किरात राईहरूको मौलिक खानाको परिकारहरू

विचार / ब्लग

नरदेवी राई र तीर्थराज मुकारूङ

किरात राई जातिको भाषा, धर्म र संस्कृतिले छुट्टै पहिचान राखे झैं खानपिनले पनि आफ्नो मौलिक पन राख्दछ । राईहरूले अरू जाति सरह विविध खानपान गरे पनि आफ्नै किसिमका खानपान तथा परिकार बनाएर खाने गरेको पाइन्छ । जसको बनोट र स्वादमा भिन्नता पाइन्छ ।

अन्नबाट निर्मित परिकारहरू
१. मकै –
 भुटेको मकैको खाजा बनाइन्छ ।
 मकैको चामलको पिठोको भात खाने गरिन्छ ।
 जाँड रक्सी बनाएर खाने गरिन्छ ।
 हरियो मकै पोलेर, उसिनेर खाजाको रूपमा खाइन्छ ।
 हरियो मकै आधि उसिनी सुकाएर राखिन्छ जसलाई फाँगी भनिन्छ र पछि जाडो मौसममा उसिनेर आलुसँग खाजाको रूपमा खाइन्छ ।
 भुटेको मकैको सातुसँग सक्खर र मह मिसाएर डल्लो बनाई टाढो बाटो हिड्दा खाजा बोकेर खाने गरिन्छ ।
 मकैको सातुलाई रक्सी वा जाँडमा मुछेर खाजाको रूपमा खाने चलन छ ।
२. कोदो –
 कोदोबाट जाँड (जीर्मा) बनाइन्छ ।
 कोदोको जाँडबाट रक्सी बनाइन्छ, तीनपाने रक्सी बनाएर औषधीको रूपमा पनि खाने गरिन्छ, खास गरी सर्दि लाग्दा र चिसो लाग्दा ।
 कोदोको पिठोबाट हुर्रे जाँड पनि बनाइन्छ ।
 कोदोको ढिंडो, डल्लो , पुवा पनि बनाइ खाइन्छ । कोदोको रोटी गोठ पूजा गर्दा चलाइन्छ ।
 किरात राई जातिमा आफ्नो कूल पित्रीगर्दा, विवाह, जन्ममृत्यु सबै धर्मकर्ममा चोखो कोदोको जाँड अनिवार्य रूपमा चाहिन्छ । यदि चोखो जाँड नभएको खण्डमा मर्चा, कोदो र पानी मिसाएर पनि काम चलाउने गरिन्छ ।
 मर्चा – एक प्रकारको कोङ्ला गहते झारको जराको धुलो र कोदो वा चामलको पिठोमा च्याप्टो डल्लो बनाई सुकेपछि जाँड बनाउँदा प्रयोग गरिन्छ ।
 कोदोबाट सरूवा जाँड (पोमा वासिम) – घ्याम्पाको पिंधमा प्वाल पारी त्यसभित्र चोया राखी त्यसमाथि छिपिएको जाँडलाई तातो पानी हाली प्वालको बिर्को खोली तलबाट झरेको जाँडलाई पोमा वासिम अथवा सरूवा जाँड बनाउने चलन छ । विवाह कार्य, कूलपित्री गर्दा ÷पूज्दा र भोजभत्तेर गर्दा यसको उपयोग गरिन्छ ।
३. धान –
 धानको चामलको भात, खोलेभात बनाइन्छ,
 चामलको भाती जाँड, होते बनाइन्छ
 चामल र फर्सिको खिचडी बनाइन्छ,
 चामल भुटेर खट्टे खाजा बनाइन्छ,
 चामलको पिठोको सेलरोटी, बाबर रोटी बनाइन्छ ।
 चामललाई घिउमा भुटेर चाम्रे भात बनाइन्छ । यो कोसेलीको रूपमा उपयोग गरिन्छ । चिउरा बनाएर कार्जेमा चढाइन्छ र खाइन्छ पनि ।
 चामलको पिठोलाई घिउमा भुटेर पुवा बनाउने चलन छ र यसलाई खाजाको रूपमा खाइन्छ ।
४. भटमास् –
 भटमास उसिनेर किनेमा बनाइन्छ । किनिमा राई जातिको विशेष खानामा पर्दछ । किनिमा विशेष गरेर जाडो महिनामा झोल बनाएर खाने गरिन्छ । किनिमा र चामल मिसाएर खिचडी पनि बनाइन्छ ।
