादुर चाम्लिङ, सुबासचन्द्र राई र इन्द्रकुमार रार्ई चयन भएका थियौं ।
२०६० भदौ १५ गते सम्मेलनको बेला धरानमा नरहेर कार्यसमितिमा छुट्नु भएको नि. सहसचिव सदरकुमार राईलाई पुनः कार्यसमितिमा सदस्यमा मनोनित गरियो । कार्यसमितिका पदाधिकारी र सदस्यहरूमध्ये विदेश जाने हुनु भएकोले उपाध्यक्ष सर्बराज राईको राजनीनामालाई २०६३ बैशाख ४ गते, सदस्य शशिमदन राईको राजीनामालाई २०६३ जेठ २६ गते स्वीकृत गरियो भने समितिका सदस्यहरू सुबासचन्द्र राई, हर्कबहादुर चाम्लिङ र इन्द्रबहादुर राईलाई २०६३ वैशाख ४ मा विधानअनुसार पदमुक्त गरियो । यसैगरी मिति २०६३ असार ७ गते कार्यसमितिको सदस्यमा राजकुमार राई र इश्वरी राईलाई मनोनित गरियो ।
कार्यसमितिमा विशेष सदर दाइ, दोर्पध्वज र म मिलेर विभिन्न नयाँ कार्य योजनाहरू बनाउँथ्यौं । अध्यक्षबाट हाम्रो सबै कार्ययोजनाहरू आँखा चिम्लेर पास हुन्थ्यो । उपाध्यक्ष सर्बराज राई सबैतिर पुग्ने हाट्टहुट्ट गर्ने कार्यमा उनी साह्रै फिट थिए । कोषाध्यक्ष तिलबहादुर राई साह्रै सोझा लाहुरे गोरू भएर संस्थाका लागि उनी खटिन्थे । शिव बान्तावा बैनी एकमात्र किरायामा लामो समयसम्म टिक्ने किराती चेली थिइन् । असाध्यै काम गर्ने र खट्न सक्ने तर रिस भने नाकको टुप्पैमा । साह्रै खतरा । अन्य सदस्यहरू आ–आफ्ना भूमिकामा फिट थिए ।
२०५८ सालदेखि प्रत्येक वर्ष किराया प्राकासहरूले सकेसम्म एक अर्काको तिथि मितिहरू नजुझिने गरी साकेला उभौली मान्ने, एक अर्काको प्राकासहरूमा बोलाई शुभकामना साटासाट गर्ने तालिका तयार गर्ने परिपाटी बसाइयो । यस क्रममा धरान–१८ मा रहेको साकेला दशमी तिथिमा मान्ने निर्णय भयो तर धर्मध्वज राईको पूजा समितिले यायोक्खासँग निहु खोज्नकै लागि कहिले दशमीभन्दा पहिले नै कहिले दशमीपछि असारतिर मान्ने गथ्र्यो । धर्मध्वजकै चुलाबाट धामी निकाल्ने गरिएकोले अर्को धामी खोजेर पुज्न पनि नमिल्ने भएपछि दशमीको दिन चाहिं किराया प्राकास धरान–१८ को पहलमा थानमा गई सरसफाई र धुपबत्ती मात्र गर्ने निर्णय र परिपाटी चलाइयो ।
२०५९ सालको साकेला उभौलीमा तालिकाअनुसार दशमीको दिन हामी किराया सुनसरी जिल्ला कार्यसमिति, सल्लाहकारहरू नि. अध्यक्ष देवहाङ राई, जिबि लुगुन, प्राकास धरान–१८ का अध्यक्ष मानबहादुर राई र उहाँको कार्यसमिति बिपि प्रतिष्ठानभित्र रहेको साकेला थानमा सधैभैंm धुपबाती लगेर पूजा गर्न गयौं । थानको ढोकामा त बुढाले आप्mनो धमिनी दिदी, स्वास्नी, ढोले, हुक्के, बैठकेहरूलाई पो पहरे राखेका रहेछन् । हामीलाई थानभित्र छिर्न नदिन । पहिले त भित्र छिर्न दिन हामीले उहाँहरूलाई अनुरोध नै ग¥यौं तर उहाँहरूले मरिगए बाटो नछोडेपछि भने हाम्रो पनि तिनसिरी तातियो । ए गाँठे यायोक्खाकै अध्यक्ष, सचिव थानमा छिर्न नपाउनु ? हामी पनि हनुमान बल निकालेर उहाँहरूलाई हटाई थानभित्र छि¥यौं र पूजापाठ गरेर निस्क्यौं ।
धर्मध्वजको सुरक्षा टोली बेपत्ता भए । त्यसको तीन दिनमा किराया सुनसरी सचिव शुभचन्द्र राई, किराया प्राकास धरान–१८ का अध्यक्ष मानबहादुर राई र सल्लाहकारद्वय जिबि लुगुन र देवहाङ राईको नाममा ट्यात्र्mयाक्कै ढोकामा जिल्ला अदालत सुनसरीबाट म्याद आइपुग्यो मुद्दाको । विषय रहेछ धार्मिक स्थलमा विध्वँस मच्चाएको, कुटपिट गरेको, धार्मिक आस्थामा खलल पु¥याएको । थुक्का कुन दिनमा संस्थामा लागिएछ जस्तो भो । यो मुद्दामा अध्यक्ष मुगाधन राईको नाम बुढा (धर्मध्वजले) ले जानजानी छुटाए । जिल्ला अध्यक्षको नाताले पहिले मुद्दा उहाँको नाममा पो लाग्नु पथ्र्यो । यो मुद्दा निक्कै समयसम्म लड्न प¥यो । खर्च पनि मनग्गे भयो । अन्तमा यो मुद्दा पनि हामीले नै जित्यौं । भनौं यायोक्खाले नै जित्यो । मुगाधान सरको अध्यक्ष कार्यकालका यी अविष्मरणीय क्षणहरू हुन् । (बाँकी अर्को अंकमा..)
(किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिका पूर्व अध्यक्ष शुभचन्द्र राईको यो संस्मरण लेख लिब्जु–भुम्जु पूर्णाङ्क ६२,वर्ष २२ अंक २, पूर्णाङ्क ६२, २०७२ साउन–असोज (किरात येले संवत् ३७९४÷सन् २०१५मा प्रकाशित छ)