किरात राई यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन र नेतृत्वको सवाल

विचार / ब्लग
गणेश वाम्बुले राई

 

एघारौं राष्ट्रिय महाधिवेशन

किरात राई यायोक्खा लाई २६ भाषी किरात राई जातिको साझा गौरवशाली सामाजिक संस्था मानिन्छ । विश्वभरि छरिएर रहेका लाखौं किरातीको साझा पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्ने संस्थाको नाम हो– यायोक्खा । यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन यही २०७९ असोज ८ गतेबाट १० गतेसम्म काठमाडौं सम्पन्न हुने तयारीमा छ । यायोक्खाले महाधिवेशनमा २५ जिल्ला, ८ भ्रातृसंगठन, १९ थरगत भाषिक संस्था, १९ विदेश शाखा संगठन र ७ वटा सम्बन्धन संस्थाका प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने जनाएको छन् । महाधिवेशनले आगामी तीन वर्षका निम्ति ८१ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

महाधिवेशन स्थलबाट १७ पदाधिकारी र २१ सदस्य चुनिने छन् भने बाँकी ४३ जना मनोयन गर्नेछ । यायोक्खाको नेतृत्व चयनको सवालमा निक्कै सकस, जटिल हुने गरेको छ । किरात राई जाति एक, भाषा अनेक भएकाले समावेशी सद्भावलाई सम्हाल्नै पर्ने नत्र भड्किन खतरा छ ।

यायोक्खाको विधानको प्रस्तावनामा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा धर्म निरपेक्ष एवम् भौगोलिक विविधता भएको देश हो । आदिकालदेखि स्वदेश तथा विदेशमा बसोवास गर्ने सम्पूर्ण किरात राई हरूलाई एउटै जातीय सामाजिक संस्थामा आबद्ध गर्दै नेपालका विभिन्न जात, जाति, आदिवासी जनजातिहरूसँग आपसी सहयोग, सद्भाव र सहकार्य गरी आदिवासी भूमिसन्तान किरात राईहरूको भाषा, धर्म, कला, साहित्य, संस्कार, संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा इतिहास एवम् पुरातत्वको खोज, अनुसन्धान र विकास गर्न पहिचान र अधिकार सहितको एक समृद्ध जातिको रूपमा स्थापित गर्दै राष्ट्रको विकासमा टेवा पु¥याउन’ उल्लेख छ ।

नेतृत्व पृष्ठभूमि

लागौं, यायोक्खाको पृष्ठभूमितर्फ । २०४५ साउन २२ गते (सन् १९८८ अगस्ट ६) शनिबारका दिन किरात राई साँस्कृतिक तदर्थ समिति, काठमाडौं, नेपाल गठन भएको थियो । तदर्थ समितिको अध्यक्ष बम बहादुर राई हुनुहुन्थ्यो ।
२०४७ भदौ २३ र २४ गते काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले ‘किरात राई यायोक्खा’ नामाकरण ग¥यो । साथै, गंगाराज राई (बान्तावा)लाई अध्यक्षमा चयन ग¥यो । त्यसपछि आम समुदायमा किरात राई यायोक्खा विस्तार हुँदै गयो । यायोक्खा भन्ने नयाँ शब्दले धेरै धेरै धेरैको मनमा बास गरेको छ ।

व्यक्ति–व्यक्तिको प्रयासले किरायाको संस्थागत जीवन सशक्त बन्दै गयो । संस्थालाई जीवित तुल्याउने अग्रजहरूको सत्प्रयास जारी रह्यो । सुनसरीको धरानमा २०४९ फागुन ८, ९ र १० गते सम्पन्न यायोक्खाको दोस्रो राष्ट्रिय सम्मेलनले फेरि गंगाराज राईलाई अध्यक्षमा निर्वाचित ग¥यो । त्यसरी अध्यक्ष चयनको कडी भनेको संस्थागत उद्देश्य प्राप्तिका निम्ति नेतृत्वको निरन्तरता थियो ।

समय, परिवेश बदलिदै गर्दा २०५३ वैशाख १५–१७ गते, काठमाडौंमा यायोक्खाको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । कुलबहादुर राई (एमबिई)लाई अध्यक्षमा चयन ग¥यो । यहाँ बान्तावा राई हुनुहुन्छ । २०५६ मंसिर ४–५ गते, काठमाडौंमै यायोक्खाको चौथौ राष्ट्रिय सम्मेलन सम्पन्न भयो र अध्यक्ष उही कुलबहादुर राई (एमबिई) चुनिनु भयो । २०६० कात्तिक २३–२५ गते, काठमाडौंमा यायोक्खाको पाँचौं राष्ट्रिय सम्मेलनले फेरि पनि कुलबहादुर राई (एमबिई) निर्वाचित हुनुभयो ।

यायोक्खाको छैटौं राष्ट्रिय सम्मेलन २०६३ पुस ८–१० गते, झापाको दमकमा सम्पन्न भयो । सम्मेलनले अध्यक्षमा सुमाया राई (चाम्लिङ)लाई निर्वाचित ग¥यो । यो सम्मेलन यायोक्खाको उद्देश्यमा नयाँ आयाम थपिन पुग्यो कि किरात राज्य (किरात प्रदेश) प्राप्तिको संघर्षमा होमिने राजनीतिक नारा तय ग¥यो ।

