वाम्बुले अगुवा युवा रेन्जाप्रसाद राईलाई सम्मान

समाचार

लिभु संवाददाता
पोखरा– वाम्बुले राई समाज, नेपाल (वाम्रास) जिल्ला कार्यसमिति कास्कीले रेन्जाप्रसाद राईलाई सम्मान प्रदान गरेको छ । किरात येले संवत् ५०८३ को नयाँ वर्ष तथा माघेसंक्रान्ति (२०७९ माघ १) को अवसर पारेर वाम्रास अध्यक्ष तुलारास राईले एक समारोहबीच सम्मान प्रदान गर्नु भएको हो ।

विभिन्न कामको सिलसिलामा पोखरामा आई बसोबास गर्ने किरात वाम्बुले राईहरूलाई एकतावद्ध गर्ने कामको अगुवाई गर्नु भएकोले रेन्जाप्रसादलाई सम्मान गरिएको हो । २०६९ सालतिर रेन्जाप्रसाद, तुलारास, सर्वराज, रबिकुमार राई तथा दिलन राई लगायत ५–७ जनाको टोलीले वाम्बुले राईहरूको खोजीनिधो गरी मौलिक सांस्कृतिक पहिचान बोकेको देउसी भैलो कार्यक्रमको सुरुवात गरेको थियो ।

रेन्जाप्रसाद पोखरा छोडे गाउँघर (ओखलढुंगा मानेभन्ज्याङ–३ रिनुवाल) फर्किनु भएपछि ०७१–७२ सालमा देउसी स्थगित भएको थियो । त्यसपछि रबिको अगुवाईमा ०७३ सालबाट पुनः देउसी खेल्न सुरु भएको थियो । देउसी भैलो कार्यक्रम प्रभावकारी भएसँगै ९ सदस्यीय चौरास वाम्बुले राई समाज गठन भएको थियो ।

२०७८ साल मंसिरमा समाजलाई तुलारास राईको अध्यक्षतामा वाम्रास जिल्ला कार्यसमितिमा परिणत गरिएको थियो । सहसचिव रेवान राईले स्वागत मन्तव्य राख्नु भएको थियो । सम्मान समारोहमा उपाध्यक्ष देबेन्द्र राई, वाम्रास बचत कोषका संयोजक सुदर्शन राई, पुरामाया राईले नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । सचिव रबि अटल राईले कार्यक्रम सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.