 मकै र भटमास भुटेर मूलाको सागसँग खाजाको रूपमा खाइन्छ ।
 भटमास भुटेर सातु बनाएर सातुको फाँडो बनाएर झोल पनि खाने गरिन्छ ।
५. सेलरोटी –
 चामलको पिठोबाट सेलरोटी बनाइन्छ सगुनको रूपमा चलाइन्छ ।
 छोरीबुहारी माइती, मावली जाँदा कोसेली पनि बोकिन्छ ।
 तिहारमा चेलीले माइतीलाई टिका लगाइसकेपछि सेलरोटी सगुनमा दिने गर्दछन् ।
६. फापर – फापरको ढिंडो र रोटी बनाइ खाने गरिन्छ ।
 फापर तीन किसिमको हुन्छ – तीते फापर, मीठे फापर र जर्मनी फापर । मीठे फापर र जर्मनी फापरको पिठो सेल रोटी बनाउँदा थोरै मात्रामा मिसाएर बनाउँदा राम्रो लहरा छुट्ने र नरम हुने गर्दछ ।
७. जुनेलो – जुनेलो भुटेर मह÷खुदो राखेर खाजाको रूपमा खाइन्छ ।
 यसबाट जाँड, रक्सी पनि बनाइन्छ ।
 जुनेलोको मकै जस्तै भात पनि बनाइन्छ ।
८. गहत –
 उसिनेको गहत जाडो महिनामा खाने गरिन्छ । उसिनेको गहत खाएमा दग्दी, सर्दी विभिन्न रोगमा औषधीको रूपमा प्रयोग गरिन्छ र पथरी रोग पनि कम हुने भनाई रहेको छ ।
 गहत र चामल मिसाएर खिचडी पनि बनाइन्छ ।
 गहतलाई दाल जस्तै गरी खाइन्छ ।
९. मसेम
 मसेम दाल जस्तै खाइन्छ ।
 मसेम दुई किसिमको हुन्छ – जमिनमा फल्ने र थांक्रामा फल्ने ।
१०. फिलिङ्गे –
 फिलिङ्गेको अचार विशेष गरेर मंसिरमा दाईं गर्ने समयमा खाइन्छ ।
 विवाह, छेवर जस्ता धर्मकर्ममा पनि यसको अचार खाइन्छ ।
 यसबाट तेल बनाइन्छ र त्यसको रोटी पोल्दा र बत्ति बाल्दा उपयोग गरिन्छ ।
११. कालो मासको दाल –
 कालो मासको दालमा जिम्बु, छ्यापी झानेर खाइन्छ ।
 कालो गोलो दाललाई उसिनेर पित्रीपूजा गर्दा (पोखेम) भनेर कसै कसैले पित्री तथा चुलामा चढाइन्छ र पछि यसलाई प्रसादको रूपमा खाइन्छ ।
 कालो मासलाई भिजाई पिसेर आलु, पिंडालु, मूला आदिसँग मसेउरा बनाएर तरकारी खान सकिन्छ ।
 कालो दालको फुरौला बनाई माघे संक्रान्तिमा खाने गरिन्छ । कालो दालमा सुंगुरको खुट्टा मिसाएर दालखुट्टी पनि खाने गरिन्छ ।
१२. कोदो, मकै र फापरको पिठो –
 कोदो, मकै र फापरको पिठोको भुब्रे रोटी केराको पातमा राखी पकाइन्छ ।
१३. मसेउरा –
 मूला, स्कूस, कालोमास, पिंडालु आदिहरूबाट बनाइन्छ र दाल वा तरकारीको रूपमा खाइन्छ ।
१४. तिल –
 कालो तिलको अचार पनि बनाइन्छ ।
 सेतो तिल आलुको अचारमा विशेष प्रयोग गरिन्छ ।

फलफूलबाट निर्मित परिकारहरू
१. घर तरूल, वन तरूल –
(क) माघे संक्राति चाडमा काँचो वन तरूलको टिका लगाएर, घर तरूल, वन तरूल खाएर माघे संक्रान्ति मनाइन्छ । यसलाई तरकारीको रूपमा पनि खाइन्छ ।
२. पिंडालु –
(क) यो उसिनेर खाजाको रूपमा खाइन्छ ।
(ख) पिंडालुको भुजुरी बनाई मसेउरा बनाएर दाल खाइन्छ ।
(ग) पिंडालुको गाभा वा सांप्राको तरकारी, अचार र दाल पनि बनाई खाइन्छ ।
(घ) पिंडालुलाई भटामाससँग मिसाएर किनिमा बनाउने चलन छ र यसलाई तिहुनको रूपमा खाइन्छ ।
३. सखरखण्ड÷सुठुनी –
(क) सखरखण्ड खाजाको रूपमा उसिनेर खाने गरिन्छ । जाँड पनि बनाइन्छ ।
(ख) कार्तिक, मंसिरमा अन्नबाली उठाउँदा खाजाको रूपमा सखरखण्ड उसिनेर खान दिइन्छ । दुधसंग खाइन्छ साथै मु्न्टाको तरकारी पनि खाइन्छ ।
४. सिस्नु –
(क) सिस्नुको मुन्टा टिपेर दाल जस्तै गरेर मकैको भातसँग खाने गरिन्छ ।
(ख) सिस्नु पनि तीन प्रकारको हुन्छ – भाङ्राङ, पात्ले र टेन्छोकी सबै ठाउँमा पाइन्छ ।
(ग) भाङ्रा लुगा बनाउने काममा प्रयोग हुन्छ र यो प्रायः लेकमा हुने गर्दछ । भांग्राको फूल दालमा मिसाएर खाइन्छ ।
५. झ्याउ – विशेष एक खालको
(क) बंगुर वा सुगुँरको मासु र रक्तिसँग भुटुवा बनाइन्छ ।
(ख) यो रूखमाथि पलाउँछ, विशेष लेकमा हुन्छ ।
६. च्याउ –
(क) मौसम अनुसार च्याउको तरकारी बनाइन्छ ।
(ख) च्याउ थुप्रै किसिमको हुन्छ – दोपेलो च्याउ, देउले च्याउ, सल्ले च्याउ, गोबरे च्याउ, वाडिमा च्याउ, कालुङ्गे च्याउ, फ्रिङ्गे च्याउ, दाम फाक्ले च्याउ, झरी च्याउ आदि ।
(ग) दोपेलो च्याउ र देउले च्याउ सबैभन्दा मीठो च्याउमध्येमा पर्दछ । च्याउ विशेष पहिचान गरेर मात्र खानुपर्दछ ।
७. निगुरो –
(क) बैशाख, जेठतिर निगुरोको तरकारी र अचार बनाइन्छ ।
(ख) सेपिलो ठाउँमा हुन्छ ।
८. कुरिलो र टुसा –
(क) यसको तरकारी र अचार साँधेर खाइन्छ ।
(ख) राई बच्चाहरूको न्वारान गर्दा कुरिलो (बुङाटुङ्मा) चाहिन्छ ।
९. बाँसको तामा –
(क) तामाको अमिलो अचार बनाइन्छ ।
(ख) यससँग आलु तरकारी बनाइ खाइन्छ ।
(ग) तामा ताजा तरकारी मासुसँग मिसाएर खाइन्छ ।
१०. सिन्की –
(क) मूलाको सिन्की बनाएर अचार वा तरकारी खाइन्छ ।
(ख) मूलालाई खाडलमा वा ढुंग्रोमा किच्याई खाँदेर बनाइन्छ ।
११. गुन्द्रुक –
(क) रायो, मूला, तोरीसागको गुन्द्रुक बनाएर तिहुन वा अचार खाइन्छ ।
(ख) रायो, मूला वा तोरीसागलाई खाडलमा वा ढुंग्रोमा खाँदेर बनाइन्छ ।
१२. टिम्बुर –
(क) टिम्बुरको अचार बनाइन्छ । यो जुनसुकै बेला पनि खाइन्छ ।
(ख) पेट दुखेको बेलामा टिम्बुरलाई पानिमा पकाएर औषधीको रूपमा खाने गरिन्छ ।
(ग) टिम्बुर तीन किसिमको हुन्छ – सिल्टिम्बुर, बोके टिम्बुर र इक्पा । सिल्टिम्बुरलाई औषधीको रूपमा प्रयोग गरिन्छ भने बोके टिम्बुरलाई माछा मार्दा माछालाई लट्याउनको निम्ति प्रयोग गरिन्छ ।
१३. कुभिण्डो –
(क) कुभिण्डो हिउँद महिनामा विवाह भोज आदिमा फिलिङ्गेको छोप हाली अचार बनाई खाने चलन छ ।
(ख) कुभिण्डो चाना काटेर सुकाएपछि तरकारी पनि खान सकिन्छ ।
१४. फर्सि – (क) यसको तरकारी र अचार पनि खाइन्छ ।
(ख) फर्सि उसिनेर खाजा पनि खाइन्छ ।