सुनसरीको धरानमा २०६६ कात्तिक २१–२३ गते यायोक्खाको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न भयो । चतुरभक्त राई (दुमी)लाई अध्यक्षमा चयन ग¥यो । आठौं राष्ट्रिय सम्मेलन २०६९ पुस ७–९ गते भोजपुरमा सम्पन्न भयो । सम्मेलनले यशोदा राई (बान्तावा)लाई अध्यक्ष चयन ग¥यो ।

त्यसैगरी २०७२ फागुन २३–२५ गते, भक्तपुरको बोडेमा सम्पन्न नवौं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष तिलक राई (बान्तावा) चयन हुनुभयो । २०७५ फागुन २३–२५ गते, सुनसरीको धरानमा सम्पन्न दशौं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष दिवस राई (बान्तावा) निर्वाचित हुनुभयो ।

राजनीतिक कि सामाजिक

एघरौं राष्ट्रिय महाधिवेशनका निम्ति ‘किरात सभ्यता, इतिहास, भूगोल र संस्कृतिको सम्मान हाम्रो संकल्प । १ नं. प्रदेश किरात प्रदेश नामाकरण नै प्रदेशवासीको अन्तिम विकल्प’ नारा तय गरेको छ । छैटौं राष्ट्रिय सम्मेलनदेखि एघारौंसम्म तन्किएको राजनीतिक नारा सामुदायिक हो कि राजनीतिक ? कि यायोक्खा भनेको राजनीतिक पार्टी जस्तै हो कि क्या हो ? भनेर समुदायले बुझ्न सकिरहेको छैन । यसलाई यसरी बुझ्नु पर्ने स्थिति छ कि यायोक्खा बहुदलीय व्यवस्थाका सबै दलका प्रतिनिधियुक्त एउटा सामाजिक संस्था हो । तर यायोक्खामा कोही कुनै दलविहीन व्यक्ति चयन हुनै मुस्किलको अवस्था सिर्जना हुन थालेको छ ।

यायोक्खाले आफ्नो दस्तावेजहरूमा ‘राई एक जाति बहुभाषी भएको विशिष्ट जाति हो’ भन्दै आएको छ । किरात राई जाति भित्रको भाषिक समुदायहरू १) बान्तावा २) चाम्लिङ ३) कुलुङ ४) थुलुङ ५) साम्पाङ ६) वाम्बुले ७) खालिङ ८) दुमी ९) पुमा १०) कायू÷कोयी ११) नाछिरिङ १२) मेवाहाङ १३) आठपहरिया १४) याम्फू १५) लोहरुङ १६) तिलुङ १७) छिलिङ १८) जेरो १९) दुङमाली २०) फाङ्दुवाली २१) बुङ्लावा (साम) २२) मुगाली २३) छिन्ताङ २४) बेल्हारे २५) लुङखिम, २६) देवास रहेका छन् ।

विधान र अध्यक्ष पदको आकांक्षी

किरात राई यायोक्खाको विधान–२०४७ (आठौं संशोधन–२०७५) विद्यमान छ । ‘किराया केन्द्रीय र जिल्ला कार्यसमितिका पदाधिकारीको उम्मेदवार हुन कम्तिमा एक कार्यकाल सम्बन्धित कार्यसमितिको सदस्यमा रही सफल कार्यसम्पादन गरेको हुनुपर्ने’ उल्लेख छ । यही दफालाई टेकेर यायोक्खाको विद्यमान केन्द्रीय कार्यसमितिको उपाध्यक्षहरू र यसअघि पदाधिकारी तथा हाल सदस्यले ११औं महाधिवेशनमा अध्यक्ष पदमा दावी गरेका छन् । दावेदारहरूले यायोक्खाको केन्द्रीय कार्यसमितिमा जनाएको संलग्नतालाई केलाउन उपयुक्त हुने देखिन्छ । यायोक्खाको छैटौं राष्ट्रिय सम्मेलनले भाषिक, थरगत संस्थाले चयन गरेको एकजनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गर्ने विधान व्यवस्था गरेको हो । त्यसयता विभिन्न भाषिक संस्थाहरू यायोक्खालाई मातृसंस्थाका रूपमा स्विकार गरेर आवद्ध हुँदैआएका छन् ।

हाल, यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको दावेदार उपाध्यक्षहरूमा जीवन हाताचो राई, ज्ञानबहादुर (गेन) राई, टिकासरी राई, तिलकप्रसाद राई र राकेश राई देखिनु भएको छ । यसैगरी केन्द्रीय सदस्य युवराज राईले अध्यक्ष उम्मेदवारीको सार्वजनिक घोषणासमेत गर्नुभएको छ ।

