किरात प्रदेशको सशक्त दवावसहित यायोक्खाको दशौं महाधिवेशन धरानमा

लिभु संवाददाता
काठमाडौं– ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आव्हान’ नारासहित किरात राई यायोक्खाको दशौं महाधिवेशन धरानमा सम्पन्न हुने भएको छ । यही फागुन १८ देखि तीन दिनसम्म विश्वका १८ मुलुकमा किरात राईहरूको उपस्थिति रहने छ । किरात राई यायोक्खाको १० औं महाधिवेशनको तयारी धुमधामसाथ भइरहेको काठमाडौंको कोटेश्वरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईका अनुसार यायोक्खाको छैटौं महाधिवेशनले ऐतिहासिक किरात भूमिलाई किरात प्रदेश हुनुपर्ने राजनीतिक माग पारित गरेको हो । त्यसयता यायोक्खालाई सो राजनीतिक मुद्दालाई लिएर किरात भूमिमा जागरण र संघर्ष जारी राखेको छ । ‘मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर संविधान कार्यान्वयनमा आइसकेको स्थितिमा हाम्रा मागलाई वास्ता गरिएको स्थिति छैन,’ अध्यक्ष राईले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘त्यसैले दशौं महाधिवेशनको एकमात्र लक्ष्य प्रदेश नं.१ को नाम किरात प्रदेश हुनुपर्छ भन्ने रहेको छ ।’

२०४७ सालमा स्थापित यायोक्खा किरात राई जातिको एकमात्र सामाजिक छाता संस्था हो । किरात राई जातिभित्र २८ वटा भाषिक समूह रहेका छन् । यायोक्खाको २४ जिल्ला समिति, ८ वटा भातृसंगठन, २८ वटा भाषिक संस्था छन् । त्यसैगरी हङकङ, बेलायत, अमेरिका, भारत, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, युएई लगायत १७ देशमा यायोक्खा गठन भई क्रियाशील छन् । यायोक्खाका महासचिव जीवन हाताचो राईका अनुसार महाधिवेशनमा देश–विदेशबाट एक हजारभन्दा बढी प्रतिनिधि पर्यवेक्षक उपस्थिति रहने छ । प्रदेश १ को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्य रहने जनाइएको छ ।

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१८:०९

बिस्टले बिर्सेका चतुरे दर्जीप्रति हार्दिक श्रद्धान्जली