(ग) फर्सि र चामलको खिचडी बनाएर खाइन्छ ।
(घ) फर्सिको बियाँको धुलो अचार पनि बनाइन्छ ।
१५. जिम्बु –
(क) जिम्बु कालो दाल र मसेममा झानेर खाइन्छ । यसलाई अचार साथै आलुको तरकारीसंग मिसाएर पनि खाइन्छ ।
१६. सिलाम –
(क) सिलामको अचार बनाइन्छ ।
(ख) सिलामसँग चामल भिजाई मिसाएर खाने गरिन्छ ।
(ग) सिलाम दुई किसिमको हुन्छ – घरेलु र जंगली सिलाम । जंगली सिलाम अचार बनाउँन प्रयोग गरिन्छ भने यो बढी लेकमा हुने गर्दछ ।
१७. मालिङ्गो वा निगालो –
(क) यसको टुसाको तरकारी र अचार बनाइ खाइन्छ ।
(ख) यो लेकमा हुने गर्दछ ।
१८. आलु –
(क) आलुको तरकारी दाल बनाइ खाइन्छ ।
(ख) आलु उसिनेर साँधेर पनि खान सकिन्छ ।
(ग) उसिनेको आलु र डल्ले खुर्सानीको अचार खाजा पनि खाने गरिन्छ ।
(घ) आलुको मस्यौरा बनाएर तिहुनको रूपमा खाइन्छ ।
१९. ठोट्ने –
(क) ठोट्नेको तरकारी र अचार खाइन्छ ।
२०. इन्द्रेणी –
(क) जंंगलमा हुने इन्द्रेणीको अचार बनाएर खाइन्छ ।
२१. चिण्डे –
(क) चिण्डेको मुन्टाको अचार बनाएर खाइन्छ ।
२२. टाँकी –
(क) टाँकीको फूलको अचार र मुन्टाको तरकारी बनाइ खाइन्छ ।
(ख) टाँकीको फूल सेतोमा रातो टिकटिके हुन्छ र यसको कलिलो पातको अचार पनि खाइन्छ।
२३. टोटला –
(क) टोटलाको अचार बनाएर खाइन्छ ।
(ख) चामल र टोटलाको तिते बनाएर खाइन्छ ।
२४. कालोपोके –
(क) मकैको कालोपोकेको अचार बनाएर खाइन्छ । काँचै पनि खाइन्छ ।
२५. इस्कूस÷करेला –
(क) इस्कूसको फलको तरकारी एवं अचार खाइन्छ ।
(ख) इस्कूसको मुन्टाको तरकारी पनि खाइन्छ ।
(ग) इस्कूसको तरूल वा जरा उसिनेर खाजाको रूपमा खाइन्छ साथै तरकारी पनि खाने गरिन्छ
२६. भकिम्लो –
(क) भकिम्लोको दाना कुटेर धुलो अचार बनाइन्छ ।
(ख) यसको चूक पनि बनाइन्छ ।
२७. चुत्रो –
(क) चुत्रोको पनि अचार तरकारी बनाइ खाइन्छ ।
(ख) चुत्रोको पाकेको दाना खाइन्छ र यो बढी लेकमा हुने गर्दछ ।
२८. मल्लिडो –
(क) मल्लिडोको अचार खाइन्छ ।
(ख) लडेपडेकोमा मल्लिडोको औषधीको रूपमा प्रयोग हुन्छ । यसलाई भुटेर, कुटेर पिठो बनाई औषधीको रूपमा प्रयोग गरिन्छ ।
२९. ठेकीफल –
(क) ठेकीफलको तरकारी खाइन्छ ।
३०. कोइरालो –
(क) कोइरालोको फूलको अचार र तरकारी बनाएर खाइन्छ ।
(ख) यसलाई उसिनेर पनि खाइन्छ ।
३१. काभ्रा –
(क) काभ्राको कोपिलाको अमिलो अचार बनाएर खाइन्छ ।
३२. लप्सी –
(क) लप्सीको अचार बनाएर खाइन्छ ।
(ख) पाकेको लप्सी पनि खाइन्छ ।
(ग) सुंगुरको खुट्टासंग उसिनेर लप्सीको अचार खाने गरिन्छ ।
३३. गोलभेडा –
(क) गोलभेडाको अचार खाइन्छ ।
(ख) गोलभेडालाई काटेर सुकाएर सिम्टा बनाई पछि पनि खान सकिन्छ ।
३४. सिमसाग÷सिमरायो –
(क) यसको तरकारी बनाएर खाइन्छ ।
३५. हलहले –
(क) हलहलेको साग तरकारी खाइन्छ ।