विधानतः योग्य उम्मेदवारहरूको संस्थागत आवद्धता केलाउँदा छैटौं राष्ट्रिय सम्मेलन–२०६३ पछि यायोक्खाले संस्थागत सदस्यताको प्रावधान खुला गरेको हो । जसअनुसार छैटौं सम्मेलनपछि वाम्बुले राई समाज, नेपाल (वाम्रास)को प्रतिनिधि सदस्यका रूपमा जीवन हाताचो राईको यायोक्खा केन्द्रीय कार्यसमितिमा प्रवेश भएको हो । त्यसयता हाताचो दुई कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल उपमहासचिव, एक कार्यकाल महासचिव र हालसम्म उपाध्यक्ष रहनु भएको छ ।
यस्तै, वर्तमान उपाध्यक्ष तिलकप्रसाद राई छैटौं सम्मेलनबाट यायोक्खा केन्द्रीय सदस्य हुनुभयो । सातौंमा रहनु भएन भने आठौं राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्य, नवौंमा उपमहासचिव र दशौंमा उपाध्यक्ष चुनिनु भएको पाइन्छ ।

यसैगरी आठौं राष्ट्रिय सम्मेलनबाट राकेश राई, युवराज राई, ज्ञानबहादुर (गेन) राई र टिकासरी राई केन्द्रीय सदस्यमा चुनिनु भएको हो । किरात चाम्लिङ राई खाम्बातिमको प्रतिनिधिका रूपमा प्रवेश गर्नु भएका गेन राई नवौं र दशौं राष्ट्रिय सम्मेलनले उहाँलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । त्यसैगरी साम्पाङ राई जुम्लेखाबाट प्रवेश गर्नु भएका टिकासरी राई नवौं र दशौं राष्ट्रिय सम्मेलनले उहाँलाई उपाध्यक्षमा निर्वाचिन गरेको हो । नवौं राष्ट्रिय सम्मेलन युवराज राई कोषाध्यक्षमा र दशौंमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । राकेश राई नवौ राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्य र दशौंमा उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निष्कर्ष,
यायोक्खाको नेतृत्वको सवालमा बारम्बार एउटा प्रश्न उठ्दै आएको छ, ‘के यायोक्खा भनेको बान्तावा र चाम्लिङको पेवा संस्था हो ?’ तर यो प्रश्न, प्रश्नकै निम्ति हो भन्ने देखिन्छ । यायोक्खाको सम्पन्न १० वटा राष्ट्रिय सम्मेलनमध्ये छैटौंमा चाम्लिङ राई र सातौंमा दुमी राई चयन ग¥यो । कार्यकालका हिसाबले दोहोरिएका र तेहरिएकासमेत गरी बान्तावा राई नै अध्यक्ष बनेका छन् । तसर्थ, सामाजिक संस्थाको हैसियतले यो प्रश्न आक्षपमात्रै हो भन्ने देखिन्छ ।

अब ११औं राष्ट्रिय महाधिवेशनको संघारमा छ । हो, बान्तावा र चाम्लिङ भाषी राईको बाहुल्य छ । त्यसैले नेतृत्व जुझारु हुनु स्वभाविकै हो । यथार्थ यो छ कि बान्तावा र चाम्लिङबीच नेतृत्व सवालमा लुछाचुँडी, तँ ठूलो कि म ठूलो भन्ने थेप्चो नाकको अग्लो डाँडी अथवा जुँगामुठे लडाइँले यायोक्खा विस्तारै अधोगतितर्फ धकेलिरहेको छ । भाषिक समुदायबीच टकराव देखाउन खोज्नु बुद्धिमानी होइन ।

दशौं राष्ट्रिय सम्मेलनयता यायोक्खा नेतृत्वभित्र संकटको झुम्रो सल्किन थालेको छ । बेलायतमा यायोक्खालाई दुई टुक्रा हुनुको कारण पनि बान्तावा र चाम्लिङबीचको टकरावले भएको हो । अमेरिकामा अघिदेखि नै विटुलो बनेको थियो । नेतृत्व सशक्त हुनैपर्छ । यायोक्खामा लामो समयदेखि आवद्ध रहेर सामाजिक योगदान गर्दै आएका, शैक्षिक योग्यताका हिसाबले कम्तिमा स्नातक गरेका, राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वपरिवेश बुझेको हुनैपर्छ । बहुसंख्यक भएकै भरमा नेतृत्व खोज्दा हेपाहा प्रवृत्ति हावी हुनसक्छ । त्यो कदापि मान्य हुनेछैन । ११औं राष्ट्रिय महाधिवेशन सद्भावको महाधिवेशन बन्न सक्नुपर्छ । यसतर्फ थोरै संख्याका भाषिक समुदायभन्दा बहुसंख्यक भाषिक समुदाय बढी उदार हुन जरुरी देखिन्छ । यदि द्वन्द्व चुलिदै जाने हो भने त्यसले गम्भीर मोडतर्फ धकेल्ने छ । द्वन्द्व न्युनिकरण गर्नका निम्ति बहुसंख्यकभन्दा थोरै वक्ता संख्या रहेको समुदायबाट अब्बल नेतृत्व चयन हुँदा दोष पनि मेटिने, सद्भाव भेटिने निश्चित छ ।

(प्रस्तुत लेख संस्थागत नभई लेखकको निजी धारणा हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *