लिभु संवाददाता
काठमाडौं । तीन जना वाम्बुले युवा नेपाल सरकारको अधिकृत बनेका छन् । ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ उँबु फोकुलका सायोकहाङ राई नेपाल प्रहरी अधिकृत (असई)मा बन्न सफल हुनु भएको छ । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा खुल्ला तर्फबाट नाम निकाल्न सफल भई सिफारिस हुनु भएको हो ।
त्यसैगरी ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ सोक्मटारका सन्तोष राई नेपाल सरकार कानुन अधिकृतमा लिखित र अन्तर्वार्तामा सफल हुनु भएको छ । उहाँलाई निजामती सेवा कानुन अधिकृतमा सिफारिस हुनु भएको छ ।
त्यसैगरी ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानीका गगनबहादुर राई शिक्षक सेवा आयोगको निम्न माध्यमिक तहको परीक्षामा नाम निकाल्न सफल बन्नु भएको छ । उहाँ अंग्रेजी विषयको खुल्ला प्रतियोगितामा पुर्वाञ्चलबाट लिखित परीक्षामा सफल हुनु भएको छ भने अन्तर्वार्ता बाँकी रहेको छ ।