३६. गिठाभ्याकूर –
(क) गिठाभ्याकूर उसिनेर खाइन्छ ।
३७. थाकल –
(क) थाकल पाकेपछि कालो हुन्छ र यसलाई खाइन्छ ।
(ख) थाकलको गुन्द्री पनि बनाइन्छ ।
(ग) थाकल जंगलमा हुने गर्दछ ।
३८. कटुस –
(क) ठूलो र सानो गरी तीन किसिमको हुन्छ । ढाल्ने, पात्ले र फुस्रे कटुस । यसको स्वाद मिठो हुन्छ ।
३९. चिङ्गफिङ्ग – (क) यसको फूलको अचार बनाएर खाइन्छ ।
४०. जरिङ्गो – (क) जरिंगोको साग खाइन्छ ।
४१. फूल तरूल÷पुष्टकारी ः उसिनेर खाने गरिन्छ । फूल तरूल कोदोसंग मिसाएर जाँड पनि बनाइन्छ ।
४२.सिमल तरूल ः उसिनेर खाने गरिन्छ । जाँड पनि बनाइन्छ ।
४३.गोल काँक्री ः काँचै पनि खाइन्छ र यसलाई अचार बनाएर पनि खाइन्छ ।

माछामासुबाट निर्मित परिकारहरू
१. कुखुराको मासु र भुत्लाको वाचिप्पा –
(क) वाचिप्पालाई तिते पनि भनिन्छ । खासगरी जिउ दुखेमा वाचिप्पा औषधीको रूपमा खाने गरिन्छ । सुत्केरीको विशेष खानाको रूपमा प्रयोग गरिन्छ ।
(ख) कुलपित्री गर्दा मारेको कुखुराको भुत्ला डढाएर त्यसको खरानी र चामल मिसाएर वाचिप्पा बनाइन्छ ।
(ग) छिप्पिएको भालेको सिरूवा औषधीको रूपमा खाने गरिन्छ ।
२. सुगँुरको मासु –
(क) सुँगुरको मासु रक्ति लगाएर भुटुवा बनाइन्छ ।
(ख) सँगुरको खुट्टाको अचार पनि बनाइन्छ ।
(ग) सँुगुरको साँप्राको कोसेली पनि बोकिन्छ ।
३. राँगाको मासु –
(क) राँगाको मासुको भुटुवा बनाई खाइन्छ ।
(ख) राँगाको सुकुटीको अचार तरकारी दुवै बनाइन्छ ।
४. माछा –
(क) माछाको तरकारी बनाई खाइन्छ ।
(ख) माछाको लोहोको अचार पनि बनाइन्छ । तर पहाडको बग्ने खोलाको माछाको मात्र लोहोको अचार खाने गरिन्छ ।
(ग) मान्छे मरेको संस्कार कार्यमा माछाको उपयोग सुँगुरको मासुको विकल्पको रूपमा प्रयोग गरिन्छ ।
५. सिद्रा– सिद्रा माछाको एक प्रजाती हो ।
(क) सुकाएको माछा (सिद्रा) को अचार, तरकारी पकाएर खाइन्छ ।
(ख) कुलपित्र गर्दा माछा उपलब्ध नहुँदा सिद्राको पनि उपयोग गरिन्छ ।

६. मृगको मासु ः मृगको मासु तरकारी अथवा पोलेर खाइन्छ र पित्री कार्यमा पनि चलाइन्छ ।
७. दुम्सी ः दुम्सीको मासु पोलेर र तरकारी पकाएर खाइन्छ ।
८. कालिज, प्युरा, लुइँचे ः कुखुराको जस्तै परिकार बनाई खाइन्छ ।
९. बच्छियौं, अरिङ्गाल, सुनबारूला ः यिनीहरू बस्ने गोला काढेर वा पोलेर माउ र बच्चा (छावा) तरकारी भुटेर अचार बनाई खाइन्छ ।
१०. भमरा, मौरी, पुत्का (कठेउरी) ः यिनीहरूको घारको मह किरात राईहरूको विशेष खाना हो । मौरी र पुत्काको चाकाको मैन पनि बनाइन्छ ।

(स्रोत ः किरात राई यायोक्खाको मुखपत्र निप्सुङ तथा टाइम्स एफएममा डिबी राई सरोजद्वारा सञ्चालित ‘स्यामुना’ कार्यक्रममा प्रसारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *